रास्वपातर्फ लक्षित गर्दै शंकर पोख्ररेलले भने - अमिताभ बच्चन पनि राजनीतिमा आएका थिए

दाङ | जेठ ७, २०८०

रास्वपातर्फ लक्षित गर्दै शंकर पोख्ररेलले भने - अमिताभ बच्चन पनि राजनीतिमा आएका थिए

दाङ:   नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पपुलिष्ट पोलिटिष्क’ मुलुकलाई नफाप्ने बताएका छन् ।

 

वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएका रास्वपा र स्वतन्त्रहरु प्रति लक्षित गर्दै उनले मुलुकमा देखिएको समस्या र संकटलाई पपुलिष्ट पोलिटिष्कले निकास दिन नसक्ने बताएका थिए ।


प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘समाजको कुनै क्षेत्रमा चर्चा हासिल गर्ने र राजनीतिमा आउने अहिले जुन होडबाजी चलिरहेको छ, यसले मुलुकमा उत्पन्न समस्याको समाधान  गर्न सक्दैन ।’


उनले पपुष्टि पोलिटिष्क कही पनि फाप्न नसकेको भन्दै युक्रेनका राष्ट्रिपतिको पनि उदाहरण  दिएका छन् । ‘कलाकारलाई राष्ट्रिपति बनाउदाको पीडा के हुन्छ भन्ने कुरा युक्रेनका नागरिकलाई भोगिरहेका छन्,’ उनले भने, ‘त्यसकारण नेपाली जनताले पनि पपुलिष्ट पोलिटष्कबाट जनताको समस्या समाधान हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ ।’

 

‘राजनीतिको विकल्प भनेकै राजनीतिक विचार धारामा उभिएका दलहरु नै हुन्,’ उनले भने, ‘समाजलाई बदल्ने हो भने नीतिगत नेतृत्वका आवश्यकता पर्दछ । र, त्यो नीतिगत नेतृत्व गर्ने सामर्थ नेकपा एमालले मात्र राख्न सक्दछ ।’

पोखरा:  १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:   पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...

थप पढ्नुहोस्

काठमाडौं:  निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिक...

थप पढ्नुहोस्