पर्वत:  यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्...

काठमाडौंबाट नक्कली नोटसहित दुई जना महिला पक्राउ परेका छन्। सोमबार राति प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको हो।    पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे छन्।   सिर्जनाबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैया कुमारीलाई बुढानिलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो।  

बर्दियामा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गेरुवा गाउँपालिका-६ का ४० बर्षीय प्रकाश खवास छन्।   जिल्ला प्रहरी कार्यालय बर्दियाको सूचना शाखामा कार्यरत प्रहरी सहायक हवल्दार नारायण ओलीका अनुसार खवासले कार्तिक २८ गते दश बजे राति नाबालिगलाई आफ्नै गोठमा लगेर बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।   पीडितले आफुमाथि भएको बलात्कार बारे सोमबार दिएको जानकारीका आधारमा आरोपित खवासलाई नियन्त्रणमा लिइ प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको ओलीले जानकारी दिए।

सर्लाही:  हरिवन नगरपालिका-११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् ।    कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका-११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गोरखा:  जिल्ला प्रहरी कार्यालय गोरखाले मोटर चोरी आरोपमा १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा लमजुङका दुधपोखरी गाउँपालिका ५ का ४० वर्षीय पृथ बहादुर घर्ती रहेका छन् ।   उनले गत असोज २० गते राती करिब १० बजे  गोरखाको सिरानचोक गाउँपालकिा १ केराबारी स्थित चम्पावती हाईड्रोपावरले सञ्चालन गरेको क्रसरमा जडान भएको २ थान मोटर चोरी गरेको गोरखा प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार चोरी गरेपछि उनले सिरानचोककै खाली धन्सारमा लुकाई राखेको अवस्थामा बरामद गरेको थियो ।    पक्राउ परेका उनलाई  चोरी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

बर्दिया:  बर्दिया गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, सोही नगरपालिका–६ ज्योति नगर बस्ने २४ वर्षीय धिरज ठाकुर, सोही नगरपालिका–६ कृण्णसार टोल बस्ने १८ वर्षीय किशोर, गुलरिया नगरपालिका–५ बंगलामुखिटोल बस्ने १९ वर्षीय दिपेश बुढामगर रहेका छन् ।   यस्तै सोही नगरपालिका–८ कोठिया बस्ने १९ वर्षीय सन्दिप थारू, सोही नगरपालिका–८ गंगानगरटोल बस्ने १९ वर्षीय दिनानाथ चौधरी, सोही नगरपालिका–४ गणेशचोक बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका–३ बिदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी रहेका छन् ।    गुलरिया नगरपालिका–५ सुहेलवामा उनीहरूले गत कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बरूणको उपचारको लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।    प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोख लगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको छ ।    घटनामा संलग्न हाल फरार अन्य ३ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।   

पोखरा: कास्की प्रहरीले हसियाँ प्रहार गर्ने एक जनालाई पक्राउ गरको छ ।   पक्राउ पर्नेमा जुमकाजी बिक रहेका छन् ।   पक्राउ परेका बिकले गत कार्तिक २७ गते बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा श्रीराम देवकोटालाई हँसिया प्रहार गरेका थिए ।    देवकोटालाई उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा लगिएको छ भने​बिकलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

नुवाकोट:  बिदुर नगरपालिका-२ बिदुरस्थित जुवातास (कौडा) खेलिरहेका ३६ वर्षीय रबिन्द्र आचार्यसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   उनीहरूलाई नगद ६ लाख ५२ हजार १ सय ९२ रूपैयाँसहित  गएराति पक्राउ गरेको हो ।   नर्थ भ्यू होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पोखरा:  पोखरामा आफ्नै बुवालाई खुर्पा प्रहार गर्ने युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका १७ बिरौटास्थि गोधुली संसार पथ बस्ने २२ वर्षीया रविन क्षेत्री रहेका छन् ।   कास्की प्रहरीका अनुसार रविनले हिजो २८ गते करिब १२ बजे ५२ बर्षीय रामु क्षेत्रीलाई खुर्पा (हतियार) प्रहार गरी फरार थिए ।   घाइते भएका राजुलाई उपचारका लागि चरक मेमोरीयल अस्पतालमा पठाइएको थियो । त्यसपछि करिब ५ बजे चिकित्सक टालीले मृत्यु घोषणा गरेको थियो ।    खुर्पा प्रहार गर्ने व्यक्ति फरार भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले आफु मातहत तथा अन्यत्र जिल्लामा समेतबाट हुलिया, फोटोसहितको खोजतलासको लागि प्रहरी परिचालन गरेको थियो ।   त्यसैको आधारमा  जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रभासबाट ग २० प ६०४७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरि कास्की पठाएको छ ।   हाल कास्की प्रहरीको नियन्त्रण रहेका रविनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।  

काठमाडौँ:  नेपाली सेनाका पूर्व उपरथी होम लावतीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । लावतीसहित ८ जना जुवा खालबाट पक्राउ परेका हुन् ।   हात्तिवन स्थित जुवा खालबाट १६ लाख ८२ हजार ५ सय बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए ।   ललितपुर महानगरपालिका–१५ स्थित क्लासिक टावरमा संचालित जुवा खालबाट पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसर, ललितपुरमा राखिएको छ ।    पक्राउ पर्नेमा पूर्व उपरथी लावती, रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु छन् । यो खबर राटोपाटीमा प्रकाशन भएको छ ।