सुदूरपश्चिमले जित्यो अमेरिकाको भलिबल
काठमाडाैं | असोज ३१, २०७९
काठमाडौं । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ ।
अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको समयानुसार आज बिहान) सम्पन्न भएको फाइनल खेलमा सुदूरपश्चिमले पेन्सिलभेनिया राज्यको नेपाली भाषी टिम योङ ब्लडलाई पराजित गरेको थियो । पाँच सेटको निर्धारित खेलमा तीन–एक को सेटमा सुदुपश्चिम समाज विजयी भएको थियो ।
सो टिमको नेतृत्व नेपालको राष्ट्रिय भलिबल टिमका क्याप्टेन भइसकेका कैलाश भट्टले गर्नुभएको थियो । प्रथम हुने सुदूरपश्चिम टिमले आठ हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको छ भने दोस्रो हुने योङ ब्लड टिमले छ हजार पाँच सय डलर पुरस्कार पाएको छ ।
यसैगरी महिलातर्फ आठ टिम सहभागी भएकामा बी वाइएससी, मिनिसोटाले फाइनलमा जीत हात पारेको छ । सो टिमले फ्रेन्डसिप क्लब कोलम्बसलाई लगातार तीन सेटमा पराजित गरेको थियो । विजयी टिमले तनि हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको छ । दोस्रो हुने फ्रेन्डसिप क्लबले दुई हजार पाँच सय र तेस्रो हुने सर्भाभर क्लबले एक हजार डलर पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा मोष्ट भ्यालुएबल प्लेयरको उपाधि सुदूरपश्चिमका भट्टले नै जितेको थियो भने महिलातर्फ कोलम्बसकी भीमा मैनालीले जित्नुभयो ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

