पोखरा सेदी बसपार्कमा युवकलाई खुँडा प्रहार गर्ने मनिष पक्राउ
पाेखरा | चैत ३, २०८१
पोखरा: पोखराको सेदी बसपार्कमा समिर बडाललाई धारिलो हतियार प्रहार गर्ने मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–१८ सेदीबसपार्कमा हिजो साँझ मनिषले समिरलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।
सेदी बसपार्कमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको खवरपछि अस्थायी प्रहरी विट सेदीबाट खटिएको प्रहरीको टोलीले पोखरा–१७ विरौटा बस्ने २२ वर्षीय मनिष ठकुरीलाई धारिलो हतियार (खुँडा)सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट घाइते भएका २० वर्षीय समिर उपचारपछि डिस्चार्ज भएको कास्की प्रहरीले जनाएको छ । मनिषले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...
काठमाडौँ: वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आर...
उदयपुर: सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

