पोखरा: पोखरामा जारी चौथो टाइगरकप भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल एपिएफ क्लब तेस्रो भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल एपिएफ क्लबले आमन्त्रित श्रीलंङ्कन आर्मी टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो । एपिएफ क्लबले श्रीलंङ्कन आर्मी क्लबलाई २५–२३, २५–२१ र २७–२५ ले पराजित गरेको हो । यस्तै महिलातर्फ अहिले नेपाल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लबबीच फाइनल खेल सञ्चालन हुन लागेको छ । उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसहित एपिएफले उपाधि रक्षा गर्ने लक्ष्य लिएको छ । एपिएफले पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो । डायमण्डले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । जारी प्रतियोगितामा एपिएफ र डायमण्ड अपराजित रहँदै फाइनल प्रवेश गरेका हुन् । यस्तै पुरुषतर्फ गत संस्करणको उपाधि विजेता घरेलु टोली गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीमा तीन÷तीन जना विदेशी खेलाडी रहेका छन् । शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मी टिमलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । हेल्प दोस्रो संस्करणको टाइगर कपमा फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित हुँदै उपविजेता भएको थियो । यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकी पहिलो र तेस्रो संस्करणको उपाधि विजेता टोली समेत हो । पुरुषतर्फ समूह ‘ए’ मा रहेका हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश समूह विजेता र समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । भने लिगचरणको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे सञ्चालन हुनेछ । यस्तै फाइनल खेल हेर्न टिकट काटेर आउने भाग्यशाली दर्शकले सामसुङको फोन प्राप्त गर्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको आज (शनिबार) महिला र पुरुषतर्फको फाइनल खेल हुँदै छ । शुक्रबार पुरुषतर्फको दुई सेमिफाइनल सम्पन्न भएपछि चौथो टाइगर कप भलिबलको उपाधिका लागि महिला/पुरुषतर्फका दुई दावेदार टोलीको अन्तिम टुङ्गो लागेको हो । महिलातर्फ उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसहित एपिएफले उपाधि रक्षा गर्ने लक्ष्य लिएको छ । एपिएफले पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो । डायमण्डले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । जारी प्रतियोगितामा एपिएफ र डायमण्ड अपराजित रहँदै फाइनल प्रवेश गरेका हुन् । महिलातर्फको फाइनल खेल बिहान ११ बजे पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ । यस्तै पुरुषतर्फ गत संस्करणको उपाधि विजेता घरेलु टोली गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीमा तीन/तीन जना विदेशी खेलाडी रहेका छन् । शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मी टिमलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । हेल्प दोस्रो संस्करणको टाइगर कपमा फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित हुँदै उपविजेता भएको थियो । यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकी पहिलो र तेस्रो संस्करणको उपाधि विजेता टोली समेत हो । पुरुषतर्फ समूह ‘ए’ मा रहेका हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश समूह विजेता र समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । भने लिगचरणको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे सञ्चालन हुनेछ । यस्तै महिला÷पुरुषतर्फको फाइनल अगाडि पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी टिमबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ९ बजे सञ्चालन हुनेछ । यस्तै फाइनल खेल हेर्न टिकट काटेर आउने भाग्यशाली दर्शकले सामसुङको फोन प्राप्त गर्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको आज (शनिबार) तीन खेल हुँदै छ । पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगितामा महिला/पुरुषतर्फको फाइनल खेल र पुरुषतर्फको तेस्रो स्थानका लागि खेल हुने टाइगर ग्रुप अफ पोखरा नेपालका सचिव डिवि नेपालीले जानकारी दिए । उनका अनुसार आज पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी टिमबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा एपिएफ क्लब गण्डकी प्रदेश र श्रीलंकाको आर्मी टिम हेल्प नेपालसँग पराजित भएका थिए । पुरुषतर्फको तेस्रो स्थानका लागि बिहान ९ बजे खेल सञ्चालन हुनेछ । यस्तै महिलातर्फको फाइनल खेल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लबबीच बिहान ११ बजे खेल हुनेछ । महिलातर्फ शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको छ । यस्तै पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे गण्डकी प्रदेश र हेल्प नेपाल बीच प्रतिस्पर्धा हुनेछ । ३/३ जना विदेशी खेलाडीसहित दुवै टिम उपाधि जित्ने लक्ष्यसहित कोर्ट प्रवेश गर्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
झापा: झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ । हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ । अहिले यहाँका खेत तोरी फुलेर पहेँलपुर भएका छन् । हल्दीबारी–२ का कृषक डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास व्यक्त गरे । “अरु बालीमा जस्तो झन्झट छैन”, उनले भने, “मूल्य पनि राम्रो छ ।” गत वर्ष प्रतिमन रु छ हजारमा तोरी बिक्री भएको उनले बताए । यो वर्ष झापाभरिमा सबैभन्दा बढी हल्दीबारीमा तोरी खेती गरिएको छ । तोरी मिल सञ्चालन गर्दै सहकारी यता, हल्दीबारीमा एकता बहुउद्देश्यीय सहकारीले तोरीको तेल उत्पादन र प्रशोधन सुरु गरेको छ । कृषकले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन तथा बिक्री वितरण गरिरहेको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताए । “किसानले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन गरिरहेका छौँ”, उनले भने, “सहुलियतमा किसानलाई कृषि सामग्री र मल–बीउ पनि उपलब्ध गराउने गरेका छौँ ।” कृषकलाई तोरी खेती गर्न प्रौत्साहनसँगै उत्पादनलाई बजारीकरण गर्नका लागि तेल मिल सञ्चालन गरेको उनको भनाइ छ । सुरुमा तेल मिलका लागि गाउँपालिकाले सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्र झापाले गत आव २०७९÷८० मा सहकारीलाई तेल फिल्टर र प्याकेजिङ मेसिनका लागि रु १५ लाख अनुदानसमेत उपलब्ध गराएको छ । “खाद्य गुणस्तरको अनुमति लिएपछि ब्राण्डिङ गरेर बजारमा लान्छौँ”, उनले भने। सहकारीले हाल खुद्रा खरिद गर्नेलाई रु चार सय २० प्रतिलिटर तेल बिक्री गरिरहेको छ भने ५० लिटरभन्दा बढी खरिद गर्नेलाई रु चार सय प्रतिलिटर दिने गरेको संस्थाकी व्यवस्थापक उमा राईले बताइन् । बजारमा पाइने अन्य तेलको तुलनामा महँगो भएकाले जिल्लाका सुपरमार्केट र डिपार्टमेन्ट स्टोरमा तेल बिक्रीका लागि राखिएको उनको भनाइ छ । हल्दीबारीकै प्रभात बहुउद्देश्यीय सहकारीले समेत तोरी मिल सञ्चालनको तयारी थालेको छ । प्रभातलाई समेत कृषि ज्ञान केन्द्रले तोरी पेल्ने मेसिन र फिल्टर जडानका लागि रु १५ लाख अनुदान उपलब्ध गराएको छ । “तेल उत्पादनका लागि ५० प्रतिशत लागत सहभागितामा अनुदान दिइएको थियो”, निमित्त प्रमुख विष्टले भने, “अघिल्लो वर्ष अनुदान दिए पनि यो वर्षदेखि कार्यान्वयनको चरण आउँदैछ ।” सहकारीले स्थानीयस्तरमै तोरीको तेल उत्पादन गरेर बिक्री गरिरहेका छन् । सहकारीले प्याकेजिङ गरेर बजारमा पु¥याउन प्रज्ञापन पत्र लिने तयारीसमेत गरिरहेका छन् । सहकारीद्वारा उत्पादित तेल तुलनात्मक रुपमा महँगो भए पनि गुणस्तर राम्रो भएकाले बजार राम्रो रहेको निमित्त प्रमुख विष्ट बताउछन् ।
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिबार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए । दुतराज संगै शनिवार महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहने छ । महोत्सवको आठौ दिन महोत्सवमा एलिना चौहानको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । चौहानले कुरा काट्नेले काटुन, धोकेबाज, के माया लाग्छ र, मिनरल वाटर, डेक्ची धोइदैन, छुनुमुनु लगायतका गितहरु मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरिन । एलिना संगै महोत्समा शुक्रबार जीवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुती रहेको थियोभने सांझको लाइभब्याण्ड तर्फ मन्त्र ब्याण्डको लाइभ कन्सर्टमा युवाहर झुमेका थिए । महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा शुक्रबार मेरिगोल्ड बोडिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा मेरिगोल्ड, बालकल्याण, राष्ट्रिय मावि बिचको प्रतिष्पर्धामा मेरिगोल्ड बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । आठौ दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको छभने महोत्सवमा राखिएका स्टलहरुमा समेत उल्लेख्य मात्रामा कारोवार भइरहेको छ । महोत्सवमा बाल उद्यान, घरायसी सामाग्री, लत्ताकपडा, श्रृङगारका सामाग्री, भेषभूषामा तस्विर खिचाउने, घोड सवार, भिआर, याक हेर्नेको भीड लागेको छ । महोत्सवको टिकट घरमै बसेर रेभल एप मार्फत समेत दर्शकहरुले टिकट काट्न सकिने र टिकटमा समेत विशेष उपहार प्रदान गरिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: पोखरामा स्कुल बसको ठक्करबाट ३ वर्षीय बालक समिर कार्कीको मृत्यु भएको छ । शक्रबार दिउसो बसबाट झरेर घर जाने क्रममा सोही बसले बालकलाई ठक्कर दिएको थियो । पोखरा महानगरपालिका–२४ कास्कीकोट काउले स्थित ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले सोही विद्यालयको नर्सरीमा अध्ययनरत विद्यार्थी समिर कार्कीलाई बसबाट झरेर घर जाने क्रममा बसले ठक्कर दिँदा गम्भिर घाइते भएका थिए । बसको ठक्करबाट गम्भिर घाइते भएका बालक समिर कार्कीको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनापछि प्रहरीले स्कुल बस र बस चालकलाई नियन्त्रणमा लिएको छ ।
म्याग्दी: भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिले झन्झट बेहोर्नु नपर्नाका साथै समय र खर्च बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनासम्म पुगेर योजना सम्झौता गर्न अपायक परेकाले वडा नम्बर ६ मराङ र वडा नम्बर ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्ष्य गरेर बिहीबारदेखि घुम्ती शिविर सञ्चालन गरिएको हो । मराङमा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका १८ वटा योजनाका लागि वडा कार्यालयमै सम्झौता गरिएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । शुक्रबार पनि मल्कवाङको वडा कार्यालयमा घुम्ती शिविर सञ्चालन गरेर योजना सम्झौता गरिएको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधिकारीलाई पालिकामा जाने आउने समय बचत र झन्झट हट्नाका साथै व्ययभार पनि घटेको डाँफे युवा क्लबको खेलमैदान निर्माण समितिका अध्यक्ष खिमबहादुर गर्बुजाले बताउनुभयो । “मुनासम्म पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा तीन दिन लाग्छ”, उहाँले भन्नुभयो, “वटामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको छ ।” मराङ र मल्कवाङका बासिन्दालाई धौलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ । पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झन्झटपूर्ण यात्रा गर्नुपर्छ । मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकमभन्दा दरबाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा उक्त बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको नेतृत्वमा योजना शाखाका रमेश पौडेल, लेखा शाखाका तिलक पौडेल, पूर्वाधार शाखाका लोकेन्द्र रावल, दीपेन्द्र थापा र रोमी भण्डारीको टोली घुम्ती शिविर लिएर मराङ पुगेको हो । वडाध्यक्ष, सचिव र जनप्रतिनिधिले सहजीकरण तथा समन्वय गर्नुभएको थियो । प्राविधिक टोलीले यसअघिनै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गर्नुका साथै पेश्की उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधिकारीलाई प्राविधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाका विषयमा परामर्श पनि दिइएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । आवश्यकता र मागको आधारमा अन्य वडामा पनि योजना सम्झौता गर्न जाने तयारी गरिएकोे उहाँले जानकारी दिनुभयो । ठूला योजनामा ठेक्का प्रक्रिया अघि बढाउन र उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजना सम्झौतामा तीव्रता दिइएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । यस वर्ष उक्त गाउँपालिकाले एक सय १६ वटा योजना कार्यान्वयन गर्दैछ । वडामा पुगेको गाउँपालिकाको टोलीले स्थानीयवासीसँग छलफल, विकास योजनाको अनुगमन पनि गरेको छ ।
काठमाडौं: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) फारिस हदाद जार्वोसबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित आयोगको कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको आयोगका उपाध्यक्ष श्रेष्ठको सचिवालयले जनाएको छ । भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६ औँ आवधिक योजनाबीच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल हो । भेटवार्ताका क्रममा आयोगका उपाध्यक्ष श्रेष्ठले हाल मस्यौदा निर्माणको क्रममा रहेको १६ औँ योजना पूर्वाधार निर्माण, सामाजिक क्षेत्र सुधार, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभयो । विद्यमान संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६ औँ योजनाले विशेष ध्यान दिएको श्रेष्ठले उल्लेख गर्नुभयो । विश्व बैंकलगायतका विकास साझेदारहरुले नेपालका लागि गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

