राष्ट्रिय एकता दिवसमा प्राज्ञिकको बृहत सरसफाई अभियान
पाेखरा | पुस २७, २०७९
पोखरा: राष्ट्रिय एकता दिवसमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, पोखरा महानगर एकाइले बृहत सरसफाई अभियान सञ्चालन गरेको छ ।
नेपाल एकीकरणको अभियान्ता तथा आधुनिक नेपालको निर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज(बुधबार) प्राज्ञिकले सो सरसफाई अभियान सञ्चालन गरेको हो ।
सरसफाई अभियान पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकबाट, सभागृह, न्युरोड हुदै महानगरपालिका पुगेर समापन गरिएको प्राज्ञिक विद्यार्थी परिषद् पोखरा महानगरका सचिव दिप्सन गुरुङले बताए । उनले भने, ‘स्वच्छ पोखरा,सुन्दर पोखरा निर्माण हेतु सरसफाई महत्वपुर्ण विषय वस्तु हो । यसैलाई मध्यनजर गर्दै राष्ट्रिय एकता दिवसको अवसरमा बृहत सरसफाई अभियान सञ्चालन गरेका हौँ ।’
सरसफाई अभियानमा प्राज्ञिक विद्यार्थी परिषद्मा आवद्व विभिन्न क्याम्पसका विद्यार्थीहरु लगायत २५ जनाको सहभागिता रहेको थियो । साथै अभियानलाई मध्य नजर गर्दै पोखरा महानगरले फोहोर बोक्ने गाडी तथा सरसफाई सुरुक्षा सामाग्री पञ्जा र मास्क उपलब्ध गराएको थियो ।
पृथ्वीनारायण शाहको सम्झनामा परिषद्ले आज साँझ ५ बजे पोखरा १ बगर अवस्थित पृथ्वीनारायण क्याम्पसको मुल गेट अगाडी दिप प्रज्वलन कार्यक्रम गर्ने जनाएको छ ।
प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह तत्कालीन गोरखा राज्यको राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।




पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

