काठमाडौं:    ज्यानसम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका...

काठमाडौं:     नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ । उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।

काठमाडौं:    राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राजस्व अनुसन्धान विभागको टोलीले करिब रु दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।” व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनुभयो ।

पोखरा:    पोखरामा पार्किङ गरेको बोलेरो जीप चोरी गरेको आरोपमा गोविन्द परियार प्रकाउ परेका छन् । जीप चोरी गरेको आरोपमा प्रहरीले गोविन्दलाई आज (बुधबार) प्रकाउ गरेको हो ।  पोखरा महानगरपालिका १० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरेर राखेको ग २ च २३४३ नम्बरको बोलेरो जीप चोरी भएको सूचनापछि खोजी कार्यका लागि निस्किएको रामबजार प्रहरीले पोखरा १४ समिनतराबाट गोविन्दले उक्त जीप चलाउँदै गरेको अवस्थामा फेला पारेको थियो ।  पार्किङ स्थलबाट हराएको जीप पोखरा–१४ खाल्टेमसिना बस्ने २० वर्षीय गोविन्द परियारले चलाउँदै गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।  चोरी गरेको आरोपमा प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ६दिनको म्यान थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।       

काठमाडौं:   काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गरेको आरोमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा रामेछाप घर भई मूलपानी बस्ने २८ वर्षका मनोज खत्री, रामेछाप घर भई कोटेश्वर बस्ने ३६ वर्षका विनोदकुमार कार्की र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने २७ वर्षका मोहन खड्का रहेका छन् । त्यस्तै सिन्धुली घर भई मूलपानी बस्ने २८ वर्षका गौरव तामाङ, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षका सुमन नगरकोटी, सिन्धुली घर भई कोटेश्वर बस्ने ४० वर्षका लेखबिक्रम थापा पनि पक्राउ परेका छन् । रामेछाप घर भई मूलपानी बस्ने २३ वर्षका महेश खत्री, २० वर्षका मनिष खत्री र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने १८ वर्षका रोशन कार्की पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार विनोद कार्कीको थलीस्थित भाडाको कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन मदिरा बनाइ कालोबजारी गर्ने गरेको पाइएको थियो । उनीहरुले आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने गरेका थिए । उनीहरुले नक्कली मदिराहरु बजार मूल्य भन्दा सस्तोमा दिने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह् राठौरले बताए । उनीहरुले बजारमा पाइने सामान्य मदिरालाई ब्राण्डेड रक्सीको बोतलमा मिसाएर बिक्री गर्ने गरेका थिए ।

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्धामा फरार ७७ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको छ । कास्की प्रहरीले गत पुष महिनामा ७७ जना फरार प्रतिवादीलाई प्रकाउ गरेको हो ।  विभिन्न मुद्धामा फरार रहेका ७७ प्रतिवादीहरुले १६ वर्ष २ महिना १४ दिन कैद सजाय र ३ लाख ३ हजार ७ सय ५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका प्रतिवादीहरुलाई अदालतमा बुझाइएको कास्की प्रहरीले जनाएको छ ।  कास्की प्रहरीका  अनुसार गत पुष महिनामा प्रकाउ परेका प्रतिवादी मध्य सबैभन्दा बढि नेक अनादार मुद्धामा ४४ जना रहेका छन् ।  यस्तै सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्धा र जालसाझी मुद्धामा ३/३ जना, लागुऔषध मुद्धामा १३ जना, जुवातास मुद्धामा ३ र लेनदेन (बिगो सम्बन्धी मुद्धामा २ जना प्रकाउ परेका छन् ।  यस्तै अभद्र व्यवहार मुद्धा, झुुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्धा,जुवातास मुद्धा, केही सार्वजनिक अपराध मुद्धा, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्धा, ज्यान सम्बन्धी मुद्धा, सवारी ज्यान मुद्धा, गैर कानुनी कारोवार सम्बन्धी मुद्धा र अपुतािल हक कायम सम्बन्धी मुद्धामा १/१ जना प्रकाउ परेका छन् । 

पोखरा:   कास्की प्रहरीले पोखरा महानगरपालिका–८ न्यूरोडबाट ९ जनालाई जुवा खालबाट पक्राउ गरेको छ ।   प्रहरीका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घर भई न्यूरोड बस्ने दिपा पुनको घरबाट उनीसहित ९ जना शनिबार राती पक्राउ परेका हुन् ।    प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ८ न्युरोड बस्ने ३५ वर्षीय दीपा पुन, पोखरा १ बगर बस्ने ५४ वर्षीय जीतबहादुर गुरुङ, पोखरा ११ बस्ने ३६ वर्षीय दिप्लव गुरुङ, पोखरा १८ बस्ने ३६ वर्षीय पवित्रा ढकाल, पोखरा ११ बस्ने ७१ वर्षीय तीर्थबहादुर गुरुङ र पोखरा १७ बिरौटा बस्ने ५० वर्षीय आईती गुरुङ छन् ।  यस्तै पोखरा १० रामबजार बस्ने ३५ वर्षीय अमर खनाल, पोखरा १४ बस्ने कुलबहादुर गुरुङ र पोखरा बिरौटा बस्ने ३२ वर्षीय नबिन थापालाई जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले गएराति प्रकाउ गरेको हो ।    उनीहरूको साथबाट नगद १ लाख २२ हजार १ सय ७५ रूपैयाँ र  ४ बुक तास बरामद भएको छ । जुवातास खेलिरहेको अवस्थामा प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने)ं सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।            

उदयपुर:  कटारी नगरपालिका–७ देउलीकुनाबाट ६० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    प्रहरीका अनुसार पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोक बहादुर राई रहेका छन् ।      उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी कटारीबाट खटिएको प्रहरीले ३ वटा बोरामा रहेको ६० किलो गाँजा बोकी लैजादै गरेको अवस्थामा पक्राउ गरेको हो ।    पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

पोखरा:  कास्की प्रहरीले बालबालिकाको गहना चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा महानगरपालिका ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छिन् ।   प्रहरीका अनुसा उनले गत २० गते शितलादेवी स्कुलबाट ६ वर्षकी बालिकालाई फकाएर कानमा लगाएको सुनको मुन्द्रा र निजको घरमा रहेको भुड्कीको पैसा चोरी गरी फरार थिइन् ।      त्यसपछि उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो । उनले यसअघि पनि १२ जना महिला तथा बालबालिकाहरुलाई ललाई फकाई गरी सुनका गरगहनाा चोरी गरेको कसूरमा ९ भुक्तान गरेकी थिइन् भने जरिवाना स्वरुप २८ हजार रुपैयाँ तिरेकी थिइन् ।    फेरी पक्राउ परेकी उनीमाथि  कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।    

उदयपुर:   उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नं ८ सिद्धिपुरस्थित हिलेखोलाको जङ्गलमा एक २० बर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई  पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका वडा नं ८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खड्ग मगर रहेको प्रहरीले जनाएको छ ।  उनीहरूले किशोरीलाई ललाई फकाई हिलेखोला जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  उनीहरूलाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए ।