काठमाडौं:  मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मानब बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बाराको सि...

संखुवासभा:  आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–२ गैरीगाँउ बस्ने २८ वर्षीय सुमन राई रहेका छन् ।   उनले आफ्नै बुवा ५० वर्षीय युवराज राईको हत्या गरेका थिए ।   प्रहरीका अनुसार उनीहरूबीच विवाद भएको थियो । सोही क्रममा छोरा सुमनले कुटपिट गर्दा गम्भीर घाइते भएका युवराजको स्वास्थ्य चौकी स्याबुन हुँदै जिल्ला अस्पताल खाँदबारीमा थप उपचारको क्रममा मृत्यु भएको थियो ।    सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पोखरा:  कास्की प्रहरीले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा २ जना महिलालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेकी छिन् ।    प्रहरीका अनुसार पोखरा महानगरपालिका–९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका–३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा सोही गाडीमा आएका उनीहरूले घाँटीमा लगाएको करिब १ तोलाको सुनको सिक्री लुटी भागेकी थिइन् ।   त्यसपछि प्रहरीलाई प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले सिक्रीसहित उनीहरूलाई पक्राउ गरेको हो ।    सो विषयमा थप अनुसन्धान भइरुहेको कास्की प्रहरीले जनाएको छ ।  

तनहुँ:  आफ्नै श्रीमतीको हत्या गरेको आरेपमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा  व्यास नगरपालिका–५ सेरा चापाटार बस्ने ४० वर्षीय जित बहादुर कुमाल रहेका छन् ।   प्रहरीका अनुसार उनले आफ्नै श्रीमती ३६ वर्षीया सुन माया कुमालको धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेका थिए ।   घटनापछि सुनमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।    सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

पोखरा:   कास्की प्रहरीले बन्यजन्तु शिकार गरेको आरोपमा अवैध हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २० का ४२ वर्षीया दिपेन्द्र केसी रहेका छन् ।   प्रहरीका अनुसार उनलाई हिजो करिब १२ बजे पक्राउ वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलिले पक्राउ गरिएको हो ।   केसीको साथबाट अबैध हतियार २ नाले Long rang made in Spain लेखिएको बन्दुक १ थान, उक्त हतियारमा लाग्ने खोका खाली (टोटा) १३ थान, भरी खोका १ थान, बारुद जस्तो देखिने कालो पदार्थ २० ग्राम, छर्रा बनाउन प्रयोग गरीने मेटल जस्तो पदार्थ ७७६ ग्राम, LEMAN YELLOW POWDER लेखिएको बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने पहेँलो रंगको धुलो पदार्थ –३६० ग्राम बरामद गरिएको छ ।    यस्तै ​POTASSIUM ACETATE लेखिएको बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने सेतो रंगको धुलो पदार्थ –३४५ ग्राम, मृगको जस्तो देखिने छाला १ थान, आलो मासु खुट्टा र पुच्छर सहितको ८०० ग्राम र ३ थान टर्चलाइटसमेत बरामद भएको छ ।   पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।   केसीलाई अवैध बन्यजन्तुको चोरी शिकारी गरेको कसुरमा जिल्ला वन कार्यालयमा थप अनुसन्धानको लागि उक्त मासु र छाला सहित पठाइने प्रहरीले जनाएको छ ।  

पोखरा:      जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित ३ जनालाई प्रकाउ गरेको छ । प्रहरीले कास्कीको विभिन्न स्थानबाट ३ जनालाई लागूऔषध गाँजासहित प्रकाउ गरेको हो ।  प्रहरीले पोखरा महानगरपालिका–२७ तालचोकमा शनिबार बिहान पृथ्वी राजमार्ग सडक खण्डमा सवारी चेकजाँज गर्ने क्रममा गोरखाका २४ वर्षीय मदन नेपालीलाई लागूऔषध गाँजासहित प्रकाउ गरेको हो ।  प्रहरीले पोखरातर्फ आउँदै गरेको सवारी चेकजाँज गर्ने क्रममा गोरखा घर भएका नेपाली सवार कारबाट ९ किलो ८ सय ग्राम गाँजा प्रकाउ गरेको हो ।  प्रकाउ परेका नेपालीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थप अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  यस्तै प्रहरीले बिहीबार कास्कीको अन्नपूर्ण गाउँपालिका–९ मौजाबाट लागूऔषध गाँजासहित २ जनालाई प्रकाउ गरेको छ ।  पोखरा मालेपाटनका ३७ वर्षीय हेमन्त भट्टराई र सराङकोट घर भएका २५ वर्षीय बिनोद थापालाई प्रहरीले प्रकाउ गरेको हो । प्रहरीले उनीहरु सवार ग १४ प २४३ नम्बरको मोटरसाइकलसहित ४ केजी १ सय ग्राम लागूऔषध, १० हजार ५ सय नगद र २ थान मोबाईलसहित प्रकाउ गरेको हो ।  उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।     

तनहुँ:  जिल्ला प्रहरी कार्यालय तनहुँले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा व्यास नगरपालिका–१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका–१ जितबेसी घर भएका ३० वर्षीय रघु बिक रहेका छन् ।   पक्राउ परेका उनीविरुद्व १७ वर्षीया किशोरीलाई ब्यास नगरपालिका–४ स्थित होटलमा लगि सोमबार जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।   सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

कपिलवस्तुः   कपिलवस्तु जिल्ला महाराजगन्ज नगरपालिका–२ का अध्यक्ष उजेर अलि घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो ।   अख्तियारको टोलीले कार्यकक्षबाट घुस सहित पक्राउ गरेको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी तथा उप सचिव भेषराज रिजालले जानकारी दिनुभयो । अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै उनी पक्राउ परेका हुन्। उजेरबाट घुस वापत लिएको १५ हजार रकम समेत बरामद गरिएको छ ।

रूपन्देही:   जिल्ला प्रहरी कार्यालय रुपेन्देहीले सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक बस्ने ७० वर्षीया उजेली लोधको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सियारी गाउँपालिका–७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारू रहेका छन् ।   प्रहरीका अनुसार उजेलीलाई सुतेको अवस्थामा फलामको हतौडा प्रहार गरी फरार भएका थिए ।   त्यसपछि अचेत भएकी उजेलीलाई उपचारको लागि भिम अस्पताल भैरहवा पुर्याइएपनि चिकित्कसको मृत घोषणा गरेको थियो ।   उजेलीको हत्या भएको प्रहरीलाई सूचना पुगेपछि इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले घटनामा संलग्न प्रभुनाथलाई उनकै घरबाट पक्राउ गरेको हो ।    मृतकले गालीगलोज गर्ने गरेको र रिसको झोकमा आफुले हतौडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा बताएका थिए ।    सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:   पोखरा महानगरपालिका–८ स्थित शहरी स्वास्थ्य केन्द्र भवनबाट सरकारी कागजात चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।  शहरी स्वास्थ्य केन्द्र भवनको स्टोरको चाँबी फुटाएर महानगरपालिकाको ३९ थान कागजात चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई प्रकाउ गरेको हो ।  चा्ेरी भएको सरकारी कागजात लमजुङ स्थायी घर भई पोखरा–९ नयाँबजार बस्ने २८ वर्षीय सुबिर थापामगर र २९ वर्षीय सरोज थापामगरलाई चोरी भएको ३९ थान नक्साका फाइलसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक   सुर्यबहादुर रानाले जानकारी दिए ।    फागुन १२ गते पोखरा महानगरपालिका–८ स्थित शहरी स्वास्थ्य केन्द्र भवनको स्टोरको ताला फुटाएर सरकारी फाइलहरु चोरी भएको सूचनापछि अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई प्रकाउ गरेको हो ।  प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।