गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।   उहाँले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख...

पोखरा:     गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धिताललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।     आज भएको गण्डकी प्रदेश सभाको  सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएसँगै निर्वाचित भएका थिए।    

पोखराः   गण्डकी प्रदेश सभामा सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । सभामुखमा धिताललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएसँगै निर्वाचित भएका हुन् ।  सभामुखमा धिताललाई फणिन्द्र देवकोटाले प्रस्ताव राखेका थिए भने एमालेका प्रमुख सचेतक रोशनबहादुर गाहा मगरले समर्थन गरेका थिए । सभामुख पदका लागि नेपाली कांग्रेसकी सरस्वती अर्यालले उम्मेदवारी दिएकी थिइन् । तुलसीराम सुवेदीले प्रस्ताव पेस गरेका थिए भने डा. टकराज गुरुङले प्रस्तावमा समर्थन गरेका थिए ।  प्रस्तावमाथि मतदान हुँदा धितालको पक्षमा ३२ र विपक्षमा २६ मत परेको छ । प्रदेशसभा बैठकमा ५८ जना सांसद उपस्थित थिए ।  

कास्कीः गण्डकी प्रदेश सभाको सभामुखका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । त्यसका लागि संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता र साढे १ बजे उम्मेदवार नामावली सार्वजनिक गरिनेछ । त्यस्तै, अपराह्न ३ बजे सभामुखका लागि निर्वाचन हुने सचिवालयद्वारा सूचनामा उल्लेख छ । सभामुखका लागि नेकपा (माओवादी केन्द्र)ले कृष्ण धिताललाई र प्रतिपक्ष दल नेपाली कांग्रेसले सरस्वती अर्याललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।    अधिकारीलाई मुख्यमन्त्रीमा ‘हुन्छ’ भनेर ३१ जनाले विश्वासको पक्षमा मत दिए । अधिकारीको विपक्षमा २७ मत परेको छ ।    अधिकारीले प्राप्त गरेको मतमा नेकपा एमालेको २१, नेकपा माओवादी केन्द्रको ८ र राप्रपाको २ मत रहेको छ । विपक्षमा नेपाली कांग्रेसले मतदान गरेको छ ।    प्रदेश अधिवेशनको दोसो सभामा मुख्यमन्त्री अधिकारीले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका सांसदलाई समेत मतको अपील गरेका थिए ।    ६० सदस्य रहेको सभामा मुख्यमन्त्री अधिकारीलाई ३१ मत आवश्यक रहेको थियो ।     सभाका अर्का सदस्य राजीव गुरुङ भने अनुपस्थित रहे । 

पोखराः   नेपाल कम्युनिष्ट पार्टी एमालेले गण्डकी प्रदेश सभाको प्रमुख सचेतकमा रोशन गाहामगरलाई नियुक्त गरेको छ ।   नेकपा एमाले गण्डकी प्रदेशको आज (बिहिबार) बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री एवं गण्डकी प्रदेश सभाका संसदीय दलका नेता खगराज अधिकारीले गाहामगरलाई प्रमुख सचेतकमा नियुक्त गरेकाे हाे । ​   प्रमुख सचेतक गाहामगर नवलपुरबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।    यस पटक पुनः प्रदेश सभामा निर्वाचित भएपछि एमालेवृत्तमा उनी पहिलो चरण मै मन्त्री बन्ने चर्चा थियो । तर मुख्यमन्त्री अधिकारीले उनलाई प्रमुख सचेतक नियुक्त गरे ।    गाहामगर प्रदेशको मन्त्री बन्ने लाइनमा छन् ।   

पाेखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोलि (शुक्रबार) विश्वासको मत लिँदैछन् ।   सरकारका प्रवक्ता तथा बिनाविभागीय मन्त्री सीता सुन्दासका अनुसार त्यसपछि मात्रै मन्त्रालयको बिस्तार र बाँडफाँटको टुँगो लाग्नेछ । तर टुंगो लगाउन भने प्रदेशको कुनै हात नरहने सम्बन्धित सांसद र मन्त्रीले घुमाउरो शैलीमा स्वीकार गरेका छन् ।   गण्डकी प्रदेशको मन्त्रालयमा भागबण्डा लगाउने काम पार्टीका माथिल्ला पदमा रहेका नेताबाटै हुने निश्चित भएको छ । ‘भोली मुख्यमन्त्री ज्यूले विश्वासको मत लिँदै हुनुहुन्छ, त्यसपछि मात्रै मन्त्रालय बिस्तारको टुंगो लाग्छ, उनले भनिन्, ‘ठ्याक्कै कहिले भनेर भन्नसक्ने स्थिति छैन, तर छिट्टै हुन्छ ।’   उनले अहिलेको सरकारले मन्त्रालय घटाउने प्रयास भइरहेको स्पष्ट पारिन् । ‘मुख्यमन्त्रीज्यू पहिल्यैदेखि नै मन्त्रालय घटाउने भनेर लाग्नुभाछ । जे होस् १२ नै हँुदैन, मन्त्री सुन्दासले भनिन्, ‘सर्वदलीय बैठकबाट टुंगो लाग्ने कुरा हो । मन्त्रालय घट्ने कुरा साँचो हो ।’   उनले नेकपा एमालेले कुनैपनि मन्त्रालयमा दाबी नगरेको बताइन् । ‘हाम्रै नेतृत्व छ, हामीलाई यो वा त्यो मन्त्रालय चाहियो भनेर दाबी गर्दैनौं, सबैलाई समन्वय गरेर जाने हो, उनले भनिन्, ‘मन्त्रालयको सँख्या टुंगो नलागेसम्म कसलाई कुन मन्त्रालय भन्न सक्ने अवस्था छैन ।’   सुन्दासले शीर्षस्थ नेताहरुबाटै मन्त्रालय भाग लगाइने र समीकरणात्मक सरकार भएकाले प्रदेशबाट एकल निर्णय लिन कठिनाई पनि हुने धारणा राखिन् ।    यस्तै माओवादी केन्द्रका गण्डकी प्रदेश संसदीयय दलका नेतासमेत रहेका अर्का विनाविभागीय मन्त्री हरिबहादुर चुमानको धारणा पनि सुन्दासकै जस्तो रहेको छ ।   उनले तत्कालै कुनै पनि मन्त्रालयमा दाबी नगरेको बताए । ‘अहिल्यै हामीले यतिवटा मन्त्रालय चाहियो, यो मन्त्रालय चाहियो भनेका छैनौँ, उनले भने, ‘त्यसको टुंगो केन्द्रले लगाउने हो । किनभने सबै प्रदेशको अवस्था हेरेर छिनोफानो गर्नुपर्ने हुन्छ ।’   गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वका सरकार हुँदा ७ मन्त्रालय थियो । त्यसपछि निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा मन्त्रालय बिस्तार गर्दै १२ पुर्याएका थिए ।    राजनीतिक भागबन्डाका लागि अनावश्यक मन्त्रालय बिस्तार गरेको भन्दै जनस्तरबाट आलोचनासमेत गरिएको थियो । यद्यपि, संविधानमा उल्लेख भएअनुसार सांसद सँख्याको २० प्रतिशतसम्म मन्त्रालय बिस्तार गर्न पाउने प्रावधान रहेको छ ।   प्रदेशका अर्का मन्त्री हरिबहादुर चुमानको धारणा पनि सुन्दासकै जस्तो छ । आर्थिक अनुशासनलाई मध्यनजर गर्दै मन्त्री चुमानले आफुपनि गण्डकी प्रदेशको मन्त्रालय सँख्या घटाउने पक्षमा रहेको सुनाए ।  ‘सबैतिर मन्त्रालय घटाउनुपर्छ भन्ने कुरा उठेको छ, खर्च बढ्यो भनिएको छ’, मन्त्री चुमानले भने, ‘हामी त्यस्तो खालको प्रतिक्रियालाई सम्बोधन गर्ने पक्षमै छौं, अझै यकिन भएको छैन । त्यै ९/१० कै नजिक होला ।’

काठमाडौं:  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सो प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र  गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत छ । विभागले आगामी २४ घण्टा देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल पहाडी भू–भागमा आंशिक बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

स्याङ्जा:  पुतलीबजार नगरपालिकाबाट गण्डकी प्रदेश सरकारमा दुई मन्त्री बन्नुभएको छ । एक मुख्यमन्त्रीसहित चार जनाको मन्त्रिमण्डल गठन हुँदा स्याङ्जाको एकै नगरपालिकाका दुई मन्त्री बन्नुभएको हो ।  पुतलीबजार वडा नं १ की नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य सीताकुमारी सुन्दास र वडा नं ५ का राप्रपाको गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ विना विभागीय मन्त्री बन्नुभएको हो ।  सुन्दास र गुरुङले मन्त्री भएसँगै सोमबार राति प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पद तथा गोपनीयताको शपथ खानुभएको थियो ।  ठुलाडिहीमा जन्मनुभएकी सुन्दास सानै उमेरमा आमाको प्रेरणामा विद्यार्थी राजनीतिमा होमिनुभएको थियो ।  विद्यार्थी, महिला सङ्घ, जनसांस्कृतिक मञ्च, जातीय मुक्ति समाज, पार्टी तल्लो तह हुँदै एमालेको नवौं र दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको थियो ।  वि.सं. २०७४ सालमा जिल्ला समन्वय समितिको पहिलो महिला प्रमुख भएकी सुन्दास गत मङ्सिर ४ गते निर्वाचनमा क्षेत्र नं १ ९क० बाट जनयुद्धकी कमाण्डर अमृता थापामगरलाई पराजित गर्दै प्रदेश सांसद बन्नुभएको थियो ।  सुन्दासले एक हजार ४२४ मतले थापामगरलाई पराजित गर्दै देशकै एक मात्र दलित महिला निर्वाचित हुनुभएको थियो ।  आमाको प्रेरणा र सहयोगमा राजनीतिमा होमिएको स्मरण गर्दै सुन्दासले आमाको छोरी मन्त्री बनाउने सपना पूरा भए पनि हेर्न नपाएकोमा दुःख व्यक्त गर्नुभयो । मन्त्री सुन्दासकी आमा चित्रकुमारी सुन्दासको मङ्सिर ४ गते निर्वाचनको दिनमा ९० वर्षको उमेरमा निधन भएको थियो ।  यस्तै,  विद्यार्थीमा कम्युनिष्ट राजनीतिमा हुर्किनुभएका मन्त्री पञ्चराम गुरुङ वैदेशिक रोजगारीबाट फर्केसँगै राप्रपाको राजनीतिमा लाग्नुभएको थियो ।  १९ वर्ष वैदेशिक रोजगारीमा रहनुभएका गुरुङ दश वर्ष पहिला राप्रपामा तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको प्रेरणामा राजनीतिमा सक्रिय हुनुभएको थियो ।  एक वर्ष पहिला गण्डकी प्रदेश अध्यक्ष बन्नुभएका गुरुङ राप्रपाबाट समानुपातिक सांसद हुँदै मन्त्री बन्नुभएको हो ।  कुनै समय बुबा टोपबहादुर गुरुङ एमालेबाट वडा अध्यक्ष भएको र बाबासँगै राजनीति सिकेको मन्त्री गुरुङको भनाइ थियो । 

काठमाडौं:  नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल केबलकार उद्धार अभ्यास गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई डोरीद्वारा सुरक्षितरूपमा जमिनमा उतार्ने अभ्यासमा नेपाली सेनाका उद्धारकर्ता र चन्द्रागिरि हिल्स् लिमिटेडका उद्धार टोली सहभागी थिए ।  उक्त केबलकारसँग रहेका उद्धार सामग्री र नेपाली सेनासँग रहेका उद्धार सामग्रीको प्रयोग गरी  सोमबार अभ्यास सञ्चालन भएको थियो । सोक्रममा उद्धारकर्ताहरुबाट घाइते तथा सकुसल मानिसलाई विभिन्न तरिकाले जमिनमा उतार्ने अभ्यासहरु गरिएको थियो । उक्त अभ्यासमा नेपाली सेनाको तर्फबाट राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय, श्री नं १ विपद् व्यवस्थापन गण, तथा युद्धभैरव गणबाट अधिकृतसहितको टोली सहभागी भएको थियो । अभ्यासमा विपद् व्यवस्थापन निर्देशक सहायक रथि डा पदमबहादुर बुढालगायतको उपस्थिति थियो । यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धारकार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार अभ्यास सञ्चालनका लागि योजना तयार गर्नसमेत मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ । यता नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्याससमेत काठमाडौंको छाउनीमा सुरु भएको छ । उक्त अभ्यासमा नेपाली सेनाका ३५ र अमेरिकी सेनाका १९ को सहभागिता छ । आगामी माघ २० गतेसम्म सञ्चालन हुने अभ्यास छाउनीका साथै नगरकोटमा गरिने नेपाली सेनाले जनाएको छ । उक्त खाले अभ्यासले विपद्को खोज तथा उद्धारमा सहयोग पुग्ने विश्वास गरिएको छ । यो अभ्यासको १२औँ शृङ्खला भएको जनाइएको छ ।