काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

काठमाडौं:  गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु। ४०० ले वृद्धि भएको छ भने चाँदीको मोल भने स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु। एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु। दुई हजार १६५ मा कारोबार भइरहेको छ ।  गत जेठ २७ एक तोला सुन रु। एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु। दुई हजार १६५ मा कारोबार भएको थियो । जेठ २८ गते रु। एक लाख ९१ हजार ३०० जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन रु। एक लाख ९७ हजार १०० मा खरिदबिक्री भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

काठमाडौं:  मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट सार्वजनिक गर्दै छन् ।  प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । केन्द्र सरकारले जेठ १५ गते नै बजेट सार्वजनिक गरिसकेको छ भने स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्ने छन् । कोशी प्रदेशले ३५ देखि ४० अर्ब हाराहारीको बजेट सार्वजनिक गर्ते तयारी गरेको छ भने मधेश प्रदेशले ४५ अर्ब बराबरको बजेट ल्याउन लागेको छ । यस्तै, बाग्मती प्रदेश सरकारले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।  यसैगरी, गण्डकी प्रदेशले ३२ अर्बको बजेट ल्याउने तयारी गर्दा लुम्बिनी प्रदेशले चालू आर्थिक वर्षको भन्दा केही सानो बजेट ल्याउने स्रोतले जनाएको छ । लुम्बिनी सरकारले चालू आर्थिक वर्षमा झण्डै ३९ अर्बको बजेट ल्याएको थियो ।  कर्णाली प्रदेशले ३१ अर्बको सेरोफेरोमा बजेटको तयारी गरिरहँदा सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षकै आसपासमा ३१ अर्बको बजेट ल्याउन लागेको छ । 

दाङ:  मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन् । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन रहि आएको छ । भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि नै जीवनदाता भएको मान्यता राख्दै मगर समुदायले यो पर्व मनाउने गर्दछन् । भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो । विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वका अवसरमा बिदा दिँदै आएको थियो । 

मोरङ:  मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिए ।  पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । शनिबार साँझ पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् । विमलाको कान र खुट्टामा चोट लागेको छभने छोरीको टाउकोमा चोट लागेको छ । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन् । मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना भएको हो । यस क्षेत्रमा काकडभिट्टा–लौकही सडक निर्माण क्रममा छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा धेरै डाइभर्सन असुरक्षित भएका कारण दुर्घटना बढ्दै गएको छ ।

काठमाडौं:  हाल कोशी,  मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको  सम्भावना  रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पोखरा: पोखरा रंगशालामा आजदेखि सुरु भएको तेस्रो गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगितामा तनहुँले बाग्लुङलाई १० रनले पराजित गरेको छ ।  टस जितेर पहिला ब्याटिङ गरेको तनहुँले २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । तनहुँका बंश क्षेत्रीले अविजित ७० रनको योगदान दिए । सुप्रिम सुनारले १९ रन, नरेश शाहीले १४ रन, र समीर कँडेलले १० रनको योगदान दिए । बाग्लुङका बलर विश्व कार्कीले ३ विकेट लिए भने अश्विन थापा र सन्चार निउरेले समान २–२ विकेट हात पारे ।  १३५ रनको रनको लक्ष्य पछ्याएको बागलुङले २० ओभरमा ६विकेटको क्षतिमा १२४ रनमा समेटियो ।   बागलुङका लागि बिबेक नेपालीले ४९ बलमा ३७ रनको अविजित पारी खेले भने आरस तामाङले १९ रन, चन्द्रदीप यादवले १७ रन र साहिल स्वर्णकारले १९ रन बनाए ।  तनहुँका बलरहरू उत्कृष्ट प्रदर्शन गर्दै बाग्लुङको रन गति नियन्त्रणमा राख्न सफल भए । वंश क्षेत्रीले बलिङमा पनि २ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ बने ।  साथै, चन्द्रकान्त पौडेलले पनि २ विकेट लिंदा सन्दीप पराजुली र क्रिश अय्यरले १–१ विकेट लिए ।  यस अघि आजनै भएको पहिलो खेलमा समुह ए मा नै स्याङजाले जित दर्ता गरेको छ भने म्याग्दी पराजित भएको छ ।  भोली )आइतबार) पहिलो खेल म्याग्दी र तनहुँ तथा दोस्रो खेल बाग्लुङ र स्याङजाका बीच हुनेछ ।  पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सुरू भएको प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।  प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।    

पोखरा:   पोखरामा सम्पन्न भएको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।   पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा जितेको हो ।  त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८, २५–१९ र २५–११ को सोझो सेटमा पराजित गरेको हो । यही जेठ २७ गते देखि सुरु भएको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले बताए ।  प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिता भएको हो ।

पोखरा:  अधिकारी समाज कास्की इकाई समिति प्रस्याङ्गौरा आयोजित जेष्ठ नागरिक सम्मान एवं खुल्ला रक्तदानमा ६० युनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा  ६० जनाले रक्तदान गरेका थिए ।  समाजले वार्षिकरुपमा गर्दै आएको रक्तदान कार्यक्रम यस वर्ष विश्व रक्तदाता दिवसकै अवसर पारेर आयोजना गरिएको समितिका अपाध्यक्ष एवम कार्यक्रम संयोजक श्रीराम अधिकारीले बताए । कार्यक्रमको अधिकारी समाज कास्की जील्ला अध्यक्ष हेमन्त अधिकारीले समाजकै आजीवन सदस्य ओम प्रसाद अधिकारीलाई व्लडव्याग हस्तान्तरण गरि उद्घाटन गरे ।  कार्यक्रममा बोल्दै अधिकारीले इकाइ समितिको सक्रियताको प्रंशसा गर्र्दै समाजिक कार्यमा सबै एकजुट हुन आग्रह गरे ।  उनले किशोर किशोरीहरुले आफ्नो युवा अवस्थामा प्रवेश गरिरहदा आफ्नो १८ औं जन्मदिन रक्तदान गरेर सामाजिक एवम् मानविय धर्म कार्यको सुरुवात गर्नुपर्ने बताए । प्रादेशिक रक्त सञ्चार सेवा कास्कीका वरिष्ठ प्राविधिक महेन्द्र केसीले रगतको विकल्प रगत मात्रै भएको बताउदै दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता मानिसको जीवन संग जोडिएको बताए । सो अवसरमा समाजका जिल्ला सदस्य पूर्णभद्र अधिकारी , पुर्व जील्ला अध्यक्ष शंकर प्रसाद अधिकारी लगाएत बोलेका थिए । कार्यक्रममा ८० वर्ष पुरा भएका इकाइ समिति भित्रका ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मान हनेमा रविलाल , वालाकृष्ण, नन्दकली, धनमाया, चुडामणी र वसन्धरी अधिकारी रहेका छन् । अधिकारी समाज कास्की इकाई समिति प्रस्याङ्गका अध्यक्ष रुद्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव पुष्पराज अधिकारीले गरेका थिए ।

पोखरा:  पोखरामा आज देखि सुरु भएको गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा  स्याङ्जाले सहज जित निकालेको छ ।  पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको पहिलो खेलमा स्याङ्जाले म्याग्दीलाई ६विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।  टस जितेर ब्याटिङ रोजेको म्याग्दीले १८.५ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटियो ।  ८९ रनको लक्ष्य पछ्याउँदै स्याङ्जाले १२.४ ओभरमा मात्र ४ विकेट गुमाएर ९३ रन बनाउँदै ६ विकेटको जित निकालेको हो ।  स्याङ्जाको जितमा ईश्वर क्षेत्रीले १८ बलमा ५ चौक र २ छक्काका साथ ३९ रन बनाउँदा करण पंगेनी ३१ बलमा नट आउट रहँदै २३ रनको योगदान दिए । त्यस्तै अश्विनी राना १८ बलको सामना गर्दै १ चौका, २ छक्काका साथ नट आउट रहँदै २० रन जोडे ।  म्याग्दीका लागि हरि सुवेदीले ४ ओभरमा १२ रन, २ विकेट लिए भने सागर कटुवालले ३.४ ओभरको स्पेलमा ३० रन खर्चिएर २ विकेट हात पारे ।  म्याग्दीका लागि सर्वाधिक रन रोशन कार्कीले २० बलमा १ चौक र २ छक्काको मद्धतमा २७ रन बनाए ।  भने दिनेश क्षेत्रीले २४ रन र सागर कटुवालले २० रन जोडे । अन्य ब्याटर भने खासै टिक्न सकेनन् । म्याग्दीका ६ खेलाडीले एकल अंकमा पनि रन बनाउन सकेनन् । स्याङ्जाका बलर करण पंगेनी र सुजन गौतमले समान ३–३ विकेट लिए । तुलसीराम भण्डारी र अंकित न्यौपानेले १–१ विकेट हात पारे । सुजन गौतमले २.५ ओभरमा १३ रन दिँदै ३ विकेट लिएका थिए भने करण पंगेनीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट झारे । उनी म्यान अफ दि म्याच बने ।  प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् ।  प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।  प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।