पर्वत:  यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्...

काठमाडौं:  काठमाडौंको तीनकुनेस्थित काठ मिलमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिँदा भएको खुलेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या स्वीकार गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको जानकारी दिए ।   उ​नका अनुसार बोल्न नसक्ने भण्डारीले लेखेर हत्या स्वीकार गरेका थिए ।   घटनाक्रम... केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए ।   ठक्कर दिएपछि राईले उनलाई कुटपिट पनि गरेका थिए । जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक–पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए ।   कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने मिलमा गएका थिए ।    मिलमा उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरे । त्यसपछि मिलमा अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिन्छन् भन्ने ठानेर अरू तीन जनाको पनि त्यही खुकुरीले हानेर हत्या गरेको देखिन्छ ।   भण्डारीले सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा सुभद्रा भुजेलको पनि हत्या गरेका थिए ।   चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदी–भिनाजुको घरमा गएर बसेका थिए ।   आइतबार बिहान उनी काठमाडौंमा प्रहरीले आफूलाई पक्रन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेका थिए ।   सोही समयमा सिसिटिभी फुटेजको आधारमा प्रहरीले  पक्राउ गरेको हो ।     पक्राउ पर्दा उनले हत्या भएको दिन लगाएका लुगा नै लगाएका थिए भने झोलामा खुकुरी राखेका थिए । भण्डारीले सिन्धुपाल्चोकमा ८ सम्म र काठमाडौंमा १२ कक्षासम्म सांकेतिक भाषामा पढेका थिए ।   उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई बोलाएको थियो । भण्डारीले सुरूमा आफूले चार जनाको हत्या गरेको भन्दै कापीमा अंग्रेजीमा लेखेका थिए, ‘आइकिल्ड फोर पिपल ।’   भण्डारीले हत्या गरेको स्वीकारेपछि प्रहरीले शनिबार पक्राउ गरेका दीपेन्द्र राईलाई रिहा गरिदिएको छ ।  

काठमाडौं:     अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । भदौ २४ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय कास्कीमा पठाइएको एउटा कार्टुन बक्समा १ किलो ४०० ग्राम गाँजा भेटिएको छ । उक्त कार्टुन लिन आउने भारतीय नागरिक २४ वर्षका एजिन भार्गेसलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको कोठाबाट ७२० ग्राम गाँजा बरामद भएको ब्यूरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।   यस्तै भदौ १९ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएको एउटा कार्टुन बक्समा ९०० ग्राम गाँजा भेटिएको ब्यूरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । प्रहरीले वीरगञ्जमा उक्त कार्टुन बक्स लिन आउने वीरगञ्ज महानगरपालिका–१६ का ३२ वर्षका डल्लु राम र ४३ वर्षका हबिब मियालाई पक्राउ गरेको छ । त्यस्तै गोश्वारा हुलाक कार्यालय काठमाडौंबाट डडेल्धुरा पठाइएको एउटा कार्टुनमा पनि प्रहरीले गाँजा भेटेको छ । कार्टुनमा ७२० ग्राम गाँजा भेटेको थियो । उक्त गाँजा लिन आउने डडेल्धुराको गन्यापधुरा गाउँपालकिा–१ की ३९ वर्षकी रेनुका तामाङलाई पक्राउ गरेको छ । त्यस्तै गोश्वारा हुलाकबाटै रेनुका तामाङले पाउने गरी भदौ २४ गते ९३९ ग्राम गाँजा पठाएको भेटिएको थियो । रेनुकाले उक्त कार्टुन भारतीय नागरिक अरुण कुमार र मोहम्मद नइमले लिन पठाएको भनी खुलाएकाले उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जाल फेसबुकमा भ्रमित लेखेर पोष्ट गर्ने स्याङ्जा घर भएका सुर्यबहादुर रेग्मीलाई प्रकाउ गरेको छ ।   प्रहरीले सामाजिक सञ्जालमा भ्रमित खवर लेखेर पोष्ट गरेको आरोपमा स्याङ्जाको आधिखोला गाउँपालिका ५ का ३५ वर्षीय रेग्मीलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए ।  सामाजिक सञ्जालमा भ्रमित सूचना लेखेर समाजमा अराजकता, आत्मसम्मान माथि आघात पु¥याउने गरी भ्रम फैलाउने र मेरो जीउ ज्यानको सुरक्षामा समेत असर पर्ने खालको झुठ्ठा एवम् अनर्गल प्रचार गरी सुर्य रेग्मी गरेको फेसबुक आईडीबाट पोष्ट भएको भन्दै निवर्तमान डा. श्रेष्ठले प्रहरीमा निवेदन दिएका थिए ।  भदौ २२गते रेग्मीले मध्यरातमा राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई उनकै निवासमा अज्ञात समूहले धारिलो हयिार प्रयोग गरेर घाईते बनाएको र उनलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको, अवस्था चिन्ताजनक भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए ।  मध्यरातमा सामाजिक सञ्जालमा धारिलो हतियार प्रयोग गरेर अज्ञात समूहले घाईते बनाएको भ्रमित खवरपछि निवर्तमान सांसद डा. श्रेष्ठले आफुलाई कसैले हतियार प्रयोग नगरेको र सकुशल रहेको बताएका थिए ।  प्रकाउ परेका रेग्मीमाथि विद्युतिय कारोबार ऐन,२०६३ विपरितको कसूर (साईबर अपराध)मा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:   ब्रेकशुमा लुकाएर अवैध सुन तस्करी गर्ने संगठित अपराधमा संलग्न आरोपमा हाल सम्म ३२ जना पक्राउ परेका छन् ।   केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार अनुसन्धानको नेपाली तथा विदेशी नागरिक गरी कुल ३२ जना पक्राउ परेका हुन् ।    पक्राउ पर्नेमा सुनको कारोबारमा संलग्न ११ जना, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक/कोठा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना र कम्पनी खडा गर्ने मालसामान व्यवस्थापन गर्ने २ जना गरी जम्मा ३२ जना छन् भने १८ जना फरार रहेका छन् ।    रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकशुहरुमा लुकाएर तस्करी गरिएको सुनको तौल ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरेको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट ३०२.०६२ किलो थियो । उक्त सुनको ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रूपैयाँ बराबरको सुन तस्करी भएको पुष्टि हुन आएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।    सुन तस्करको लागि ७ वटा कम्पनी खडा गरिएको, २ ठाउँमा सुन गाल्ने गरिएको, ब्रेकप्याड, सेभर, स्मार्ट वाच एवम् विभिन्न प्रकारका विद्युतिय उपकरणहरूमा सुन आयत गरी ल्याइएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।    राजश्व अनुसन्धान विभागको टोलीले गत साउन २ गते काठमाडौं सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसर बाहिर बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेकप्याड १ सय ६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो । 

बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।   युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ। भारतको बहराइच  जिल्लाका  ३० वर्षीय इस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) जमुनाह बाँकेले नियन्त्रणमा लिएको थियो।   भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ।   मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख रहेको बताइएको छ।

काठमाडौँ:   अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ ।    सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकाले आज  बुझाउने तय भएको हो ।   सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने  तयारी छ ।   सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ ।   यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।   उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् । 

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले सुनका गहना चोरी गरेको आरोपमा दुईजनालाई प्रकाउ गरेको छ  ।  पोखरा महानगर १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको कोठाबाट सुनका अन्दाजी १६ तोला बराबरका गरगहना चोरी गरेको आरोपमा पर्सागढी नगरपालिका स्थायी घर भएकी शिवदेवी चौधरी र चोरी गरेको गहना लुकाउन सहयोग गरेको भन्दै एक मोवाईल पसलका सञ्चालकलाई प्रहरीले प्रकाउ गरेको हो ।  गएको भदौ २५ गते पोखरा महानगर १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट सुनका अन्दाजी १६ तोला बराबरका गरगहना चोरी भएको निवेदनपछि सोही आवासमा काम गर्ने व्यक्तिलाई सोधबुझ गर्दा चोरी गरेर मोवाईल पसलमा लुकाउन दिएको खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।  प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ६दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:  कास्की प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ नागबेली मार्ग बस्ने २५ वर्षीय बाल आले र  सिराहा घर भई हाल पोखरा महानगरपालिका ७ घारीपाटन बस्ने ३३ वर्षीय अरुण तामाङ रहेका छन् ।     उनीहरुलाई गत २५ गते बजे पोखरा महानगरपालिका वडा नं. १५ नागबेली मार्गमा लागुऔषध विक्री गरिरहेका सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा,  जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम, रामबजार समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।   पक्राउ परेका उनीहरुको साथबाट नुर्फिन ३० एम्पुल, डाइजापाम ३० एम्पुल र फेनरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागुऔषध बरामद भएको छ ।   हाल जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।  

पाेखरा:  बैंकिङ् कसुर तथा सजाय ऐनले चेक बाउन्स (चेक अनादर) र लेनदेनको मुद्दामा प्रहरीलाई अख्तियारी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा यससम्बन्धी हेर्ने छुट्टै शाखा गठन गरिएको छ । शाखामा कार्यरत ४ जनादेखि अन्य सिनियर अधिकृतको व्यस्तता समेत चेक बाउन्सको उजुरीले ह्वात्तै बढाइदिएको छ ।     यसबीचमा प्रहरी र सरकारी वकिलको कार्यालय हुँदै कास्की जिल्ला अदालतमा १ सय ६७ वटा मुद्धा चेक बाउन्सको परेको छ । तर यो संख्या प्रहरीमा परेको उजुरीभन्दा धेरै कम हो ।    जिल्ला प्रहरीमा उजुरी लिएर भित्रनेमध्ये साठी प्रतिशतको गोजीमा बाउन्स भएको चेक र प्रमाणीकरण हुने गरेको छ । यस अनुपातमा दैनिक ६ वटा उजुरी चेक बाउन्सको हुने गरेको कास्की प्रहरीले बताएको छ ।    जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता महेन्द्रप्रसाद अधिकारीका अनुसार ५ लाखदेखि १ करोड रुपैयाँसम्मको चेक बाउन्स मुद्दामा अदालतलाई अभियोजन पठाइएको छ । कोरोनाकाल अघि फाट्टफुट्ट यस प्रकृतिका मुद्दा आएपनि त्यसपछि भने देशैभर ह्वात्तै बढाएको अधिकारीले जनाए ।    चेक बाउन्सका मुद्दामा चेकमा उल्लेखित रकम भराउन अदालतले फैसला गर्ने र सोही बमोजिमको रकम चुक्ता गरे अन्य सजाय नगरिने उनले बताए । यद्यपि, अदालतसम्म मुद्दा पु¥याउन निकै लामो समय लाग्ने उनी बताउँछन् ।    महान्यायधिवक्ताको कार्यालयले प्रहरीमा उजुरी परेपनि दुबै पक्ष भेला भई लेनदेन सल्टाएमा उक्त मुद्दा अघि नबढ्ने उल्लेख गरेको छ भने अदालतमै मुद्दा पुगेपनि फैसलापूर्व रकम चुक्ता गरे मुद्दा निष्क्रिय हुनेछ ।    चेक बाउन्समा उजुरी परेपछि अभियुक्तलाई खोज्न र थप अनुसन्धान गर्न समय लाग्ने भएकाले अदालतसम्म पु¥याउन लामै प्रक्रिया लाग्ने गरेको छ ।    प्रहरीले उपलब्ध गराएको सूचनाअनुसार अघिल्लो आर्थिक वर्षमा चेक बाउन्सका ३ सय बढी मुद्दा दर्ता भएको छन् । जसमध्यै एउटै व्यक्तिको नाममा १ करोड ६८ लाख रुपैयाँको चेक बाउन्स भएको मुद्दा रहेको छ ।     त्यस्तै, हदम्यादको हकमा जाहेरी दिने अवधि कसुर भएको थाहा भएको मितिले १ वर्षभित्र र जाहेरी परेको मितिले ६ महिनाभित्र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोेकिदिएको अदालतसमक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ ।     प्रहरीले भने एकैपटक वा पटकपटक गरी १ पटकमा ७ दिन नबढ्ने गरी ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ ।   सजायको हकमा दोहोरो कानूनी व्यवस्था गरिएको छ । विनिमय अधिकारपत्र ऐन २०३४ को दफा १०७ (क)ले चेक काट्ने व्यक्तिवाट चेकमा उल्लेखित रकम र व्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिना कैद र तीन हजार रुपयाँ जरिवाना वा दुवै सजाय हुनेछ भन्ने व्यबस्था गरेको पाइन्छ ।   त्यस्तै, बैंकिङ्ग कसूर तथा सजायँ ऐन, २०६४ को दफा १५ (१) ले बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिवाना र ३ महिनासम्म कैद हुने भन्ने व्यबस्था गर्नुका साथै दफा १७ ले कसूर भएको कुरा थाहा पाएको मितिले १ बर्ष भित्र जाहेरी दिन सकिने व्यबस्था गरेको छ ।      जसकारण चेक अनादर विरुद्ध दुबै ऐन आकर्षित हुने देखिएको पाइन्छ। यस सन्दर्भमा पीडित व्यक्तिलाई उपचारको कुन बाटो उपयुक्त लाग्छ, त्यही अनुसार गर्ने गरिएको पाइएको छ ।    चेक अनादर भएको कुरा बैंकबाट प्रमाणित गरिनुपर्छ । यसरी कुनै पनि बैंकमा भुक्तानीका लागि कुनै व्यक्तिले दिएको चेक निश्चित कारणसहित बैंकबाट भुक्तानी हुन नसकी चेक फिर्ता हुनु चेक बाउन्स हो । चेक जारी गरेपछि खातावालले खाता बन्द गरेमा पनि चेक बाउन्स हुनसक्छ ।   कुनै पनि चेक काटिदिने व्यक्तिले, आफ्नो बैंक खातामा रकम छैन वा रकम भए पनि पर्याप्त रकम छैन भनी जानीजानी चेक काटिदिएमा (चेक धारक अर्थात्) चेक लिने व्यक्तिले प्राप्त गर्नुपर्ने रकम बैंकबाट प्राप्त गर्न नसकेको खण्डमा अर्थात् कुनै पनि बैंकले भुक्तानी दिनुपर्ने रकम भुक्तानी नदिएको वा चेक भुक्तानी दिन इन्कार गरेको अवस्था चेक अनादर हो ।