पोखरामा लागूऔषधसहित तीन जना पक्राउ
पाेखरा | चैत ८, २०८१
पोखरा: पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट प्रहरीले तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । लागूऔषधको कारोवार गरिरहेको अवस्थामा छोरेपाटनबाट युवतीसहित तीनजनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।
लागूऔषध कारोवार गरिरहेको अवस्थामा म्याग्दी घर भई पोखरा ११ रानीपौवा बस्ने २६ वर्षीय एलिना सोतोन्जा पुन, कास्की माछापुच्छ«े ३ बस्ने ४१ वर्षीय सार्जन गुरुङ र ३० वर्षीय सुजन गुरुङलाई पक्राउ गरेको प्रहरी निरीक्षक जिसीले बताए ।

प्रहरीले बरामद गरेको लागूऔषध र मोवाइल । फोटो: कास्की प्रहरी
पक्राउ परेका उनीहरुको साथबाट खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३सय ४० ग्राम, लागूऔषध बुप्रिनर्फिन १ सय ४४ एम्पुल, डाईजापाम १ सय ४३ एम्पुल, फेनरागन १ सय ४२ एम्पुल गरी ४ सय २९ एम्पुल लागूऔषध र ४ थान मोवाईलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

