पोखरामा पार्किङ गरेर राखिएको जेसिबी रोलरमा आगलागी
पाेखरा | असार १४, २०८१

पोखरा: पोखरामा पार्किङ गरेर राखेको जेसिबी रोलरमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ ।
पोखरा महानगरपालिका–९ जनप्रिय स्कुल पछाडि प्रतिभा मार्ग स्थित सडक निर्माणको लागि पार्किङमा राखेको सिम्रन कन्ट्रक्सन प्रालि, महतगौडाको जेसिबी रोलर मेसिनमा हिजो मध्यरातमा आगलागी भएको हो ।
जेसिबी रोलर मेसिनमा मध्यरातमा आगलागी हुँदा रोलरको फलाम भाग बाहेक पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
रोलर मेसिनमा आगलागी भएको सूचनापछि स्थानीय, नेपाल प्रहरीको दमकलको सहयोगमा साढे १ बजेको समयमा आगलागी नियन्त्रणमा आएको डिएसपी शर्माले बताए । आगालागीको कारण खुलेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरी घटना प्रकरणमा १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी कार्यालय विराटनगरमा मङ्गलबार ट्रान्सफर्मर चोरी घटनामा संलग्न ७ जन...
काठमाडौं: सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय ...
काठमाडौं: प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ स्थित भिमनगर बोर्डर पोस्टबाट नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमान क्रंकालिनी नागरपालिका&nd...