पोखरा: पोखरामा साना तथा मझौला व्यवसायी महासंघ नेपालले एसएमइ एक्सपो गर्ने भएको छ । असार १३ देखि १७ गतेसम्म साना तथा मझौला व्यवसायी संघ कास्कीसँगको सहकार्यमा एक्सपो आयोजना गरिएको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा नेपालमा उत्पादित सामग्रीहरुको स्टल रहने महासंघका अध्यक्ष हरि पराजुलीले जानकारी दिए । अल्लोबाट उत्पादित सामाग्रीदेखि नेपालका मौलिकता झल्काउने सामाग्रीहरु आकर्षणका रुपमा रहने उनको भनाइ छ । ५० बढी स्टल रहने पराजुलीले जानकारी दिए । निशुल्क स्टल राख्ने व्यवस्था महासंघले मिलाएको हो । पराजुलीका अनुसार लत्ताकपडा, दैनिक उपभोग्य घरायसी सामाग्री, खाद्यन्न, डेरी, वनमा आधारित फाइबर बेसका उत्पादन, काष्ठ तथा धातुजन्य, हस्तकलाका सामाग्री, पशुपंक्षी, फ्लोरिकल्चर लगायतका सेवा र बस्तु स्टलमा हुनेछन् । पोखराको पर्यटन प्रबद्र्धनसँगै सरकार र साना तथा मझौला व्यवसायीबीच विश्वास र समन्वयको अभिवृद्धि गर्न एक्सपो आयोजना गरेको अध्यक्ष पराजुली बताउँछन् । देश विदेशबाट साँस्कृतिक नृत्यु, लोकदोहोरी गीत प्रतियोगितासँगै चर्चित लोकदोहोरी कलाकारले प्रस्तुती राखिनेछ । तीन दर्जन भन्दा बढी भारतका विभिन्न चार प्रान्तका कलाकारले पनि साँस्कृतिक प्रस्तुती राख्ने जनाइएको छ । एक्सपोको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्ने तय भएको छ । एक्सपो सम्पन्न गर्न झन्डै ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।
पोखरा: महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोटेचौतारा स्थित समग्र महिला बहुउद्देश्यीय सहकारी संस्थाले दुध उत्पादन योजना विस्तार गर्न लागेको हो । पोखरा १४ मै करिब १० रोपनी जग्गा भाडामा लिएर सहकारीले २० वटा भैंसी र ५ वटा गाई पाल्न लागेको सहकारीका अध्यक्ष सविना अधिकारी क्षेत्रीले जानकारी दिईन् । उनका अनुसार सञ्चालन गर्न लागिएको दुध उत्पादन योजनामा १ करोड लगानी लाग्नेछ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाको स्वञ्छ दुध उत्पादनको लागि व्यवसायिक गाईभैंसी पालन उपआयोजनाको ५० प्रतिशत अनुदान सहयोगमा यो कार्यक्रम हुन लागेको सहकारीका व्यवस्थापन धर्मराज केसीले जानकारी दिए । यो उप आयोजना अन्तरगत सहकारीले २५ जना व्यवसायिक कृषक शेयर सदस्यबाट ५० लाख र आयोजनाबाट ५० लाख रुपैंया संकलन गरेर दुध उत्पादन गर्न लागिएको हो । पोखरा १४ कै कदम मार्गमा १० वर्षका लागि १० रोपनी जग्गा भाडामा लिएर दुध उत्पादन गरिने सहकारीकी सचिव ईन्दु अधिकारीले जानकारी दिईन् । सहकारीले वार्षिक ७२ हजार २ सय लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएको छ । जसबाट ५४ लाख १५ हजार रुपैंया आम्दानी हुने अनुमान गरिएको छ । यसैगरी ४० हजार केजी कम्पोष्ट बल विक्रिबाट २० हजार, बाच्छाबाच्छी बचेर २० हजार र पाडापाडी बेचेर १ लाख ५४ हजार रुपैंया आम्दानी हुने अनुमान सहकारीको छ । उक्त जग्गामा गाईभैंसी पालनसँगै घाँस उत्पादन र ताजा तरकारी पनि उत्पादन गर्ने लक्ष्य लिईएको अध्यक्ष अधिकारीले बताईन् । सहकारीबाट सञ्चालित फर्मबाट ६ जनाले प्रत्पक्ष रोजगारी पाउनेछन् भन्, ३५ जनाले प्रत्यक्ष र ५ सय ७५ जनाले अप्रत्यक्ष लाभ लिनेछन् । सहकारीबाट उत्पादित दुध जिल्ला सहकारी संघ कास्कीले खरिद गर्ने भएको छ । सोही आयोजना सञ्चालन पुर्व सहकारीले एक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहकारीका शेयर सदस्य तथा फार्म सञ्चालन गर्दा प्रभाव पर्ने स्थानका सरोकारवालाहरुको सहभागिता रहको छ । कार्यक्रममा वक्ताहरुले फार्म र अनुदानको निरन्तरता हुनपर्ने, कारोवार पारदर्शी हुनुपर्ने, उप आयोजनाले अन्य व्यक्तिलाई नकारात्मक असर पर्न नहुने लगायतका विषयबस्तुमा आफ्ना भनाई राखेका थिए । कार्यक्रममा सहकारीका सल्लाहकार तथा वडा नम्बर १४ का सदस्य तनुजा थापा सिकेले चौतारीमा बसेर बचत संकलन गरी शुरु भएको सहकारीले अहिले एक करोडको आयोजना सञ्चालन गर्न सक्षम भएकोमा खुशी व्यक्त गरिन् । मन्त्रालयको ग्रामिण विकास तथा आर्थिक विकास आयोजनाका कृषि विज्ञ विष्णु दयाल सिंहले नेपाल कृषि तथा पशुलालनलाई प्रोत्साहन गर्ने नेपाल सरकारको नीति अनुसार सहकारीलाई सहयोग गरिएको बताए । उनले उक्त अनुदान रकम फार्मलाई तीन किस्तामा दिने समेत प्रष्ट्याए । उनले पशुधन खरिद गर्दा सार्वजनिक खरिद नियमावली अनुसार गर्न र अनिवार्य विमा समेत गर्न सहकारीलाई सुझाव दिएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका महासचिव दीपक बाँस्तोलाले सहकारीले दुध खरिद गरि किसान र किसान समुहको दुध नबिक्ने चिन्ताको अन्त्य गरिदिएको बताए । उनले नेपाली किसानहरुले भोग्दै आएको मिल्क होलिडेको अन्त्य गर्न जिल्ला सहकारी संघ सदैव लाग्ने बताए । मन्त्रालयको यो आयोजना नेपालका ३५ जिल्लाका १ सय ७१ पालिकामा सञ्चालित छ । कास्कीको पोखरा महानगरपालिका, मादी र रुपा गाउँपालिकामा यो आयोजना सञ्चालन भएको स्टार्टअप अनुदान सञ्चालन म्यानुअलमा उल्लेख छ । एसियन विकास बैंकको करिब १४ अर्ब २३ करोड ऋणमा यो योजना सञ्चालन भईरहेको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि साढे ६५ करोड बढीको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले आगामी आर्थिक वर्षका लागि ६५ करोड ६५ लाख २५ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ । गाउँपालिकाले भौतिक पूर्वाधारतर्फ १४ करोड ७७ लाख ६० हजार रुपैयाँ विनियोेजन गरेको छ । भौतिक पूर्वाधारतर्फ गाउँपालिकाले सडक र भवन निर्माणलाई बढी बजेट विनियोजन गरेको देखिन्छ । स्वास्थ्यतर्फ बाह्रै महिना औषधि खरिद, जेष्ठ नागरिकका लागि निशुल्क औषधी वितरण, विद्यालय नर्स कार्यक्रम, पाठेघरको मुखको क्यान्सर रोगको परिक्षण तथा उपचारका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ । शिक्षातर्फ गाउँपालिकाले बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि, करार शिक्षक छनोट तथा शिक्षकलाई आवश्यक तालिम मातृभाषा शिक्षक अनुदानलाई बजेटमा समेटेको छ । शिक्षा, युवा तथा खेलकुदमा १९ करोड ५४ लाख ७१ हजार, स्वास्थ्यतर्फ ४ करोड ८१ लाख ५८ हजार ५ सय, कृषि तथा पशुपंक्षी विकासतर्फ ३६ लाख २० हजार र प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ ५८ लाख ९० हजार रुपैयाँ विनियोजन भएको छ । (पुर्णपाठ)
पोखरा: गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ । सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले जानकारी दिनुुभयो । यस प्रावधान मार्फत व्यवसायीहरूलाई आफ्नो व्यवसाय सञ्चालनमा सहयोग पुुगी त्यसबाट लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुुभयो । उक्त अवसरमा नाट्टा गण्डकी प्रदेशका पदाधिकारी, गरिमा बैंक लेकसाइड शाखाका प्रमुख सहित बैंकका कर्मचारीको उपस्थिति थियो । व्यवसायिक हकहितका साथै पोखरा सहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा नाट्टा गण्डकी प्रदेशले सकृयताका साथ आफ्ना गतिविधि बढाइरहेको छ ।
पोखरा: पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबारको १५ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगमी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । यसपालि चालु आर्थिक वर्षको भन्दा बजेटको आकार ३६ करोड १७ लाख ८३ हजार रुपैयाँले बढेको हो । चालु आर्थिक वर्षका लागि पोखराले ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्ष बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान ४ अर्ब २० करोड २२ लाख १ हजार रुपैयाँ, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार रुपैयाँ, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ९ करोड ७२ लाख २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार रुपैयाँ व्यहोरिने उपमेयर गुरुङले नगरसभामा जानकारी गराइन । नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिने बजेट वक्तव्यमा उल्लेख छ । पोखराले कृषि क्षेत्रका लागि ४ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ । शिक्षा, खेलकुद तथा यूवा र प्रज्ञा प्रतिष्ठानका कार्यक्रम सञ्चालनमा १ अर्ब ६५ करोड रुपैैयाँ, स्वास्थ्यका कार्यक्रमलाई ३५ करोड रुपैयाँ, सामाजिक विकासमा ६ करोड, पर्यटन तथा सहरी विकास कार्यक्रम सञ्चालनार्थ ५६ करोड रुपैयाँ विनियोजन भएको हो । एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशिलता तथा जिविकोपार्जन सूधार आयोजनका लागि २६ करोड १६ लाख रुपैयाँ विनियोजन भएको छ । पूर्वाधारतर्फ विश्व बैैंककोे सहयोगमा सञ्चालित तालचोकदेखि बेगानस, शिसुवादेखि शिसाघाट र विरौटा दोबिल्ला हुँदै बागमारा कोत्रे सडकका लागि १ अर्ब ६५ करोड, वीपी मार्ग सडक स्तरोन्नतीमा ८ करोड रुपैयाँ विनियोजन भएको छ । राजस्व सुधारमा स्वयमसेवक परिचालन गर्न पोखरा महानगरपालिकाले २ करोड रुपैयाँको व्यवस्थापन गरेको छ । महानगरपालिकाले बहाल कर असोेज मसान्तसम्म अग्रिम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने भएको छ । चालु वर्षको बजेटको जेठ मसान्तसम्म ४ अर्ब १२ करोेड ९ लाख ४७ हजार रुपैयाँ मात्रै खर्च भएको छ । आन्तरिक स्रोतबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ आम्दानी हुने पोखरा महानगरको प्रक्षेपणको ३८.३० प्रतिशत हासिल भएको छ । महानगरले आन्तरिक आम्दानी ८७ करोड २७ लाख ४० हजार रुपैयाँ मात्रै गरेको हो । १ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ राजस्व बाँडफाटबाट प्राप्त हुने अनुमान गरेको पोखराले जेठ मसान्तसम्म ६२ प्रतिशत ९१ करोड ४२ लाख २० हजार रुपैयाँ पाएको छ । २०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार ७८ करोड समपरीक्षण गर्न पेश भएकोमा ५३ करोड ३० लाख रुपैयाँ बेरुजु समपरीक्षण भएको महानगरपालिकाले जनाएको छ । (पुर्णपाठ)
पोखरा: पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ । उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका हुन् । व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए । उनले भने–“हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं”,–उनले थपे–“अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै काम गर्ने हो । खेलकुद व्यवसायिक हुन पर्छ । त्यसैले पनि यो दि कन्टेन्डर सिरिजको यो दोस्रो यात्राले त्यो अनुभुत गराउने मात्रै नभई नेपाल मार्शल आर्ट खेलको यात्रामा अग्रसर छ भन्ने सन्देश पनि दिन चाहन्छौं । यो व्यवसायिक मार्शल आर्टमा पहिलो पाइला मात्र होइन नेपाली मार्शल आर्ट इतिहासकै ठूलो कार्यक्रम समेत हो ।” दि कन्टेन्डर सिरिजमा मुआथाई, बक्सिङ र एम।एम ए गरी तिन छुट्टा–छुट्टै इभेन्टमा हुने भएको संयोजक क्षेत्रीले बताए । दि कन्टेन्डर सिरिजमा सबै फाइटहरुलाई एकै थलोमा हिडाउँदै खेलाडीहरुलाई समेत आफूले सिकेको शिपलाई व्यवसायिक खेलकुदमा अघि बढाउने गरी तयारी रहेको उनले बताए । “दि कन्टेन्डर सिरिजमा नेपाली खेलाडीहरुको कला मात्रै होइन विदेशी खेलाडीहरु समेतको खेल कौशल देख्न पाउने छौं । जसका कारण नेपाली खेलाडीहरु समेत उनीहरुको शिपलाई अङ्गिकार गर्ने मात्रै नभई आफूलाई पनि त्यो ठाउँमा उभ्याउन सक्षम हुनेछन् ।” गत वर्ष सम्पन्न दि कन्टेन्डर सिरिज १ मा करिव ४ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । संयोजक क्षेत्रीले यो वर्ष १० हजार भन्दा वढि दर्शकलाई एकै ठाउँमा ल्याउने गरी तयारी गरिने बताए । उनले भने–“मार्शल आर्ट फाइट सिरिजमा दर्शकहरुको उपस्थिती हुन्छ भन्ने सन्देश गत वर्षको कार्यक्रमले पनि दिएको छ । हामी स्थानिय मात्रै नभई देशैभरीका दर्शक पोखरामा यो सिरिज प्रत्यक्ष अवलोकन गर्न निम्तो दिने छौं ।” दर्शकहरुको सहजताका लागि प्रतियोगिता स्थलमा नै फुड फेष्टिभललगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ । दि कन्टेन्डर सिरिज २ सम्पन्न गर्न ३० लाख भन्दा वढि खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको संयोजक क्षेत्रीले जानकारी दिए । दि कन्टेन्डर सिरिजलाई प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, विभिन्न व्यवसायिक संस्थाहरु, खेलप्रेमी महानुभावहरुले समेत सहयोग गर्ने संयोजक क्षेत्रीले जानकारी दिए ।
पोखरा: पोखरामा निजी तथा सार्वजनिक सवारी साधनहरुले दर्ता नगरी अनाधिकृत मोवाईल एप (पठाओ, टुटल र इनड्राईभ)को प्रयोग गरी भाडामा यात्रु ओसार–पोसार गर्ने २६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखराको विभिन्न क्षेत्रबाट आइतबार २६ सवारीसाधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डीएसपी बसन्तकुमार शर्माले पठाओ, टुटल र इनड्राइभ एप प्रयोग गरी निजी तथा सार्वजनिक सवारीमा यात्रु ओसार–पोसार गर्ने २२ वटा मोटरसाइकल र स्कुटर र ४ वटा ट्याक्सी नियन्त्रणमा लिएको बताए । ‘निजी तथा सार्वजनिक सवारीले विभिन्न एपको प्रयोग गरी यात्रु ओसारपोसार गरेको गुनासो आएको थियो’, उनले भने, गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी चलाइएका विभिन्न एपहरु प्रयोग यात्रुहरु ओसारपोसार गर्ने सवारी धनीहरुलाई नियन्त्रणमा लिएर एकपटक सम्झाई बुझाई गरी छोडेका छौं ।’ यातायात व्यवस्था कार्यालय कास्कीले अनधिकृत रुपमा एप मार्फत ‘राइड सेयरिङ’ प्रयोग गरी यात्रु ओसारपोसार गर्ने कार्य तरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको थियो ।
पोखरा: पोखरामा क्रसफायर मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले बिशाल मगरातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१० ईन्द्रचोकमा पार्किङ गरी राखेको ग २२ प ९५१० नम्बरको क्रसफायर मोटरसाइकल चोरी गरेको आरोपमा मगरातिलाई हिजो (आइतबार) पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । ईन्द्रचोकमा पार्किङ गरी राखेको मोटरसाइकल हराएको भन्ने सूचनाको आधारमा खोजतलाज गर्ने क्रममा तनहुँ बन्दिपुर गाउँपालिका घर भएका २० वर्षीय मगरातिलाई चोर भएको मोटरसाइकल डोहो¥याउँदै हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ । उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए । उनले भने–'हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं। अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै काम गर्ने हो । खेलकुद व्यवसायिक हुन पर्छ । त्यसैले पनि यो दि कन्टेन्डर सिरिजको यो दोस्रो यात्राले त्यो अनुभुत गराउने मात्रै नभई नेपाल मार्शल आर्ट खेलको यात्रामा अग्रसर छ भन्ने सन्देश पनि दिन चाहन्छौं । यो व्यवसायिक मार्शल आर्टमा पहिलो पाइला मात्र होइन नेपाली मार्शल आर्ट इतिहासकै ठूलो कार्यक्रम समेत हो ।' दि कन्टेन्डर सिरिजमा मुआथाई, बक्सिङ र एम.एम ए गरी तिन छुट्टा–छुट्टै इभेन्टमा हुने भएको संयोजक क्षेत्रीले बताए । दि कन्टेन्डर सिरिजमा सबै फाइटहरुलाई एकै थलोमा हिडाउँदै खेलाडीहरुलाई समेत आफूले सिकेको शिपलाई व्यवसायिक खेलकुदमा अघि बढाउने गरी तयारी रहेको उनले बताए । 'दि कन्टेन्डर सिरिजमा नेपाली खेलाडीहरुको कला मात्रै होइन विदेशी खेलाडीहरु समेतको खेल कौशल देख्न पाउने छौं । जसका कारण नेपाली खेलाडीहरु समेत उनीहरुको शिपलाई अङ्गिकार गर्ने मात्रै नभई आफूलाई पनि त्यो ठाउँमा उभ्याउन सक्षम हुनेछन्,' उनले भने । गत वर्ष सम्पन्न दि कन्टेन्डर सिरिज १ मा करिव ४ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । संयोजक क्षेत्रीले यो वर्ष १० हजार भन्दा वढि दर्शकलाई एकै ठाउँमा ल्याउने गरी तयारी गरिने बताए । उनले भने- 'मार्शल आर्ट फाइट सिरिजमा दर्शकहरुको उपस्थिती हुन्छ भन्ने सन्देश गत वर्षको कार्यक्रमले पनि दिएको छ । हामी स्थानिय मात्रै नभई देशैभरीका दर्शक पोखरामा यो सिरिज प्रत्यक्ष अवलोकन गर्न निम्तो दिने छौं ।' दर्शकहरुको सहजताका लागि प्रतियोगिता स्थलमा नै फुड फेष्टिभललगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ । दि कन्टेन्डर सिरिज २ सम्पन्न गर्न ३० लाख भन्दा वढि खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको संयोजक क्षेत्रीले जानकारी दिए । दि कन्टेन्डर सिरिजलाई प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, विभिन्न व्यवसायिक संस्थाहरु, खेलप्रेमी महानुभावहरुले समेत सहयो गर्ने संयोजक क्षेत्रीले जानकारी दिए ।

