गहना लुट्न पोखरामा ७५ वर्षिया हजुरआमाको हत्या, बुद्धचोकबाट नाती पक्राउ

पाेखरा | पुस ५, २०८२

गहना लुट्न पोखरामा ७५ वर्षिया हजुरआमाको हत्या, बुद्धचोकबाट नाती पक्राउ

पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् ।

 

पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।

 

हत्या आरोपी आशिषलाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई पोखरा महानगरपालिका वडा नं.–१० बुद्धचोकबाट पक्राउ गरिएको डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।

 

उनका अनुसार परियारको साथबाट लुटिएका गरगहनासमेत बरामद गरिएको छ ।

 

आशिषको साथबाट सुनजस्तो देखिने पहेंलो रङको कानमा लगाउने २ थान रिङ, ७२ लालको साना मुन्द्राहरु ४ थान र घटनामा प्रयोग भएको बञ्चरो १ थान र १ थान चक्कु बरामद गरिएको छ ।

 

हत्या आरोपी आशिषलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको कास्की प्रहरीले जनाएकाे छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्