१० वर्ष कैद सुनाइएका मादीका क्षेत्री चार महिनापछि पक्राउ
पाेखरा | पुस १९, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान सम्बन्धी मुद्धाका फरार व्यक्तिलाई प्रकाउ गरेको छ ।
कास्कीको मादी गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका १३ काहुँखोला बस्ने ४४ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई ज्यान सम्बन्धी मुद्धामा प्रहरीले प्रकाउ गरेको हो ।
जिल्ला अदालत कास्कीले गएको भदौ १८ गते क्षेत्रीलाई ज्यान सम्बन्धी कसूरमा १० वर्ष कैद र १ लाख ४ हजार रुपैयाँ जरिवना फैसला गरेको थियो ।
जिल्ला अदालत कास्कीले ज्यान सम्बन्धी कसूरमा गरेको फैसालाको ९ वर्ष ११ महिना १८ दिन कैद र १ लाख ४ हजार जरिवाना भुक्तान बाँकी रहेको समयमा प्रतिवादी क्षेत्री हालसम्म फरार थिए ।
ज्यान सम्बन्धी कसूरमा प्रकाउ परेका क्षेत्रीलाई जिल्ला अदालत कास्कीले कारागार चलान गर्न आदेश दिएको छ ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

