पोखरा सेदी बसपार्कमा युवकलाई खुँडा प्रहार गर्ने मनिष पक्राउ

पाेखरा | चैत ३, २०८१

पोखरा सेदी बसपार्कमा युवकलाई खुँडा प्रहार गर्ने मनिष पक्राउ

पोखरा:   पोखराको सेदी बसपार्कमा समिर बडाललाई धारिलो हतियार प्रहार गर्ने मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । 


पोखरा महानगरपालिका–१८ सेदीबसपार्कमा हिजो साँझ मनिषले समिरलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । 


सेदी बसपार्कमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको खवरपछि अस्थायी प्रहरी विट सेदीबाट खटिएको प्रहरीको टोलीले पोखरा–१७ विरौटा बस्ने २२ वर्षीय मनिष ठकुरीलाई धारिलो हतियार (खुँडा)सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


धारिलो हतियार प्रहारबाट घाइते भएका २० वर्षीय समिर उपचारपछि डिस्चार्ज भएको कास्की प्रहरीले जनाएको छ । मनिषले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 


पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 


 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्