विश्वकपमा पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित

काठमाडाैं | माघ १०, २०८०

विश्वकपमा पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं:    आईसीसी यू १९ विश्वकप प्रतियोगितामा पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले ४७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भट्टायो ।


पाकिस्तानका लागि अजान अवैसले सर्वाधिक ६३ रन बनाए । ८२ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे । त्यस्तै, पाकिस्तानी ओपनरद्वय श्यामल हुसेन र शाहजिब खानले समान ३७ रन बनाए । नेपालका लागि आकाश चन्दले तीन विकेट लिए ।


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । नेपालका लागि विपिन रावलले ६८ बलमा ३९ रन बनाए भने दिपक डुम्रेले ५८ बलमा २६ रन बनाए । त्यसैगरी, कप्तान देव खनालले ३७ बलमा २३ रन जोड्दा सुवास भण्डारीले २४ बलमा २० रन बनाए ।


पाकिस्तानका अराफात मिन्हासले तीन तथा उबैद शाह र अहमद हुसेनले समान दुई विकेट लिए । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । नेपालले अर्को खेल अफगानिस्तानसँग शुक्रबार खेल्नेछ ।

पोखरा:  धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ ।   हेमजाको फुर्केट...

थप पढ्नुहोस्

काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ।  अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...

थप पढ्नुहोस्

पोखरा:   पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा नवज्योति क्लब र  पकुवा भलिबल क्लबले जित निकालेका छन् । बुधबार भएको पहिलो खेल...

थप पढ्नुहोस्