पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा नयाँ शाखा

पाेखरा | असार १४, २०८१

पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा नयाँ शाखा

पोखरा:    सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा थप शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको छ । सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिए सगँ पोखरामा १० शाखा पुगेका छन् ।


सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए । विरौटा देखी छोरेपाटन, पुम्दीभुम्दीलाई लक्षित गरि विरौटा शाखा खोलिएको बताए । त्यसै गरी प्रस्याङ शाखाबाट त्यस वरपरको क्षेत्रलाई लक्ष्त गरेर खोलिएको बताए ।


दैनिक आवश्यकता पर्ने सामान किन्न सहज रुपमा पाइने उनले बताए । सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, विरौटा, भद्रकालि, शान्तिनगर, अम्मरसिंह र बगरमा शाखा बिस्तार गरिसकेको छ । केहीमहिना भित्रै पोखरामा अन्य क्षेत्रमा पनि शाखा बिस्तार गर्ने उनले बताए । नयाँ शाखामा ग्राहक आकर्षण गर्न विभिन्न छुट दिएको पनि उनले बताए । अहिले खाद्यसामाग्री, विद्युतीय सामान राखिएको छ । होम डेलीभरीको पनि व्यवस्था भएको उनले बताए ।


लक्की ड्र मार्फत कार जित्ने अवसर पनि भएको उनले बताए । दुई हजार सम्मको खरिद एउटा कुम्पन पाइने र बम्पर उपहारमा एमजिको इभि कार जित्ने सक्ने उनले बताए । त्यसै गरी प्रथम पुरस्कार स्कुटर, दोस्रो ४० इन्चको टिभि, तेस्रो माइक्रो ओभन, चौथोमा पंखा, पाँचौमा राईकुकर, छैटौमा हटपट उपहार जित्न सकिने उनले बताए । यो उपहार योजना सेलवेज र सेल्सबेरीका सबै शाखामा असार र साउन महिनाभर चल्ने बताए ।


पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा सामान्य खाद्यपसलको रुपमा सेलवेजले सेवा दिन थालेको थियो । त्यही व्यवसाय बिस्तार हुँदै जाँदा सन् २००४ मा काठमाडौं प्रवेश गरेको सेलवेजले २०१४ देखि सेल्सबेरीको नाममा शाखा संचालन गरिरहेको छ । विरौटा शाखाको पोखरा १७ की वडा अध्यक्ष राधीका शाहीले उद्घाटन गरीन् । उनले पोखरा १७ विरौटा देखी छोरेपाटन क्षेत्रमा सहरी घनत्व बढ्दै गएको बताए ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्