काठमाडौं ।  त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ ।   कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सो...

  बागलुङ:  बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु हुनुहुन्छ । उहाँले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आउनुभएको थियो तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्नुहुन्छ । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उहाँलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु बिहे गरी सके ।   उहाँले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मलाई पाँचा÷सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।”   पहिले बाह्रौँ महिना मादलको माग बढ्ने गरेको र पछि–पछि चाडबाडको बेला ग्राहक आउने गरेको जनाउँदै अहिले मादल बिक्रीनै नहुने उहाँको भनाइ छ । उहाँले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताउनुभयो । अहिले मादलको मूल्यसमेत घटेको दर्जी बताउनुहुन्छ ।   “मेरो पसलमा पहिले बाह्रैमास मादल किन्ने आउँथे, हरेक महिना कम्तीमा पनि १० वटा मादल बिक्री ग¥थ्यौँ, मलाई मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे कमाइ पनि राम्रो हुन्थ्यो, वर्षमा झण्डै रु पाँच लाख कमाइ गर्थे, मूल्य पनि राम्रै पथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले मादल किन्न बेला मौकामा एक÷दुई जना मान्छे आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको रु १२ सयदेखि पाँच हजारसम्ममा बेच्ने गर्थें ।”   दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताउनुभयो । गाउँ तथा सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गरेको दर्जीको भनाइ छ । “तिहार आयो की मादल किन्नेको भीड लाग्थ्यो मेरो पसलमा, अहिले मादल किन्नभन्दा ठूला–ठूला स्पिकर किन्छन्, तिहारको गीत पनि गाउँदैनन्, कलाकारले गाएको गीत बजाएर नाच्ने गर्छन्, यसले त देउसीभैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ”, उहाँले भन्नुभयो ।   निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उहाँको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक आठ सय बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताउनुभयो । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताउनुभयो ।   “चार वर्षौं भइसक्यो मादल निकै कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो, अहिले हेर्नुस् त यति धेरै मादल बनाएँ, बिक्री नै हुँदैनन्” नेपालीले भन्नुभयो, “वर्षभरि मादल बनायो, बिक्री हुन्न, अब अरुनै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन ।”   नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताउनुभयो । उहाँले मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको बताउनुहुन्छ । अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजा बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउण्ड सिस्टमको प्रयोग हुन थालेको नेपालीको भनाइ छ ।   “आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे, विद्युत्को पहुँच थिएन, माइक, स्पिकर र राउण्ड सिस्टमको आएका थिएनन्, अहिले गाउँ–गाउँमा बिजुली बलेका छन्, बिजुली आएपछि मादलको माग घट्यो”, उहाँले भन्नुभयो, “अब मादल र बाजा हराउँदै जाने सम्भावना छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे ।”    गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीको माग बढी रहेको व्यवसायी बताउँछन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आउनुभएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउण्ड सिस्टम र माइकको माग निकै बढेको बताउनुभयो । उहाँले पहिले–पहिले चाडबाडको समयमा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले मादल कम र साउण्ड सिस्टम धेरै बिक्री हुने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अहिले बजारमा साना–ठूला साउण्ड सिस्टमको माग निकै बढी रहेको छ, अझ यो तिहारको बेलामा त झन बढी माग हुने गरेको छ, पहिले–पहिले मादल बेच्ने व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो, अहिले उनीहरुको व्यवसाय सुक्दै गएको छ, अहिले त मेला महोत्सव जताततै साउण्ड सिस्टम घन्किन्छन्, मादल त बज्नै छोडे, केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा मादल बाजा घन्किने गरेको पाइन्थ्यो, अहिले त जताततै साउण्ड सिस्टममा गीत मात्रै सुनिन्छन् ।”

  काठमाडौं । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ ।      अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको समयानुसार आज बिहान) सम्पन्न भएको फाइनल खेलमा सुदूरपश्चिमले पेन्सिलभेनिया राज्यको नेपाली भाषी टिम योङ ब्लडलाई पराजित गरेको थियो । पाँच सेटको निर्धारित खेलमा तीन–एक को सेटमा सुदुपश्चिम समाज विजयी भएको थियो ।    सो टिमको नेतृत्व नेपालको राष्ट्रिय भलिबल टिमका क्याप्टेन भइसकेका कैलाश भट्टले गर्नुभएको थियो । प्रथम हुने सुदूरपश्चिम टिमले आठ हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको छ भने दोस्रो हुने योङ ब्लड टिमले छ हजार पाँच सय डलर पुरस्कार पाएको छ ।       यसैगरी महिलातर्फ आठ टिम सहभागी भएकामा बी वाइएससी, मिनिसोटाले फाइनलमा जीत हात पारेको छ । सो टिमले फ्रेन्डसिप क्लब कोलम्बसलाई लगातार तीन सेटमा पराजित गरेको थियो । विजयी टिमले तनि हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको छ । दोस्रो हुने फ्रेन्डसिप क्लबले दुई हजार पाँच सय र तेस्रो हुने सर्भाभर क्लबले एक हजार डलर पुरस्कार प्राप्त गरेका छन् ।      प्रतियोगितामा मोष्ट भ्यालुएबल प्लेयरको उपाधि सुदूरपश्चिमका भट्टले नै जितेको थियो भने महिलातर्फ कोलम्बसकी भीमा मैनालीले जित्नुभयो । 

  पोखरा । एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाएको छ । पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्टमध्ये २ वटामा आर्मीले स्वर्ण आफ्नो पोल्टामा पारेको छ । ११० मिटर हर्डल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दुरी १५.०३ सेकेन्डमा पार गरे । नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते । आर्मीकै रामप्रसाद थारु १९ सेकेन्डमा दुरी पार गर्दै काँस्य पदक जिते । १०० मिटर हडल्स महिला आर्मीकी जयरानी थापाले स्वर्ण पदक जितिन् । उनले १ सय मिटर दुरी १५.६९ सेकेन्डमा पूरा गरिन् । रजत पदक आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डमा पार गर्दै हात पारिन् । एपीएफकी भगिरथी कुमारी थारुले १९.१३ सेकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् । ३ हजार मिटर स्टीबल चेष्टमा आर्मीका दुर्गबहादुर बुढाले कीर्तिमानसहित स्वर्ण जिते । उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दुरी पार गरे । अजित यादवले ९ मिनेट २१.१० सेकेन्डमा पुरा गर्दै रजत पदक जिते । काँस्य पदक त्रिभुवन आर्मीका सुवास कार्कीले प्राप्त गरे । उनले ९ मिनेट २२.१५ सेकेन्डमा पार गरे ।

  चितवन । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन् ।   यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ । परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरुलाई कमै मात्र पाउँछन् । सरकार तलब भत्ता खुवाउने फौजीबाहेकका सबै कर्मचारीको भन्दा पृथक र कडाइका साथ उनीहरु खट्नु पर्छ । यसरी खट्दै गर्दा अन्यको भन्दा धेरै पारिश्रमिक पनि उनीहरुले पाउँदैनन् । थोरै पारिश्रमिकमा आफ्नो जीवनको उर्वर समय उनीहरुले राष्ट्रलाई दिइरहेका हुन्छन् । उनीहरुले पाउने पारिश्रमिक श्रमका आधारमा नगण्य हुने गर्दछ ।   घरपरिवारबाट टाढा रहेर रातदिन खट्ने प्रहरी जवानको पारिश्रमिक रु २६ हजार ८२ मात्रै रहेको छ । यो उनीहरुको परिश्रमको आधारमा न्यून हो । यही सङ्गठनले आज ६७ औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । एउटा उत्सवको रुपमा प्रहरी दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार भीमबहादुर लायोमगर निकै उत्साहका साथ दिवसलाई सफल बनाउन लागि रहनुभएको छ । उहाँले भन्नुभयो, “हाम्रो लागि प्रहरी दिवस एउटा उत्सव हो । यसलाई रमाइलो गरेर मनाउनुपर्छ ।”   प्रहरी सङ्गठनभित्र काम गर्दा पाउने दुःखलाई बिर्सिएर उत्सवको रुपमा दिबस मनाउने गरेको उहाँले सुनाउनुभयो । उहाँले थप्नुभयो, “२४ घण्टा कार्यक्षेत्रमा रहँदा हुने हरेक किसिमका समस्यालाई समाधान गर्ने बानी परेको छ ।” जुनसुकै कामलाई पनि सकारात्मक रुपमा लिएर काम गर्दा सहज हुने उहाँको भनाइ छ । आफूले पाउने पारिश्रमिकको हिसाब नगरी कर्म क्षेत्रमा खटिने गरेको उाहँ बताउनुहुन्छ । लायो मगरले भन्नुभयो, “बाहिर हेर्दा आहा भए पनि भित्र काममा हुने दुःख कस्ले बुझेको छ  र ।” न कुनै चाडपर्व, न कुनै समय सधै जनताको सेवामा लाग्नु पर्दा पाईने दुःखलाई बाहिरका कस्ले बुझ्ने रु उहाँले प्रश्न गर्नुभयो । जे भए पनि प्रहरी सङ्गठनमा लागेर जनता र राज्यको सेवा गर्न पाउनु खुसीको कुरा रहेको उहाँले बताउनुभयो ।   यस्तै उत्साही देखिँदै हुनुहुन्थ्यो प्रहरी सहायक हवल्दार चिजकुमार श्रेष्ठ । उहाँ प्रहरी सेवामा लागेको १६ वर्ष भएछ । उहाँमा प्रहरी सङ्गठनप्रतिको मायाँ उत्तीकै छ । उहाँले भन्नुभयो, “सङ्गठनले दिएको जिम्मेवारी हर हालतमा पूरा गर्छांै ।” जस्तोसुकै दुःखमा पनि काम गर्ने बानी सङ्गठनले बनाइदिएको उहाँको भनाइ छ । प्रहरी सेवा भनेको नै कठिनभन्दा कठिन काम गर्नका लागि भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीमा प्रवेश गर्न सुरुआती कठिन हुन्छ । त्यसपछि तालिम र कार्यक्षेत्रमा खटिँदा झनै कठिन हुन्छ ।” बाहिर देख्नेले सहज देखे पनि संगठनको नियम कानुनमा बसेर काम गर्न कठिन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चाड पर्ब, मेला, महोत्सव भन्ने कुरा सम्झने हो ।” देश र जनताको सेवामा लाग्न पाउनु नै खुसीको कुरा रहेको उहाँको भनाइ छ ।   कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित अन्य क्षेत्रमा भन्दा फौजीको काम कठिन नै हुने बताउनुहुन्छ । यहाँ काम गर्दा पर्ने हरेक समस्यालाई सहजताका साथ लिन सके हरेक काम गर्न सकिने उहाँले बताउनुभयो ।  कुनै पनि फौजमा बाहिर देखेभन्दा कठिन हुने उहाँको भनाइ छ । घाम–पानी, घर–परिवार नभनी देश र समाजको सुरक्षामा खटिनु गर्वको कुरा भए पनि यहाँ काम गर्दा आइपर्ने समस्या बाहिरकाले बुझ्न कठिन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “२४ घण्टा कार्यक्षेत्रमा खटिनु पर्दा जटिल कति हुन्छ रु” यसलाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । व्यवस्थापन गर्नसके प्रहरी पेसा राम्रो रहेको उहाँले बताउनुभयो ।   कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल प्रहरीले चाडपर्व, बिदा भन्न नपाउने बताउनुहुन्छ । अन्य कर्मचारी घरमा चाडपर्व मनाइरहँदा आफूहरु सडक वा ब्यारेकमा रहेर सेवामा जुट्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “परिश्रमको आधारमा पारिश्रमिकलाई तुलना गर्न सकिँदैन ।” सरकारका अन्य कर्मचारीले दैनिक घडी हेरेर काम गर्न पाउने भए पनि  प्रहरी जुनसुकै बेलामा पनि काममा खटिनुपर्ने उहाँको भनाइ छ । प्रहरी दिवसका अवसरमा प्रहरीको मनोबल बढाउनुपर्ने उहाँले बताउनुभयो । थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने बाध्यता आफूहरुसँग रहेको उहाँको भनाइ छ ।

  पोखरा:  बक्सिङ प्रतियोगिताको दोस्रो दिनमा पनि विभागीय टोलीकै हावी देखिएको छ । पोखरा रंगशाला अन्तर्गत बक्सिङ हलमा सञ्चालन गरिएको प्रतियोगितामा महिला र पुरुषतर्फ विभागीय टोली नै अगाडि छ ।  पुरुषतर्फ पहिलो चरणमा भएको खेलमा आर्मीका सुशील थापाले ४.१ नम्बर ल्याएर कर्णालीका मोहन गुरुङलाई पराति गरे ।३.२ अंक प्राप्त गर्दै लुम्बिनीका सुरज ओलीले सुदूरपश्चिमका चिरन्जीवी खड्कालाई पराजित गरे । अंक सहित एपीएफका प्रदीप महर्जनले कर्णालीका जीवनकुमार पुनलाई पराजित गरेका छन् । सुदूरपश्चिमका रन्जन भट्टलाई हराउँदै बागमतीका लालप्रसाद उप्रेतीले ५ नम्बर ल्याए । पुलिसका शम्भुराज बंशीलाई हराउँदै आर्मी क्वलका प्रेम चौधरीले ५ नम्बर ल्याए ।  बागमतीका सुरज महर्जनलाई हराउँदै एनआरएनका शिवु थापा विजयी भए । आर्मीका सुदीप श्रेष्ठलाई हराउँदै गण्डकीका बुद्ध ग्याम्जो लामा, प्रदेश १ का बलबहादुर पुनलाई हराउँदै गण्डकीका निश्चल गुरुङ, पुलिसका निकेश देशाहीलाई हराउँदै आर्मीका पुरन सुनुवार विजयी भए । 

  बागलुङ । बागलुङमा जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी सात स्वर्ण पदकसहित अग्रस्थानमा छ । अहिलेसम्मका खेलमा बागमती प्रदेशले तीन र गण्डकीले एक स्वर्ण जितेको छ ।  एकल प्याटर्नमा ६ र टिम प्याटर्नमा एक स्वर्ण जित्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो वर्चश्व कायम गरेको हो । आइतबार भएको पुरुष टिम प्याट्रनमा नेपाल आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।  पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेश र महिलातर्फ नेपाल आर्मीले रजत पदकमा चित्त बुझायो । महिलातर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीकी रिना धिमालले गण्डकी प्रदेशकी सुश्मिता थापालाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् । गण्डकीकी थापा रजत पदकमा सीमित बनिन् । ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा बागमतीकी रुबिका खड्काले स्वर्ण र आर्मीकी निष्मा बस्यालले रजत पदक जितेकी छन् । ‘ब्ल्याक बेल्ट’ पहिलो डानमा बागमती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमा खड्काले रजत पदक हाँसिल गरेकी हुन् ।  पुरुषतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण पदक हासिल गरे । गण्डकी प्रदेशका राजन रेग्मीले रजत पदकमा चित्त बुझाए ।   ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा नेपाल आर्मीका सुमन मस्राङ्गी मगरले स्वर्ण र लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा मगरले रजत पदक जितेका छन् ।  प्रतियोगिताको पहिलो दिन शनिबार भएका खेलमा आर्मीले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेको थियो । ‘ब्ल्यू बेल्ट’तर्फ पुरुष एकल प्याटर्नमा आर्मीका धनसिंह परियारले स्वर्ण र लुम्बिनीका सफल परियारले रजत पदक हात पारे । ‘रेड बेल्ट’मा गण्डकी प्रदेशका भीम गाहाले स्वर्ण पदक जित्दा र लुम्बिनीका सन्देश सुनार रजत पदकमा सीमित बने । ‘ब्ल्याक बेल्ट’ पहिलो डानमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण र गण्डकीका प्रविण बुढाले रजत पदक हात पारे । ‘ब्ल्यू बेल्ट’ महिलातर्फ गण्डकीकी मोनिका कुँवरलाई पराजित गर्दै आर्मीकी सुस्मिता श्रेष्ठले स्वर्ण पदक हाँसिल गरिन् । कुँवरले रजत जितिन् । अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याटर्नमा एउटा मात्र स्वर्ण जित्न सफल भएको छ । बागमतीले भने एकलमा दुई र टिम प्याटर्नमा दुर्ई स्वर्ण हात पारेको छ । स्पाइरिङतर्फको पहिलो खेल आइतबार नै सुरु भए पनि समय नपुगेका कारण फाइनल खेलाउन नसकिएको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । आज हुने फाइनल खेलमा गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच प्रतिस्पर्धा हुने नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । शनिबारदेखि सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याटर्न र टिम प्याटर्नका खेल भइरहेका छन् ।  प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरू प्रतिस्पर्धामा छन् । स्थानीय बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता चलिरहेको छ ।   

  गलेश्वर । हिमाली पर्यटकीय जिल्ला म्याग्दीका छ वटा पालिकामा ४५ वडामध्ये ४४ वटा वडामा सडक सुविधा पुगेको छ । धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जाबाहेक छ वटा पालिकाका  सबै वडासम्म सडक सञ्जाल पुगेको हो ।       सडक सञ्जालको पहुँच पुगेसँगै पालिकाले विकासमा तीव्रता दिइरहेका छन् । सडक स्तरोन्नति, पक्की पुल निर्माण, घना बस्ती योजना, सिँचाइ, खानेपानी, ज्येष्ठ नागरिकको घरघरमा नै पुगेर स्वास्थ्य जाँच, औषधोपचारलगायत, सामुदायिक विद्यालयको गुणस्तर सुधार्न पनि नयाँनयाँ रणनीतिक योजनासमेत पालिकाले ल्याएका छन् ।      केही वर्षअघिसम्म टुकी वा दियालोका भरमा साँझ र रात बिताउन बाध्य गाउँलेका घरमा अहिले बिजुली बत्तीे झिलीमिली हुन्छ । गाउँगाउँका स्वास्थ्यचौकीको स्तरवृद्धि भएको छ । हरेक पालिकामा अनुभवी स्वास्थ्यकर्मीसहित सुविधासम्पन्न भवनमा प्रसूतिसहितको सेवा पुगेको छ । गाउँमा पशुपालन तथा कृषिमा लाग्ने किसानलाई उत्पादनमा आधारित अनुदान पालिकाले दिइरहेका छन् ।       विकासका हरेक नमूनाको अभ्यास गर्न यस जिल्लाका पालिका प्रतिस्पर्धात्मक तरिकाले लागिपरेको भए पनि गाउँलेहमा भने थातथलो छोड्नेक्रम घटनाको साटो  झन बढेर गएको छ  । जनसाङ्ख्यिक हिसाबले पनि २०५८ को जनगणना र त्यसयताका दुई दशकमा भएका जनगणनाका तथ्याङ्कले समेत म्याग्दीको जनसङ्ख्या क्रमशः घट्दो क्रममा रहेको देखाइएको छ ।       केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजाअनुसार विसं २०६८ को तुलनामा शुन्ना दशमलव ५४ प्रतिशतले जिल्लाको जनसङ्ख्या घटेको हो । विसं २०६८ को जनगणनाअनुसार एक लाख १३ हजार छ सय ४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक जनगणनामा एक लाख सात हजार तीन सय ७२ जना भएको जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले बताउनुभयो । एक दशकमा जिल्लाबाट छ हजार दुई  सय ६९ व्यक्ति घटेका छन् ।      स्थानीय जनप्रतिनिधिले पालिका वडामार्फत बस्तीका बासिन्दालाई स्थानीयस्तरबाट हुनुपर्ने सेवासुविधा दिन र दैलोको सरकारले बहन गर्नुपर्ने जिम्मेवारी पूर्णरूपमा पूरा गरेको जिकिर गरिरहँदा बढ्दो बसाइँसराइले भने ती उनीहरुको भनाइ प्रभावकारी देखिँदैन ।      जिल्लाका सबै गाउँपालिकाका केन्द्रसम्म सबै प्रकारका सुविधा पुगेका छन् । स्थानीय सरकार सञ्चालन भएको पाँच वर्षमा जिल्लाका सबैजसो पालिकाका केन्द्र जोड्ने मुख्य सडक स्तरोन्नति भएका छन् । पालिकाको केन्द्रदेखि वडाका वस्ती जोड्ने सडक निर्माण भएका छन् ।  अरू शाखा सडकको पनि स्तरवृद्धि तथा सडक चौडा पार्ने काम तीव्ररूपमा अघि बढेको छ । कतिपय पालिकाले त मुख्य मुख्य तथा आसपासमा बस्ती नभएका माध्यमिक विद्यालयका लागि स्कुल बसको व्यवस्थासमेत गरेका छन् ।       ग्रामीण बस्तीका खानेपानी, सिँचाइ, सामुदायिक भवन, कृषिलगायत समस्या समाधान गर्न र योजना वितरण गर्न वडैपिच्छे योजना सम्झौतासमेत गर्दै आइरहेका छन् । हरेक वडामा प्राविधिक, कृषि तथा भेटेरिनरी जेटिएकोसमेत दरबन्दी छ । गाउँगाउँमा खानेपानी र सिँचाइको व्यवस्था छ ।      ग्रामीण बस्तीमा पूर्वाधार विकासले जतिसुकै फड्को मारे पनि ग्रामीण क्षेत्रका बासिन्दाको बसाइँसराइ भने रोकिएको छैन । पालिकाका पञ्जीकरण शाखाले अद्यावधिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सबैजसो पालिकामा हरेक वर्ष बसाइँ सर्ने बढ्दै गएको पाइएको छ । जिल्लाको मालिका गाउँपालिकाले गत वर्ष गरेको सर्वेक्षणअनुसार विभिन्न वडाबाट एक वर्षको अवधिमा मात्रै  ९७ परिवारका एक सय ९३ जनाले बसाइँसराइ गरेको पाइएको थियो ।       त्यस्तै बेनी नगरपालिकाका विभिन्न वडाबाट अघिल्लो वर्ष मात्रै करिब एक सय परिवारले बसाइँसराइको सिफारिस लिएका थिए । अन्नपूर्ण, धवलागिरि, मङ्गला र रघुगङ्गा गाउँपालिकाको हालत पनि उस्तै छ । गत वर्ष मङ्गला र रघुगङ्गाका  विभिन्न वडाबाट मात्रै करिब दुई सय परिवारले बसाइँसराइ गरेको तथ्याङ्क छ । त्यसैगरी धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका ग्रामीण बस्तीबाट सुविधा खोज्दै बाहिरिनेको तथ्याङ्क पनि बर्सेनि बढ्दो छ ।      बसाइँसराइ गर्नेमा अधिकांश परिवार तराईका जिल्ला र केही सुविधासम्पन्न सहरबजारमा गएको पालिकाले जनाएका छन् । जिल्लाका सबैजसोले बसाइँसराइको सिफारिस लिएका आधारमा यो तथ्याङ्क निकालिएको पञ्जीकरण शाखाले जनायो  । “सुविधाको खोजीमा मानिस गाउँ छोडेर सहर र तराईतिर झर्ने गरेका छन्”, रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले  भन्नुभयो, “गाउँमा विकास पुगे पनि हरेक मानिसले त्यहाँभन्दा बढी अपेक्षा गरेर अन्यत्र जाने गरेका छन्, बसाइँसराइको सिफारिस लिन आएकालाई गाउँ छोडेर नजाउ भन्न मिलेन ।”      बसाइँसराइको सिफारिस लिने क्रममा कारण उल्लेख गर्नुपर्ने हुन्छ । अधिकांश वडाबाट आएका विवरणमा रोजगारी, शिक्षा, स्वास्थ्यलगायत सुविधाको खोजीमा बसाइँसराइका कारण खुलाइएको छ ।      स्थानीय जनप्रतिनिधिहरुले विकासकै अभावले कसैलाई बसाइँसराइ गर्नुपर्ने अवस्था नरहेको बताए पनि बसाइँसराइ गरेकाहरु भने सुविधाकै खोजीमा आफूहरू गाउँ छोड्न बाध्य भएको जनाउने गरेका छन् । बेनी नगरपालिका वडा नं २ बाट बसाइँसराइ गरी नवलपुरको गौडाकोट नगरपालिका १२ हर्कपुरमा जानुभएकी अम्बिका शर्माले गाउँमा बसेर निर्वाहमुखी खेतीबाहेक अरू केही नहुने हुँदा अर्थोपार्जन र छोराछोरीको शिक्षादिक्षाका लागि बसाइँसराइ गरेको बताउनुभयो ।

   दाङ: लमही नगरपालिका–८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका घरपर रहेका सामान हेर्दै हुनुहुन्थ्यो । फुसले बारेर माटोले लिपेको चिसा भित्ता छाम्दै बाढीले बगाउन नसकेको सिरक, गद्दा अनि केही थान कपडा सङ्कलन गरिरहेको देख्दा त्यहाँ पुग्ने जोसुकैलाई पनि भावुक बनाउथ्यो । उहाँलाई पीडा कति छ भन्ने कुरा उहाँका आँखाबाट प्रष्ट देख्न सकिन्थ्यो ।     घरभित्र रहेको कागजपत्र सबै पानीले भिजेको छ । घर छेउकोे धान खेत सबै बगर बनेको छ । दसैँको अघिल्लो दिनदेखि लगातार पाँच दिनसम्म परेको वर्षाले उहाँको घरमा भएका सम्पूर्ण सामान भिजेका हुन् । “यो वर्षको दसैँ दशा बनेर आयो, विजोग बनायो, बाढी एकाएक आयो, घरमा भएका केही पनि बचाउने सकिएन, सबै बगाएर लग्यो”, उहाँले भन्नुभयो, “जिउमा लगाएका कपडा र केही थान भिजेका कपडा, सिरक डसनाबाहेक केही छैन ।” बाढीले घरका दक्षिण र  पूर्वको भित्ता भत्किएको छ । बचेका भित्ता धुजाधुजा पारेको छ ।     लमही–७ हसनापुरका जयप्रकाश चौधरीको घरमा बाढी पस्दा ठूलो क्षति भएको छ ।  राप्ती नदीबाट आएको भेल र नजिकै बनाइएको बाँध फुटेर आएको बाढीले घर भत्काउनुका साथै खेतबारीमा लगाइएको अन्नबालीमा क्षति गरेको छ । घरमा खाने अन्न केही छैन, जीवनमा पहिलोपटक यस्तो घटना भएको बताउनुभयो । उहाँले अहिलेसम्म पनि भत्किएको घरबाट सामान निकाल्ने आँट गर्न सक्नुभएको छैन ।      गढवा गाउँपालिका–२ महदेवाका रामलाल चौधरीले घरमा भएको अन्न लत्ताकपडा मात्रै नभई गोठमा बाँधिएका चौपाया समेत बगाएर लगेको बताउनुभयो । उहाँको गोठ रित्तै छ । घरभित्रको सामान सबै भिज्यो, घर भित्र–बाहिर सबै ठाउँ पानी पानी भयो । छोराछोरीका किताब, विद्यालय पोसाक सबै पानीले बगायो ।      राजपुर गाउँपालिका–६ गङ्गदीकी रामकली चौधरीले पनि आफ्नो कच्ची घरमा बाढी पसेपछि केही बचाउन नसकेको बताउनुभयो । धानले भरिएको डेहरी (माटोको भकारी) फुटेर धान बगाइदियो, धान कुटेको चामल पनि पानीमा डुब्यो । खानेकुरा केही नबचेपछि अहिले विद्यालयमा आएर पालिकाको शरण लिएको बताउनुभयो । वर्षाका कारण आएको बाढीले देउखुरीका चार पालिकामा ठूलोमात्रामा भौतिक क्षति गरेको छ ।    नागरिक समाजको स्थलगत अनुगमन     बाढीका कारण भएको क्षतिबारे स्थलगत रुपमा पीडितका आवाज सुन्न र यथार्थ बस्तुस्थितिको जानकारी लिन समाजका जिल्ला संयोजक केबी मसालको नेतृत्वमा देउखुरीका चारवटै पालिकामा पुगेको छ ।  टोलीले  ठूलो मात्रामा भौतिक क्षति  व्यहोरेको निष्कर्ष निकालेको हो । समाजका अनुसार देउखुरीमा मात्रै १० हजारभन्दा बढी नागरिक प्रभावित हुनुका साथै अर्र्बौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।       वर्षाका कारण घर र खेतबारीमा बाढी पस्दा क्षति भएको छ दिन बितिसक्दा पनि स्थानीय पालिकाले अहिलेसम्म पीडितको लगत सङ्कलन गर्न नसकेको हुँदा उद्धारपछिको राहत सहयोगमा पनि ढिलाइ भएको नागरिक समाजले जनाएको छ । जिल्लाको लमही नगरपालिका, राप्ती, राजपुर र गढवा गाउँपालिकाका विभिन्न वडामा स्थलगत जानकारी लिनुका साथै पालिका स्तरबाट भइरहेको पछिल्लो प्रयासका बारेमा पनि समाजले चासो लिएको थियो ।    स्थानीय पालिका भन्छन्, तथ्याङ्क सङ्कलन गर्दैछौँ     लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले तथ्याङ्क सङ्कलनको काम भइरहेको बताउनुभयो । प्रारम्भिक तथ्याङ्कमा दुई सय ६५ पूर्णरुपमा भत्किएका छन् । “पाकेर काट्न ठिक्क परेको धान डुवानमा परेको छ । दशैँ मानेर खेती स्याहार्ने तयारीमा रहेका किसानलाई बाढीले दुःखी बनाएको छ । सबै तथ्याङ्क सङ्कलन हुँदैछ”, उहाँले भन्नुभयो ।       राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बाढी प्रभावित गाउँ कालापानी, पहरुवा, लठ्वा, सिङे, मझेरिया, भगवानपुर बगरापुरलगायतका दर्जनभन्दा बढी गाउँमा बाढी पसेको बताउनुभयो । आफैँ पीडितको घरमा पुगेर राहतस्वरुप खाद्यान्न उपलब्ध गराइरहेको बताउनुभयो । धेरै ठाउँमा क्षति भएकाले सङ्कलन गर्न समस्या भएको बताउनुभयो । किसानको मुख्य स्रोत अन्नबालीमा क्षति पुगेकाले तत्कालका लागि खाद्यान्न वितरण गरे पनि दीर्घकालीन राहतका लागि तथ्याङ्क सङ्कलन गरिरहेको अध्यक्ष विष्टले बताउनुभयो । राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ । तथ्याङ्क सङ्कलनको कार्य जारी रहेकाले यो सङ्ख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।       राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले पालिका स्तरमा लगत सङ्कलनको काम भइरहेको बताउनुभयो । उहाँले केही सामाजिक सङ्घसंस्थाको पहलमा अति आवश्यक भएकाहरुलाई केही सहयोग गर्नुबाहेक थप सहयोग गर्न नसकेको हुँदा माथिल्लो तहबाट सहयोगको अपेक्षा गर्नुभयो । तत्काल खाने बस्ने व्यवस्था पालिकाले मिलाई गङ्गदी र जङ्ग्रहवा स्कुलमा बाढी पीडितलाई बसालिएको बताउनुभयो । राजपुरमा तीन सय २५ घर पूर्णरुपमा भत्किएको प्रारम्भिक तथ्याङ्क रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । उहाँले उद्धारपछिको राहत वितरण गर्ने स्रोतको समस्या भएको बताउनुभयो ।      गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले वडा नम्बर २ र ५ का बासिन्दा बाढीबाट सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । सो पालिकाका दुई सय ५४ घर पूर्ण रुपमा क्षेति भएको हा । सो वडाका नागरिकको बस्ने खाने समस्या भएपछि तत्कालका लागि सामूहिक मेस चलाएको अध्यक्ष पोख्रेलले बताउनुभयो । लोखरपुरुवाका ९५ जना, महदेवा र डाँडागाउँमा दुई सय जनालाई मेस चलाएर खाने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।  बाढीका कारण प्रावि महदेवा र नमूना प्रावि पचहियाको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने समस्या थपिएको बताउनुभयो ।       पालिकाका सबै वडामा कति घरपरिवार प्रभावित भएका छन् भन्नेबारे यकीन विवरण सङ्कलन भई नसकेको उहाँले बताउनुभयो । प्रारम्भिक तथ्याङ्कमा छ सय ६० डुबानमा परेका र ८० घर भत्किएका छन् ।    तथ्याङ्क सङ्कलन गर्दै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र     जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खिलत गिरीले जिल्लाको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै भौतिक क्षति हुँदा परिवार विस्थापित भएको बताउनुभयो । लमही नगरपालिकामा दुई सय ६५, राजपुरमा तीन सय २५, गढवा गाउँपालिकामा दुई सय ५४, राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ ।       देउखुरीको चार पालिकाको लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मात्रै नौ सय ६४ घर पूर्ण रुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका चार हजार बढी परिवारका सदस्य विस्थापित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।    कृषि शाखाले लगत लिने काम गरेका छन्: ज्ञान केन्द्र     पाकेर काट्न ठिक्क परेको धान डुबानमा पर्दा धानबाली नष्ट भएको छ तर कति क्षति भयो भन्ने विवरण अझै आइनपुगेको कृषि ज्ञान केन्द्र दाङका तथ्यांक अधिकृत पृथ्वीराज लामिछानेले बताउनुभयो । उहाँले देउखुरी क्षेत्रमा बढी क्षति भएको जानकारी दिनुभयो । “देउखुरीका किसानले लगाएको धान बाली अलिबढी क्षति भएको अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “देउखुरीका चार पालिकासँग समन्वय भइरहेको छ तर कति क्षति भयो भन्ने यकीन विवरण प्राप्त भएको छैन ।”       दाङ जिल्लामा धान रोप्ने जमिन ३९ हजार चार सय हेक्टर क्षेत्रफल रहेकामा देउखुरीमा १२ हजार पाँच सय २८ र दाङ क्षेत्रमा २६ हजार आठ सय ७२ हेक्टर क्षेत्रफल छ । यसमा देउखुरीका सबै क्षेत्रफलमा धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष समयमा वर्षा नभएका कारण जिल्लाभर सात प्रतिशत अर्थात् ३४ हजार दुई सय सात हेक्टरमा धान रोपाइँ भएको उहाँले बताउनुभयो ।

  पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि पाँचदलीय गठबन्धनले कास्की क्षेत्र नम्बर १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा २ हजार १ सदस्यीय मूल चुनाव प्रचारप्रसार समिति गठन गरेको हो । साथै बैठकले १९ सदस्यीय सचिवालय समिति गठन गरेको छ । मूल चुनाव प्रचारप्रसार समितिको सहसंयोजकमा नेकपा(माओवादी केन्द्र) का विनय थापा, नेकपा ९एकीकृत समाजवादी० का पूणर् लामा, राष्ट्रिय जनमार्चा पार्टीका हरिप्रसाद बराल र नेपाल समाजवादी पार्टीका दुर्गा गुरुङ र सदस्यसचिवमा नेपाली कांग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव समेत रहेका सरोज केसी छन् । समितिले प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रचारप्रसारदेखि घरदैलो लगायतलाई तीव्र पार्ने कांग्रेसका क्षेत्रीय सचिव केसीले जानकारी दिए । बैठकले आगामी कात्तिक १ गते पोखरा २६, संगमनगर कालिकाचोकमा सम्पर्क कार्यालय उद्घाटन, उम्मेदवार परिचय लगायत विभिन्न उपसमिति गठन गर्ने निणर्यसमेत गरेको छ । यस्तै, कात्तिक २ गते क्षेत्र नम्बर १ का गठबन्धनका ३० वटै वडा कार्यालयमा वडा निर्वाचन सम्पर्क कार्यालय गठन गर्ने छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट कास्की १ मा किशोरदत्त बराल, कास्की १ (१) मा माओवादी केन्द्रबाट दीपक कोइराला र कास्की १(२) मा कांग्रेसबाट दीपक गुरुङ उम्मेदवार छन् ।