अपराध राष्ट्रपतिबाट कैद मिनाहा पाएका युवकले गरे ‘प्रेमिका’को हत्या

काठमाडाैं | कात्तिक ३, २०८०

अपराध राष्ट्रपतिबाट कैद मिनाहा पाएका युवकले गरे ‘प्रेमिका’को हत्या

काठमाडौं:   राष्ट्रपतिबाट ३ महिना कैद छुट पाएर छुटेका पश्चिम रुकुमका एकजना युवक पुन: हत्या आरोपमा पक्राउ परेका छन् ।

 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्रलाई हत्या आरोपमा पक्राउ गरिएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले बताए ।

 

लोकन्द्रले मुसीकोट–७ साँखक घर भएकी २७ वर्षीया भावना विकको हत्या गरेका हुन् ।

 

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका उनले भावनाको हत्या गरेको स्विकार गरेका छन् । असोज ३० मा मुसिकोट नगरपालिका–१ त्रिवेणीचोकको सत्कार होटलमा भावनाको शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा लोकबहादुरले हत्या गरेको खुलेको डिएसपी भट्टराईले जानकारी दिए ।

 

३३ वर्षीय लोकेन्द्र र भावना प्रेम सम्बन्धमा थिए । भावनाले आफूलाई विवाह गर्न ‘दवाव’ दिएपछि हत्या गरेको लोकेन्द्रले प्रहरीलाई बताएका छन् ।

 

त्रिवेणी चोकमा रहेको सत्कार होटलमा उनिहरु असार २८ मा पुगेका हुन् । दुईदिन पछि विहानको खाना नखाएर लोकेन्द्र हिँड्न खोजेपछि भावनाले उनलाई तानेकी थिइन् । ‘विवाह गर्नुपर्छ’ भनेर दवाव दिएपछि शुरुमा आफुले छातिमा प्रहार गरेको र त्यसपछि होटलको कोठामा भेटिएको चक्कुले घाँटीमा काटेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । रातोपाटीमा यो खबर लेखिएको छ ।

 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्