रूपन्देही:   जिल्ला प्रहरी कार्यालय रुपेन्देहीले सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक बस्ने ७० वर्षीया उजेली लोधको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ...

स्याङ्जा:   वालिङ नगरपालिका–१० पाठेखोलाबाट विभिन्न हातहतियारसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५३ वर्षीय बरूण गैरे र सोही नगरपालिका–९ का १८ वर्षीय किशोर रहेका छन् ।    वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई एकनाले भरूवा बन्दुक १ थान, सोही बन्दुकको गोली ९ राउण्ड, छर्रा, बारूद १ वट्टा र हसिया १ थानसहित पक्राउ गरेको हो ।    सो विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

नुवाकोट:    नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् ।  ५५ वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुुसार पक्राउ पर्नेमा १७ वर्षीय युवक र उनकी श्रीमती ३७ वर्षीया जमुना नेपाली रहेका छन् । “बाबु  छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले  ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको’ पाइएकाले पक्राउ गरिएको हो”, प्रनाउ खड्काले भन्नुभयो, “शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौँ ।” प्रहरीको प्रारम्भिक अुनसन्धानका क्रममा अभियुक्तहरूले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले ‘हत्या गरेको’ भनेर स्वीकार गरेको पाइएको छ । ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए । त्यसपश्चातदेखि नै बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष ती अभियुक्तले बयान दिएका छन् ।

पाेखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुर्व्यहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने  ४६ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।     उनीविरुद्ध गत फागुन २८ गते बिहान साढे ७ बजेको समयमा १५ वर्षकी बालिकालाई यौन दुर्व्यहार गरेको उजुरी परेको थियो ।   सोही उजुरीको आधारमा पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।   पक्राउ परेका उनीमाथि बाल यौन दुर्व्यहार कसुरमा ५ दिन म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुरमा एकजना भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ बस्ने ५६ वर्षीय कुल बहादुर शाही रहेका छन् ।   उनलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले शाही उनको घरबाट बन्दुकसहित गत शुक्रबार दिउँसो पक्राउ गरेको हो ।   सो विषयमा तनहुँ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले ७ जना जुवाडेलाई ९८ हजार ६ सय २५ रुपैयाँसहित प्रकाउ गरेको छ । पोखरा महानगरपालिका-८ पृथ्वीचोकस्थित होटल प्यालेसमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले मंगलबार बेलुका प्रकाउ गरेको हो ।  जुवातास खेलिरहेको अवस्थामा प्रहरीले स्याङजाको पुतलीबजार नगरपालिका-८ घर भई  महानगरपालिका १७ छोरेपाटन बस्ने ५२ वर्षीय नारायण राना सहित ७ जनालाई  पक्राउ गरेको हो ।      प्रहरीले उनीहरूलाई नगद ९८ हजार ६ सय २५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

पोखरा:   सभागृहकाे एक ग्यारेजमा जुवातास खेलिरहेका ९ जुवाडेलाई प्रहरीले १ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित प्रकाउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रकाउ पर्नेमा तीन भारतीय नागरिक समेत छन् ।  शनिबार ग्यारेजको कोठामा जुवातास खेलिरहेका ९  जुवाडेलाई ३ बुक तास, १ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।  ग्यारेजका सञ्चालक ४३ वर्षीय गोपाल बस्नेत, बारा घर भई पोखरा बस्ने ४० वर्षीय रमेश शाह, भारतको प्रदेश बिहार घर भएका ३५ वर्षीय उपेन्द्र चौधरी, ३४ वर्षीय राकेश शर्मा,  सप्तरी घर भई पोखरा बस्ने सुजित चौधरीलाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा प्रकाउ गरेको हो ।  प्रकाउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धीमा कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरील जनाएको छ । 

महोत्तरी:  बर्दिबास नगरपालिका–८ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ६५ किलोसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बर्दिबास नगरपालिका ८ बस्ने ३२ वर्षीय राजु प्रसाद चौधरी रहेका छन् ।   उनलाई गएराति प्रहरी चौकी हात्तिलेट र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ज १ स ६५१७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोभित्र लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजासहित चालक चौधरीलाई पक्राउ गरेको हो ।   पक्राउ परेका उनीमाथि  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

पोखरा:    पोखरा लेकसाईडमा मादक पदार्थ सेवन गरेर हामीहरु प्रहरीको ठुलै व्यक्ति हौ भन्दै धम्की दिने २ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।  लेकसाईडमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै प्रहरीको ठुलै व्यक्ति हौ भन्दै धम्की दिदै हिडेको आरोपमा पोखराका ३२ वर्षीय नारायण गिरी र सप्तरी डाक्लेश्वरीका २१ वर्षीय विवेक ठाकुरलाई प्रहरीले प्रकाउ गरेको हो ।  प्रकाउ परेका दुईजनाको साथबाट रेडियो सेट (वाकिटाकी ) समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानामगरले जानकारी दिए ।  ‘लेकसाईडमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै हामीहरु प्रहरीको ठुलै व्यक्ति हौं भन्दै रेडियो सेट (वाकीटाकी)देखाएर धम्की दिइरहेको सूचना आएको थियो’, निरीक्षक रानामगरले भने, ‘सूचना आएपछि डिउटीमा खटिएका प्रहरीलाई अपशब्द बोल्दै अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएका हौं, अहिले म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।’ प्रकाउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

नवलपुर:  इलाका प्रहरी कार्यालय दुम्किबासले १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा विनयी त्रिवेणी गाउँपालिका–१ बस्ने ६२ वर्षीय सुक बहादुर विक रहेका छन् ।   प्रहरीका अनुसार गत सोमबार ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी दिएका थिए । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनलाई हिजो (बिहीबार) दिउँसो पक्राउ गरेको हो ।   सुकबहादुरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।