फोनिज गण्डकीको ८ बुंदे पोखरा घोषणापत्र जारी
महासंघको आगामी कार्य समिति पूर्ण समावेशी गर्न माग
पाेखरा | असार १४, २०८१
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले भेलाले ८ बुंदे पोखरा घोषणापत्र जारी गरेको छ ।
पोखरामा आज (शुक्रबार) भएको भेला घोषणापत्र लेखन समितिका संयोजक दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा ८ बुंदे पोखरा घोषणापत्र जारी गर्दै सकिएको हो । समितिमा संघीय सल्लाहकार हुमबहादुर गुुरुङ, गण्डकी इन्चार्ज एमबि आस्थामगर, गण्डकी सल्लाहकार शान्ती गुरुङ र मनोज घर्तीमगर थिए ।
फोनिज गण्डकीले पोखरा घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघको महासंघको आगामी कार्य समिति पूर्ण समावेशी गर्न माग गरेको छ । यमहासंघको सदस्यता विवादको समाधान गर्दै निर्वाचन गर्न पनि महासंघको केन्द्रीय समितिसँग फोनिज गण्डकीले माग गरेको हो । महासंघको २७ औं महाधिवेशनले संस्थापकको विषयलाई टुङ्गो लगाउन विज्ञ समिति गठन गर्ने लिखित समझदारी गरिएको स्मरण गराउदै प्रतिबद्दता कार्यान्वयनको समेत माग गरेको संयोजक श्रेष्ठले बताए ।
घोषणापत्रमा आसन्न निर्वाचनमा आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, महिला तथा पछाडि परेका अल्पसंख्यक लोपोन्मुख जाति समुदाय, क्षेत्र, लिङ्गबाट प्रतिनिधित्व गर्ने पत्रकारलाई बढी भन्दा बढी केन्द्र, प्रदेश र जिल्ला कार्य समितिहरुमा समेट्न पत्रकार सम्बद्ध सबै संघ संस्थाहरुलाई फोनिज गण्डकी बिशेष आग्रह समेत गरेको छ ।
भेलाले फोनिज रजत जयन्ती बर्षभर विविध कार्यक्रम गरि मनाउने केन्द्रीय नीति अनुसार गण्डकी प्रदेश र मातहतका जिल्लाहरुमा रचनात्मक कार्यक्रम गरि मनाउने निर्णय समेत गरेको छ ।
यस्तै फोनिज सम्बद्द पत्रकारहरुलाई आफ्नो क्षमता अभिबृद्दि गर्दै आदिवासी जनजातीका मुद्दा, संस्कार संस्कृति, परम्परा, रैथाने प्रबिधि र भाषाका बिकास र अधिकारका मुद्दामा निर्भिकतापूर्बक कलम चलाउन आग्रह गर्दै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभुतिको सुनिश्चिाताको लागि तिनै तहको सरकार र स्थानीय प्रशासकसँग माग गरेको छ ।
फोनिजले समावेशीकरणको संवैधानिक सिद्धान्तलाई आत्मसात गर्दै गण्डकी प्रदेश भित्र नियुक्त÷मनोनित हुने सरकारको सबै प्रकारका सञ्चार सम्बद्ध समिति÷संयन्त्तहरुमा आदिवासी जनजाती पत्रकारको प्रतिनिधित्वकालागि गण्डकी प्रदेश सरकार र सम्बद्ध सरोकारवालाहरुमा माग गरेको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने ...
पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लब राइजिङ क्रिकेट क्लबले जित हासिल गरेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ...
सर्लाही: नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताउनुभएको छ । आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्...

