काठमाडौं:  नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नु भएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ।  शनिबार काठमाडौंमा बसेको पार्टीको नव निर्वाचित केन्द्रीय का...

काठमाडौं:   राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषदमा सहभागी राप्रपा नेताहरुले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । राप्रपाबाट मन्त्रिपरिषदमा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका थिए । त्यस्तै नेता दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री थिए ।

नेकपा एमालेको सचिवालयको बैठकपछि प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पुस २५ गतेसम्म ‘धेरै कुरा पाक्ने’ प्रतिक्रिया जनाएका छन् ।    राष्ट्रपतिको विषयलाई लिएर नेकपा माओवादी केन्द्रसँग खटपट बढेपछि बिहान बसेको सचिवालय बैठकले पार्टीबाट सुभाषचन्द्र नेम्वाङ्गलाई उम्मेदवार चयन गरेको छ । उम्मेदवार चयनपछि गुरुङले उक्त प्रतिक्रिया दिएका हुन् ।    गुरुङले भनेका छन्, ‘पुस २५ गते आउन बाँकी छ, त्यतिबेलासम्म धेरै कुरा पाक्नेछ ।’ भनाइको आशयअनुसार त्यतिबेलासम्म नेपालको राजनीतिक डिस्कोर्स पुस १० कै सहमतिअनुसार अघि बढ्नसक्छ भन्ने हो ।    साथै, उनले गठबन्धन टुटेको छैन भन्दै पुस १० कै सहमतिअनुसार राष्ट्रपतिको .उम्मेदवार तय गरेको बताएका छन् ।      त्यतिञ्जेलसम्म एमाले सरकारबाट नबाहिरिने गुरुङको भनाई छ । 

काठमाडौं:    फागुन २५ गते हुने राष्ट्रपति चुनावमा नेपाली कांग्रेसले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।  शनिबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।  बैठकमा सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए। कांग्रेसको निर्णयसँगै पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार बन्ने भएका छन्। पौडेलले दिउँसो २ बजे उम्मेदवारी दर्ता गर्न लागेका छन्।  गठबन्धनका सबै नेताहरू पौने १ बजे संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र त्यसपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ। 

काठमाडौं:   नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए । एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।

काठमाडौं:  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो । शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।  पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो।  प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बनेर सहभागी बनेका थिए। राप्रपाबाट विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका थिए।  

राष्ट्रिय प्रजातन्त्र पार्टीले  संघ र सरकार दुबै सरकारबाट बाहिरिने निर्णय गरेसँगै गण्डकी प्रदेशमा पनि सरकार हेरफेर हुने भएको छ ।    बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेसँगै गण्डकीमा पनि यस्तो अवस्था आएको हो ।    निर्णयपछि प्रदेशका युवा तथा खेलकुदमन्त्री पन्चराम गुरुङले पार्टीको निर्णयलाई पालना गर्ने प्रतिक्रिया दिएका छन् । ‘धुम्बाराही बैठकबाट संघ र प्रदेशको सरकारबार बाहिरिने निर्णय भर्खरै भएको छ’ मन्त्री गुरुङ् भन्छन् ‘हामीले त्यसको पालना गर्दै बाहिरिने छौं ।’   यद्यपि, पार्टीको निर्णयभपछि प्रदेश कमिटीमा पनि अब छलफलमा बस्ने तयारी भइरहेको गुरुङले जनाए ।    प्रदेशमा राप्रपाका २ सांसद छन् ।    पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो।    प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बनेर सहभागी बनेका थिए। राप्रपाबाट विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका थिए।    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो। रास्वपाले सरकारबाट बाहिरिँदा सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिएको थिएन।   

काठमाडौं:   सत्ताको नेतृत्वकर्ता पार्टी नेकपा (माओवादी केन्द्र) सहितका आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलका शीर्ष नेताको बैठकले यस्तो सहमति गरेको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो।  ‘बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ’, नेता ज्वालाले पत्रकारसँग भन्नुभयो।  नेता ज्वालाका अनुसार शुक्रबार साँझ बसेको बैठकमा राष्ट्रपति सम्बन्धको एउटा मात्र एजेन्डामा छलफल भएको हो । उहाँले भन्नुभयो, ‘‘यस पटकको निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने निष्कर्षमा पुग्यौं । गठबन्धनका हिसाबले टर्निङ पोइन्ट जस्तो भएको छ ।’’  प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेता सहभागी थिए। 

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। छलफलमा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले उहाँहरूबीच भएको छलफलका बारेमा भने आफूलाई जानकारी नभएको बताउनुभयो। शनिबार राष्ट्रपति चयनका लागि मनोनयन गर्ने समय सीमा भए पनि दलहरूबीच सहमति हुन सकेको छैन। प्रधानमन्त्री दाहालले सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने धारणा राख्दै आउनुभएको छ। आज बिहान मात्रै नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतका दलसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको थियो।

सुर्खेत: नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालको राजनीति नेपाली जनताको भलाई र हितमा चल्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय नेपालको राजनीति विदेशीको इसारामा चलेको छनक मिलेकोभन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।   शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको समेत हस्तक्षेप बढिरहेको चर्चा गर्नुभयो । ‘देशको राष्ट्रपतिजस्तो पदमा विदेशी हस्तक्षेप हुनु राम्रो होइन, राजनीतिक दलका नेताहरु यसमै रमाइलो मानेर बस्नु झन विडम्बनापूर्ण हो’ उहाँले भन्नुभयो ।   रावलले राष्ट्रपतिको विषयमा जे–जस्ता गतिविधिहरू भइरहेका छन्, त्यो विषयमा नेपालप्रति चासो र रुचि राख्ने कैयौँ मान्छेहरू चकित भएको समेत उहाँले चर्चा गर्नुभयो । देशको राजनीति राष्ट्रपतिको निर्वाचनमाजस्तो विकासका लागि तातेको भए देशमा ठूलो आर्थिक परिवर्तन आउँथ्यो उहाँले भन्नुभयो ।    कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिनु नै देशको हितमा रहेको उहाँको भनाइ छ । तर अहिले सबै नेताहरु आफ्नो स्वार्थमा केन्द्रित देखिएको उहाँले टिप्पणी गर्नुभयो ।