हत्या र यौनहिंसाको आरोपमा पक्राउ परेका बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद

काठमाडाैं | पुस २५, २०८०

हत्या र यौनहिंसाको आरोपमा पक्राउ परेका बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद

काठमाडौं:    प्रहरीले तपस्वी रामबहादुर बम्जन भन्ने राम लाल बम्जनलाई पक्राउ गरेको घरबाट तीन करोड तीन लाखभन्दा बढी नेपाली रुपियाँ बरामद गरेको छ ।


केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता नवराज अधिकारीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ टनगाउँमा बस्दै आएका बम्जनको घरबाट उक्त रकम बरामद गरेको जानकारी दिए । 


प्रवक्ता अधिकारीका अनुसार तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपियाँ, विभिन्न १७  देशका ३० लाख ९२ हजार ४०६ विदेशी मुद्रा गरी तीन करोड ३४ लाख ३७ हजार ९०६ रुपियाँ बरामद भएको हो ।

 

यसैगरी, प्रहरीले मोटरसाइकलको बिलबुक तीन थान, गाडीको चाबी एक थान, विभिन्न ब्राण्डका पेन ड्राइभ २० वटा, भ्याइस् रेकडर एक थान, मेमोरी कार्ड दुई थान, ल्यापटप दुई थान, मोबाइल १४ थान तथा आइप्याड र ट्याप पाँच थान बरामद गरेको प्रवक्ता अधिकारीले जानकारी दिए । 


उनका अनुसार बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको छ ।


बम्जनलाई पक्राउ गरिएको बारे बुधबार औपचारिक जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनलाई बुढानीलकण्ठ नगरपालिका, वडा नं ६, टनगाउँबाट पक्राउ गरिएको हो ।


वि.सं २०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले उनीविरुद्ध उजुरी दिएकी थिइन् । बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६/१०/२३ अनुमति दिएको थियो ।

 

यसैगरी, प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६/१०/२४ पत्राचार गरेकामा खोजतलासका क्रममा मङ्गलबार बम्जनलाई पक्राउ गरिएको हो ।

 

बम्जनको खोजतलास गर्ने क्रममा मङ्गलबार  राति १९:१५ बजे पक्राउ गर्न घरमा प्रवेश गर्दा  झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा ब्युरोको टोलीले पक्राउ गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अधिकारीले जानकारी दिए ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्