तनहुँ: तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लाग...

तनहुँ:  शुक्लागण्डकीका क्रसरमा प्रहरीले चाबी लगाएको छ । गृहमन्त्रालयले अवैधानिक रुपमा सञ्चालनमा रहेका क्रसहरु बन्द गर्न निर्देशन दिएसँगै शुक्लागण्डकीका क्रसरमा चाबी लगाइएको हो ।   शुक्रवार इलाका प्रहरी कार्यालबाट खटिएका प्रहरीले क्रसरमा चाबी लगाएका हुन् । क्रसर व्यवसायीले भने बन्द गर्न कुनैपनि कागजात नदिई एक्कासी चाबी लगाएको भन्दै आपत्ती जनाएका छन् । शुक्लागण्डकी–२ स्थित खनाल गिटी बालुका अध्यक्ष लिलाधर बरालले दुई दशकअघि सबै प्रक्रिया पुरा गरि क्रसर सञ्चालन गरेको बताउदै विना सुचना र जानकारी विना छापामार शैलीमा चाबी लगाएकोमा आपत्ती प्रकट गरे । क्रसरहरु एक्कासी बन्द विकास निर्माणका कार्यमा अवरोध पुग्ने हुदा तत्काल सच्याउनुपर्नेमा जोड दिएका छन् ।  इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक याम नारायण अर्यालले जिल्लाबाट आएको निर्देशन अनुसार कार्यान्वयन गरिएको बताए । जिल्ला अनुगमन समितिको विहिवार भएको बैठकले  कानुन विपरित दर्ता नगरी तथा नविकरण लगायत सञ्चालन अनुमति नलिाई सञ्चालनमा रहेका ढुंगा, गिटी, रोड तथा बालुवा उत्खनना प्रशोधन कार्यमा सलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिएको थियो । अनुगमन समितिको बैठकको निर्णय कार्यान्वयनमा सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय तनहुँले नेपाल प्रहरी र शसस्त्र प्रहरीले पत्र लेखेको थियो ।  अनुगमन समितिले उद्योगहरुमा मौज्दात रहेका कच्चा तथा प्रशोधित नदीजन्य पदार्थहरुको स्टक प्रमाणित गरी सोको विवरण एक हप्ता भित्र जिल्ला अनुगमन समिति र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन भनेको छ । जिल्ला अनुगमन समितिका अनुसार तनहुँका दर्ता नगरि सञ्चालन भएका, नविकरण नभएका र उदेश्य विपरित सञ्चालन भएका २० वटा उद्योग छन् । यसमध्य १४ वटा शुक्लागण्डकी नगरपालिकामा रहेका छन् । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने गरि अनुगमन समिति रहेको छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले शनिवारसम्म बन्द गरिएका उद्योगको विवरण आउने बताए ।

काठमाडौं: उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतको यो आदेशसँगै लामिछाने विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भए पनि तत्कालका लागि उनको सांसद पद यथावत रहने भएको हो । साथै उपप्रधान र गृहमन्त्री पद समेत कायम रहनेछ । अमेरिकी नागरिकता लिएका लामिछानेले त्यताको नागरिकता त्यागेपनि फेरी नेपाली नागरिकता नलिएकाले उनको नागरिकता कायम नरहेको दावी सहित सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

काठमाडौं:  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार कुन ढङ्गले अघि बढ्छ त्यसको विश्लेषण गरेर मात्रै विश्वासको मतबारे निर्णय लिने बताउनुभएको छ।  शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति व्यक्तिगत रुपमा आफू सकारात्मक रहेको बताउनुभयो।  पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले भन्नुभयो, “एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन्। व्यक्तिगत भावना राख्नेको बेग्लै कुरा भयो। म प्रति सद्भाव राख्नेको बेग्लै कुरा हो, सद्भाव राख्नेहरु सबैलाई धन्यवाद छ। तर त्यो भावना निजात्मक भइदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ।” एकीकृत समाजवादी पार्टी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा अगाडि बढ्ने उहाँले बताउनुभयो।  उहाँले भन्नुभयो, “अब विश्वासको मतको बारेमा हामीले जम्मै प्रश्नको विषयमा विश्लेषण गर्नेछौं। व्यक्तिगत रुपमा प्रचण्डजीप्रति मेरो पोजेटिक नै धारणा छ। जहाँसम्म सरकार कुन ढङ्गले अगाडि बढ्छ, त्यो हेरिकन हामी टुङ्गो गर्छौं।” उहाँले जनता समाजवादी पार्टीसँग तत्काल एकता प्रक्रिया सुरु हुने भन्नुहुँदै साना वामपन्थी दलसँग एकता र सहकार्यका लागि अघि बढ्ने बताउनुभयो।  “अब हामी पार्टी निर्माण गर्ने अभियानमा जुट्ने हो। पार्टीलाई सुदृढ गर्ने र विस्तार गर्ने राष्ट्रव्यापाी अभियान लिएर अघि बढ्छौं। हाम्रो ध्यान जनताका इस्युहरु, राष्ट्रका इस्युहरु उठान गर्ने कुरामा केन्द्रीत हुनेछ”, उहाँले भन्नुभयो।

काठमाडौँ:   बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ ।  नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो ।  पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते रु ५३ खर्ब २ अर्ब पुगेको हो । गत मङ्सिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ ।  पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ । बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ । 

पोखरा:  निर्वाचित भएर गएका जनप्रतिनिधि फर्किएर नआउने गुनासो व्याप्त छ । अन्नपूर्ण गाउँपालिकाकी जमुना विकले बिहीबार नेताले जनताले दैनिक जुधिरहेको विषयमा ध्यान दिनुपर्ने भन्दै आफ्ना समस्या सुनाउन थालिन् ।  २०३४/०३५ सालतिर नापीले गरेको जग्गा विभाजनमा आफूहरुको टोलमा एउटाको जग्गा अर्कैकोमा परेको भन्दै अन्नपूर्ण–३ छ घर टोलकी जमुनाले गाउँपालिका गुहारेकी छन् । आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा भएका योजना तथा नियमित सेवा प्रवाहको विषयमा बिहीबार अन्नपूर्ण–३ पत्थरस्थित वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाईमा उनले गाउँपालिका नेतृत्वको ध्यानाकर्षण गराएकी हुन् । ‘नापीबाट गल्ती हुँदा एउटाको जग्गा अर्कैको कित्तामा गएको छ । टोलमा यही विषयले झगडा हुन्छ,’ उनले भनिन्, ‘गाउँपालिकाले नापी ल्याउन सक्छ कि सक्दैन ? ल्याइदिनुपर्यो ।’ उनको गुनासो सुनेपछि पुनः नापी आवश्यक भए त्यसलाई पहल गर्ने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए ।  अन्नपूर्ण–३ कै राजु पौडेलले गाउँपालिकाले तरकारीको बिउ बाँडे पनि बजार व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे । ‘बिउ बाँडियो तर बजार व्यवस्थापन देखिएन । त्यसमा ध्यान दिनुपर्यो,’ उनले भने, ‘बारीमा साग, तरकारी त्यत्तिकै छन् ।’ गाउँपालिका अध्यक्ष केसीले उत्पादित वस्तु बजारीकरणमा वास्तवमै समस्या भएकास गाउँपालिका सम्बोधन गर्न तयार रहेको बताए ।  कार्यक्रममा टोलटोलका सडकमा बत्ती हाल्नुपर्ने, बाँदरले खेतीमा समस्या पारेको, युवालाई रोजगारीको वातावरण बनाउनुपर्ने, बिउ वितरण आवश्यकभन्दा कम भएको, लालपुर्जा नपाएको, सडक योजनामा पैसा नहाल्देको, प्राविधिकले काम नगरिदिएको गुनासो गरेका थिए । गाउँपालिका अध्यक्ष केसीले सबै समस्या एकैपटक समाधान सम्भव नहुने, ढिलोचाँडो त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।   सार्वजनिक सुनुवाईमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कुल बजेटमध्ये मंसिर मसान्तसम्म ३२. २६ प्रतिशत खर्च भएको देवकोटाले जानकारी दिए । उनकाअनुसार मंसिर मसान्तसम्म ९० लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।  जनप्रतिनिधि तथा कर्मचारीको विवरण संकलन गरेर मुख्यमन्त्री कार्यालय पठाएको, सहकारी संचालक तथा कर्मचारीलाई लेखा तालिम दिइएको, सेवाग्राहीलाई प्रतीक्षा कक्षको व्यवस्था गरेको, अध्यक्षको अनुपस्थितिमा सचिवालयबाट काम अघि बढाउने काम भएको उनले बताए । कृषितर्फ ५० प्रतिशत अनुदानमा २५ हजार केजी आलुको बिउ वितरण गरेको छ । ११ वटै वडामा मोडल फर्म निर्माण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाा तरकारी पकेट कार्यक्रम सम्झौताको तयारीमा रहेको, उवा र कोदो क्लस्टर निर्माण, हिउँदे फलफूल विरुवा वितरणको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए ।  गाउँपालिकामा ८ वटा टोल विकास संस्था, आमा समूह, बाल र युवा क्लब रहेको उनको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षमा कुल १ सय ९१ वटा योजना रहेकोमा ३४ वटा योजना सम्झौता भइसकेको र २० वटाको भुक्तानी भइसकेको देवकोटाले जानकारी दिए । कोरोनाविरुद्ध ४० हजार २ सय १८ जनालाई खोप दिइएको छ भने स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेर ५ सय १३ परिवारको बिमा गरिएको छ ।  गाउँपालिका प्रवक्तासमेत रहेका अन्नपूर्ण–७ का वडाध्यक्ष भरतमान गुरुङले लान्द्रुक खानेपानी योजनालाई सफल बनाएर गाउँपालिकाको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले भूगोल ठूलो भएकाले सार्वजनिक सुनुवाई गर्दा सबैलाई एकै ठाउँमा समेट्न नसकिएको बताए । ‘भौगोलिक विकटताले सबै ठाउँमा पुग्न सकिनँ । घुम्ती शिविरजस्तै सबै वडामा पुग्ने गरी वडा–वडामा सुनुवाई गर्छौं,’ प्रवक्ता गुरुङले भने ।  कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । अन्नपूर्ण १, २, ३ का वडाध्यक्ष क्रमशः तुलसीप्रसाद अधिकारी, पिताम्बर भण्डारी, फणिन्द्रप्रसाद पौडेलले पनि बोलेका थिए । उनीहरुले वडामा प्राप्त भौतिक पूर्वाधार निर्माणसम्बन्धी योजनाको कार्यान्वयका लागि उपभोक्ता समिति गठन भएको र छिट्टै काम अघि बढाउने बताए ।   

पोखरा:  कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई शिवालय वर्ष सम्मान–२०७९ बाट सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा ३ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने टीकाराम सुवेदी, अभिभावक मङ्गलप्रसाद ओझा, सञ्चारकर्मी सुरेनकुमार नेपाली ‘सुशील’, विद्यालयका लेखापाल पूर्णबहादुर गुरुङ, छात्रवृत्ति अक्षयकोष संस्थापकद्वय डा. नारायण ओझा र सुकमाया सुवेदी रहेका छन् । त्यसै गरी विद्यालयको गौरव बढाएको भन्दै शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझालाई शिवालय गौरव सम्मान–२०७९ बाट सम्मान गरिएको थियो । कार्यक्रमका अध्यक्ष सुवेदीले आफ्नो ३ बर्से कार्यकालमा सकेसम्म विद्यालयको हित हुने गरी काम गर्ने प्रयास गरेको बताए । वडा नम्बर २ का वडा अध्यक्षसमेत रहेका उनले विद्यालयमा गरेको कामकै आधारमा आफूलाई वडावासीले वडा अध्यक्ष बनाएको भन्दै धन्यवाद ज्ञापन गरे । शिक्षाबिना समाजका कुनै पनि पक्षको विकास सम्भव नभएकाले राज्यका हरेक तहले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो । जनताको शिर नझुक्ने गरी, जनताको मन नभाँचिने गरी नीतिभित्र रहेर काम गर्ने बताउँदै सुखमा नसके पनि दुःखमा सधैँ जनताको साथमा रहने सुवेदीले प्रतिबद्धता व्यक्त गरे । शिक्षक अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र ओझाले शिवालयको शैक्षिक उन्नति गर्नका लागि अभिभावकहरूको साथ पाएको बताउँदै आगामी दिनमा थप सक्रियताका लागि आग्रह गरे । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई क्रमशः प्रविधिमैत्री बनाउँदै लगिएको बताए । हाल केही कक्षाहरूमा स्मार्ट बोर्ड र स्मार्ट टिभीका माध्यमबाट पठनपाठन सञ्चालन गर्दा सिकाइ उपलब्धि बढेको अनुभव सुनाउँदै उनले अबका दिनमा भौतिकभन्दा बढी शैक्षिक गुणस्तर वृद्धिमा लाग्ने योजना सुनाए । एस.ई.ई. र कक्षा १२ दुवैमा शिवालयको नतिजा गाउँपालिकाभरिमा उत्कृष्ट रहेको उनको दाबी थियो । आर्थिक प्रतिवेदन विद्यालयका लेखापाल पूर्णबहादुर गुरुङले प्रस्तुत गरेका थिए । कार्यक्रममा रूपाज्योति माविका प्रधानाध्यापक मनिराम कडेलले विद्यालयको विकासका लागि शिक्षक, अभिभावक, विद्यार्थी, प्रशासन, व्यवस्थापनलगायतको उत्तिकै सक्रिय र सकारात्मक साथ चाहिने भन्दै शिवालयको प्रगति अनुकरणीय रहेको बताए । नेपाल शिक्षक सङ्घ, रूपाका अध्यक्ष रामचन्द्र ओझाले शिवालयको इतिहास कोट्याउँदै आफूले चन्दा सङ्कलन अभियान सञ्चालन गरेको घटना स्मरण गरे । विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्यसमेत रहेका उनले विद्यालयको विकासका लागि आफू जुनसुकै सहयोग गर्न तत्पर रहेको बताए । शिवालय मावि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदीले विद्यालयको प्रगति देखेर आफूलाई गौरव लाग्ने गरेको बताए । उनले विद्यालयको विकासका लागि पूर्व विद्यार्थीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्दै शिवालयका सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई मञ्चमा गोलबद्ध हुन आह्वान गरे । कार्यक्रममा सम्मानित व्यक्तित्व सुरेनकुमार नेपाली ‘सुशील’, पूर्व अध्यक्ष तिलबहादुर थापालगायतले शुभकामना दिएका थिए । विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका कार्यक्रममा शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझाले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि तथा पूर्व प्रधानाध्यापक जयराम सुवेदीले गरेका थिए । सो अवसरमा विभिन्न प्रतियोगिता तथा शैक्षिक सत्र २०७८ का उत्कृष्ट विद्यार्थीहरूलाई रूपाज्योति माविका प्रधानाध्यापक मनिराम कडेल, पृथ्वीरूपामा माविका प्रधानाध्यापक महादेव सुवेदी, शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक डिल्लीराम ‌ओझा, विद्यालयका सहायक प्रधानाध्यापक ऋषिराम ओझा, शिक्षिका रस्मिला खनाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हिराप्रसाद सुवेदी, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष भोजराज ओझालगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदी र वरिष्ठ उपाध्यक्ष पोस्टराज सुवेदीले मञ्चका तर्फबाट २०७८ को एस. ई. ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने धिरज सुनार र कृति ओझालाई नगद ३र३ हजार रुपैयाँ प्रदान गरेका थिए । सोही कार्यक्रममा नन्दकुमारी अक्षयकोष, पदमराज–मैनादेवी अक्षयकोष,  तुलाराम अक्षयकोष, चूडामणि(बसुन्धरा अक्षयकोष, पूर्णबहादुर थापा अक्षयकोष, झगबहादुर गुरुङ अक्षयकोष, जमुनादेवी अक्षयकोष, तुलसी ढुङ्गाना अक्षयकोष, सरस्वती(दण्डपाणि अक्षयकोष, विश्वनाथ(डिलकुमारी अक्षयको र सुकमाया सुवेदी अक्षयकोषबाट विद्यार्थीहरूलाई छात्रवृत्ति वितिरण गरिएको थियो । वि.सं. २०१७ मा स्थापित विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको छ ।

  काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आफ्नो नीति तथा प्राथमिकतमा भूमिमा किसानहरूको सहज पहुँचको नीति ल्याउने भएको छ । साथै २ बर्षभित्र सुकुम्बासी समस्या सम्बोधनदेखि भूमिको वैज्ञानिक व्यवस्थापनमार्फत् यसको सही सदुपयोग गर्न र आवाससम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चित गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।  उपप्रधान तथा अर्थमन्त्री समेत रहेका विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सरकारको नीति तथा कार्यक्रमको मस्यौदामा ‘भूमिको डिजिटल नापी पूरा गर्ने, भूमिको प्रकृति, स्वरूप र सम्भावनाका आधारमा भूउपयोग गर्ने, निर्माण भइसकेका संरचनाको सम्भव सुधार र उपयुक्त विकल्पको योजनासहित भूउपयोग नीति र कानूनको कार्यान्वयन गर्ने उल्लेख छ ।  साथै पछिल्लो समय समस्याका रुपमा रहेको सार्वजनिक र सरकारी जग्गामाथिको अतिक्रमण हटाउने र रोक्ने नीति लिने भएको छ ।  ‘दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्ने, भूमि व्यवस्थाको संरचनामा अन्तरनिहीत समस्याहरूको दिगो समाधानका लागि ’राष्ट्रिय भूमि आयोग’ गठन गर्ने’, पौडेल नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा भनिएको छ ।  सस्तो, सहज र भरपर्दो सञ्चार  सरकारले आधुनिक सञ्चारमार्फत् जनताको सुसूचित हुने अधिकारको प्रत्याभूति गर्ने, प्रविधिमार्फत शिक्षा, स्वास्थ्य, उत्पादनलगायत जीवनका सबै क्षेत्रलाई सहज तुल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने नीति लिने भएको छ ।  यसका लागि सवैका लागि सूचना तथा सञ्चार सुविधा सस्तो, सहज र भरपर्दो बनाउने र फाइभ जी प्रविधि प्रयोगमा ल्याउने भएको छ ।  ‘इन्टरनेटलगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गर्ने । डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्ने, सार्वजनिक सेवा र उत्पादनका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढाउने, विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिङ कम्प्लेक्सलगायत सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलहरूमा ब्रोडब्यान्ड इन्टरनेट सुविधा निःशुल्क गर्ने विषयलाई प्राथमिकतामा राख्ने भएको छ ।  आधुनिक प्रविधिमार्फत् सेवाग्राहीले सेवा लिन घण्टौं लाइन बस्नुपर्ने वाध्यताको अन्त्य गर्ने, गैरकानुनी काम कारवाही र भ्रष्टाचार अन्त्य गर्न प्रविधिको अधिकतम सदुपयोग गर्ने, कृषिकार्य, बजार मूल्य सूचना, रोजगारीका अवसर, राज्यले दिने सहुलियत तथा मौसम तथा विपद्सम्बन्धी जानकारी नियमितरूपमा मोबाईल सुविधा, जनस्वास्थ्य, एपमार्फत उपलब्ध गराउने सरकारको लक्ष्य हुने भएको छ । ‘राष्ट्र, लोकतन्त्र, शान्ति, विकास र सामाजिक सद्भावप्रति जिम्मेवारीसहितको पूर्ण प्रेस स्वतन्त्रता कायम गर्ने । सञ्चार जगतलाई गरिमामय बनाउने र सञ्चारकर्मीहरूको हक हितको संरक्षण गर्ने’, मस्यौदामा समेटिएको छ ।

काठमाडौँ:  संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमत भएका छन् । शुक्रवार नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकमा यस्तो सहमति भएको कांग्रेस नेता रमेश लेखकले बैठकपछि जानकारी दिए ।  ‘संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको छ’, लेखकले भने, ‘माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुख चयन गर्ने गरी लगभग सहमति जुटेको छ ।’

काभ्रेपलाञ्चोक:  ऐतिहासिक एवम् पर्यटकीय स्थल काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवम् धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने दोस्रो नगरसभाले निर्णय गरेको हो । नगरको ११ नं वडास्थित धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, वातावरणीय तथा प्राचीन महत्व बोकेको विश्वप्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया अगाडि बढाई थप पहल गर्ने बिहीबारको नगरसभाले विशेष प्रस्ताव पारित गरेको हो । नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासँग विभिन्न चरणमा छलफल गरेको छ । सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटिएकाले संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)का नेपाल प्रतिनिधिलाई औपचारिक रुपमा अवलोकन–भ्रमण गराउने योजना बनाएको थियो । पर्यटकीय स्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मावलम्बीको तीर्थस्थलका रुपमा समेत लिइने गरिन्छ । शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थलको रुपमा नमोबुद्ध लाई मानिन्छ । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण गरिएको विश्वास छ । किंवदन्तीअनुसार द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा पूजाअर्चना र दीप प्रज्वलन गर्न बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गरेको छ । हाल सो स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत छ । यसैबीच, नगरले नमोबुद्धलाई विश्वकै नमुना पर्यटकीय स्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु. ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ ।     सुरक्षा व्यवस्थापनका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ भने डिपिआर अनुसार थप काम अघि बढाउन सङ्घीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताउनुभयो । उहाँका अनुसार ‘नमोबुद्ध भगवान् घ्याँ’ गुठी व्यवस्थापन समिति गठन गरी संस्थागत विकास गर्न पहल भएको छ भने समितिले नै मन्दिर र गुठीमा सङ्कलन भएको दान, भेटी पनि समितिमार्फत व्यवस्थित गर्न थालेको छ ।     जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा सङ्घीय राजधानी काठमाडौंबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङदेखि फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती ब्यहोर्दै आएका छन् । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिमशृङ्खला देख्न सकिन्छ । यस्तै, काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्व सम्पदामा सूचीकृत हुने भएको छ । पनौती विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकृतको अन्तिम प्रक्रिया  मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको नगर उपप्रमुख गीता बञ्जाराले बताउनुभयो । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया सकिएको र मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको बञ्जाराले जानकारी दिनुभयो । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ । पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौं उपत्यका (उपत्यका सात क्षेत्रः  काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज छन् । नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ ।