शोकलाई शक्तिमा बदलौं: कानूनमन्त्री गाहामगर
पाेखरा | माघ १३, २०७९
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगरले शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ कास्की तथा गण्डकी प्रदेश समितिद्वारा दिवगंत पत्रकार त्रिभुवन पौडेल तथा सञ्चारकर्मी अनिल शाहीको १३ औ पुण्य तिथिमा आज (बिहीबार) आयोजित श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

मन्त्री गाहामगले दुर्घटनामा परि मृत्युभएका द्वय पत्रकारहरुको योगदानको उच्च मूल्याङ्कन गरि महासंघले उहाँहरुको योगदानलाई जीवन्त राख्नेगरि रचनात्मक काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘लोकप्रिय पत्रकारहरु आज हामीमाझ नभएपनि उहाँहरुको लक्ष्य र योगदानलाई स्मरण गर्नैपर्छ, मन्त्री गाहामगरले भन्नुभयो, ‘उहाँहरुको योगदानलाई जीवन्त राख्नको लागि यहाँहरुको महासंघले रचनात्मक काम गर्नु आवश्यक छ ।’ मन्त्री गाहामगरले भन्नुभयो ।
मन्त्री गाहामगले मिडिया क्षेत्र आफ्नो कार्यक्षेत्र भित्र पर्ने बताउनुहुदै आगामी दिनमा मन्त्रालयको तर्फबाट मिल्ने सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले संचार क्षेत्र आफ्नै विभाग भएको बताउँदै पत्रकारहरुको रायसँगै अगाडि बढ्नेसमेत बताउनुभएको थियो ।
यसैगरी पत्रकार महासंघ गण्डकीका संस्थापक सल्लाहकार रविन्द्र बास्तोलाले यती एयरको जहाज दुर्घटनाले पोखराको मात्र नभई नेपालकै क्षति भएको बताउनुभयो । बास्तोलाले पोखरेली पत्रकार द्वयको देहवसानले पत्रकारितामै ठुलो धक्का पुगेको धारणा व्यक्त गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सल्लाहकार निर्मला शर्मा, कास्की शाखाका कार्यसमिति सदस्य शिवराज बास्टाकोटी लगायतले शोक वक्तव्य व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासंघ गण्डकीका सदस्य सुनिल पाण्डेले गरेका थिए । सो कार्यक्रममा विभिन्न संस्काका प्रतिनिधि तथा पक्रकारहरुले १३ औं पुण्य तिथिमा दिवंगत आत्माको चीर शान्तिको कामनासहित दिव प्रज्वलन गरेका थिए ।
दिवंगत त्रिभुवन पौडेल नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष, महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष र हाल महासंघका केन्द्रीय सदस्य थिए । यस्तै सञ्चारकर्मी अनिल शाही एपोस्टल एफएम सञ्चालन गर्दै आएका थिए ।
काठमाडौंबाट पोखरा आएको यती एयरको जहाज गत माघ १ गते सेती खोँचमा दुर्घटनाग्रस्त हुँदा चालकदलका ४ सदस्य र ६८ यात्रु गरि ७२ जनाको ज्यान गएको थियो ।
गण्डकी: गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २...
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...
काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...

