तनहुँ: तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लाग...

काठमाडौंः   सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।  निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीनरतीन रुपैयाँका दरले घटाएको छ । यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमशस् २० र ३० रुपैयाँले घटेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ ।  आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर एक हजार चार सय २० डलर कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेको छ । यसअघि भारतले पेट्रोलियम पदार्थको मूल्यसूची घटाएर पठाए पनि निगमले भने नघटाएको भन्दै उपभोक्ताले विरोध गर्दै आएका थिए । गएको बिहीवार प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि निगमले भने आज मूल्य घटाएको हो । 

रौतहट: शीतलहरका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि जिल्लाको कटहरिया नगरपालिकाले स्थानीयका लागि दाउराको प्रबन्ध गरेको छ । आगो तापेर जाडोबाट जोगिन दाउराको प्रबन्ध गरिएको हो ।  नगरपालिका प्रमुख अजयप्रकाश जयसवालले डिभिजन वन कार्यालयसँग समन्वय गरी पालिकाको नौ वटै वडामा दाउरा उपलब्ध गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपलब्ध दाउरा सर्वसाधारणको जमघट हुने सार्वजनिक स्थल वा चोकमा बालिने गरी वितरण गरिएको छ ।” एक सातादेखि घाम नलागेपछि जाडोले कठ्याङ्ग्रिएका नागरिक दाउराको आगो ताप्न पाउँदा खुसी भएका छन् । जिल्लाको कटहरिया नगरपालिकाले अघिल्लो सातादेखि वडामा दाउरा वितरणको काम गरेको थियो ।

पोखरा:   वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजना र माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लबको समन्वयमा शनिवार लाहाचोकका आमाहरूलाई संयुक्त रूपमा सम्मान गरिएको छ । विभिन्न समयमा विभिन्न माध्यमबाट सामाजिक योगदान दिएका १८ जना आमाहरूलाई दोसल्ला, सम्मानपत्र, नगद र बाजागाजासहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइराला, गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, पूर्व उपाध्यक्ष कृष्णकुमारी दवाडी, वडाध्यक्ष मधुसूदन अधिकारी, पूर्व वडाध्यक्ष पूर्णबहादुर शाही, लगायतले सम्मान अर्पण गरेका थिए । प्रमुख अतिथि कोइरालाले लाहाचोकका आमा र दिदीबहिनीहरूलाई एकै ठाउँमा सम्मानित गर्न पाउँदा आफूलाई एउटा यज्ञको अनुभूति भएको बताइन् । उनले आमाहरू ज्ञानका सागर भएकाले मञ्चले हरका मूर्तिको पूजा गरेर स्तुत्य कार्य गरेको धारणा राखिन् । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम नेका वडा सभापति रामचन्द्र अधिकारी, नेकपा एमालेका वडाध्यक्ष टेकबहादुर श्रेष्ठ, महेन्द्र माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी, राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसी, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्का  नेपाल संयोजक विश्वबन्धु थापा, समाजसेवी भगवान शाही, राजेश परियारलगायतले बोल्नु भएको थियो । वक्ताहरूले समाजमा आमा सभ्यता र संस्कृति हराउँदै गएकाले त्यसको संरक्षणमा जोड दिनुपर्ने धारणा राखेका थिए । सम्मानित आमाहरूमध्येबाट बोल्दै हरिप्रभा पौडेलले विदेशमा रहेका छोराछोरीहरूले कहिले लाहाचोकका आमाहरूलाई, कहिले बाबा र कहिले विशिष्ट प्रतिभाहरूलाई सम्मान गरेर आमाबुबाहरूमा थप जागर बढाउन सफल भएको बताइन् । समारोहमा समाजसेवी ज्योति शाही, लाहाचोकमा संगठित रहेका सम्पूर्ण आमा समूहलाई पनि सम्मान गरिएको थियो । साथै समारोहमा अनुशासित समूहका रूपमा उपस्थित हुने आमा समूह, ज्येष्ठ सदस्य र कार्यक्रमलाई सफल पार्न विशेष प्रायोजन गर्ने दातालाई पनि सम्मानित तथा पुरस्कृत गरिएको थियो । मञ्चका सहकोषाध्यक्ष सुशील श्रेष्ठले मञ्चले हालसम्म ३५ लाख बढी रकम संकलन गरी विभिन्न समस्यामा परेका लाहाचोकवासी दाजुभाइ, दिदीबहिनी र आमाबुबालाई सहयोग हस्तान्तरण गरेको जानकारी गराए । सोही समारोहबीच क्यान्सर पीडित सञ्जय विकको उपचारका लागि मञ्चद्वारा संकलित एक लाख ४२ हजार र स्थानीय आमा समूह तथा समाजसेवीबाट गरी दुई लाख ५० हजार रकम पीडितका बुबालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रम मञ्चका अध्यक्ष राजु क्षत्री अपुरोको संयोजकत्वमा क्लबका अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

पोखरा:   गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबिच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको हो ।  सम्झौताअनुसार माघ १८ देखि २१ सम्म तालिम चितवनका स्कुलका खेलकुद शिक्षक, क्लबका सदस्यलाई तालिम प्रदान गरिनेछ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट कार्यक्रमका कोडिनेटर डा मधु सुदन सुवेदी र पटिहानी फुटबल क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले स्नातक तहको स्पोर्टस म्यानेजमेन्ट (बिएसएम) नेपालमा पहिलोपटक अध्ययन अध्यापन शुरु गरेको हो । कुनै पनि विषयमा कक्षा १२ वा नेपालमा सञ्चालन भएका सिटिइभिटी कोर्षबाट डिम्लोमा उर्तिण गरेकाहरुले बिएसमको अध्ययन गर्न पाउछन् । ४ वर्षे कोर्षको ८ सेमेष्टर अन्तर्गत अध्ययन अध्यापन हुने स्पोर्टस म्यानेजमेन्ट (बिएसम)ले नेपाली खेलकुदको जगलाई अझ बलियो बनाउन सहयोग पुग्ने भन्दै उद्देश्यका साथ विश्वविद्यालयले यो विषयको शुरुआत गरेको हो ।  ‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबले मंसिरमा जिल्लाको ३२ सामुदायिक विद्यालयको सहभागितामा ‘पिएफसी इमर्जिङ कप’को आयोजना गरेको थियो । स्थापनादेखि नै यस क्लबले फुटबलमा नयाँ खेलाडी उत्पादनको लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ। अध्यक्ष तिमिल्सिनाका अनुसार सबै गरेर ३० जना यो प्रशिक्षणबाट लाम्वभित हुनेछन् ।  

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैङ्किङ तथा वित्तीय संस्थाहरूले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरू बनाइ लागू गर्नुपर्ने खाँचो रहेको बताउनुभएको छ ।  आइतबार राष्ट्रपति कार्यालयमा भएको बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पुँजीको निर्माण र परिचालनका क्षेत्रमा सरकारका उद्देश्यहरू उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न अझ धेरै कामहरू गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले बैङ्क तथा वित्तीय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयमा विश्व विद्यालयहरू, प्राज्ञिक व्यक्तित्व तथा विज्ञद्वारा अध्ययन अनुसन्धान गरी सुधारका लागि सम्बन्धित निकायलाई अभिप्रेरित गर्नु राम्रो भएको बताउनुभयो । आर्थिक क्षेत्रमा आवश्यक पर्ने दक्ष मानव संसाधन स्वदेशमा नै उत्पादन गरी स्वदेशकै सेवामा लगाउन सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । नवप्रवर्द्धन र उद्यमशीलताका लागि युवापुस्तालाई अभिप्रेरित गर्न परिसंघको ठूलो नैतिक एवं भौतिक कामको अपेक्षा मुलुकले गरेको पनि बताउनुभयो ।  आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवर्धन गर्न सके आयातमा आधारित उपभोग प्रणाली यसमा आधारित राजश्व प्रणालीमा सुधार ल्याउन सकिने बताउनुभयो । राष्ट्रपति भण्डारीले आर्थिक समृद्धिका लागि मुलुकमा आवश्यक पर्ने सबल मानव संसाधनको विकासमा मद्दत गर्ने हेतुले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा राज्यको परिपूरकको रूपमा परिसंघले थप योगदान दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘पुँजीको निर्माण र परिचालका क्षेत्रमा हाम्रा उद्देश्यहरू उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न अझ धेरै कार्य गर्नुपर्ने छ ।’ त्यसका लागि बैङ्किङ तथा वित्तीय संस्थाहरूले नेपाल सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरू बनाइ लागू गर्नुपर्ने खाँचो रहेको उहाँको भनाइ छ ।  बैङ्क तथा वित्तीय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयमा विश्व विद्यालयहरू, प्राज्ञिक व्यक्तित्व तथा विज्ञहरूद्वारा अध्ययन अनुसन्धान गरी निजीगत सुधारका लागि सम्बन्धित निकायहरूलाई अभिप्रेरित गर्नुपर्ने कार्य सह्रानीय रहेको उहाँले बताउनुभयो । आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवर्धन गर्न सकेमा आयातमा आधारित उपभोग प्रणाली यसमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिन्छ उहाँले भन्नुभयो ।  आर्थिक समृद्धिका लागि मुलुकमा आवश्यक पर्ने सबल मानव संसाधनको विकासमा सहयोग गर्ने हेतुले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा राज्यको परिपूरकको रूपमा परिसंघले थप योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध बिस्तार गरी पुँजीको परिचालन गर्न आजको आवश्यकता भएको उहाँले बताउनुभयो । राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग सम्बन्ध बिस्तार गरी पुँजीको परिचालन गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।

गण्डकी:  तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखेताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियान सुरु भएको छ। नगरपालिका वडा नम्बर १ ज्यामिरबोटे र वडा नं २ सुन्दरीगाउँका युवा आँखेतालको प्रवर्धनमा लागेका हुन्। पृथ्वी राजमार्गअन्तर्गतको कोत्रे तथा गगनगौंडाबाट करिब छ किलोमिटरको दूरीमा रहेको ताल दुई वडाको सिमानास्थित ज्यामिरबोटेमा पर्छ।  परापूर्वकालदेखि धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ताललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ पाँच वर्षदेखि युवाहरु त्यसको संरक्षण र प्रवर्धनमा जुटेका हुन्। चार वर्षअघि सुन्दरीगाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले सक्रियता देखाएका थिए। उनीहरुबाट ९० हजार सङ्कलन गरी अभियान सुरु भएका आँखेताल संरक्षण एवं सिद्धिकाली मन्दिर निर्माण समितिका सचिव सञ्जय ढकालले जानकारी दिनुभयो। ताल रहेको स्थानलाई व्यवस्थित गर्दै त्यही परिसरमा सिद्धिकालीको मन्दिर समेत बनाउनका लागि स्थानीय समाजसेवी डिल्लीराम अधिकारी, कृष्णराज अधिकारी र तीर्थराज ढकालले जग्गा दान गर्नुभएको छ।  मन्दिर निर्माण एवं तालको संरक्षणका लागि हालसम्म छ लाख २५ हजार नगद खर्च भएको छ। “निर्माणका लागि जग्गादानसँगै स्थानीय जनश्रमदान अत्यधिक छ, त्यही सहयोगले हामी मन्दिर निर्माणलाई अन्तिम चरणमा पुर्‍याउनुका साथै ताललाई केही मात्रामा भने पनि व्यवस्थित गर्न सफल बनेका छौँ”, सचिव ढकालले भन्नुभयो। यस ठाउँमा मन्दिर निर्माणका क्रममा उत्खनन गर्दा प्राचीन मौलोसँगै महेन्द्रकालीन मुद्रासमेत फेला परेको उहाँले जानकारी दिनुभयो। उहाँले यसको ऐतिहासिकता अनुसन्धान गर्न बाँकी रहेको बताउनुभयो।  मन्दिर तथा जलाशय संरक्षणका लागि शुक्लागण्डकी नगरपालिका वडा नं १ बाट रू दुई लाख ५० हजार र वडा नं २ बाट रू ५० हजार नगद प्राप्त भइसकेको छ भने बाँकी रकम चन्दामार्फत जुटाइएको छ।  यहाँको जलाशय क्षेत्रफलका हिसाबले ताल जति ठूलो नभए पनि परापूर्वकालदेखि नै तालका रुपमा लिने गरिएको स्थानीय बुढापाकाहरु बताउँछन्। युवाको सक्रियतामा यहाँको जलाशयलाई नेपालकै पहिलो जलविद्युत् गृह फर्पिङको जलाशयको स्वरुपमा स्टिलको रेलिङसहित गोलाकार रुपमा संरक्षण गरिएको छ। आँखे तालको अस्तित्व प्राचीनकालदेखि रही आएको बताउँदै ८९ वर्षीय शिवप्रसाद पौडेल यो स्थल धार्मिक आस्था एवं विश्वासका कारण पनि महत्ववूर्ण रहेको बताउनुभयो।  यस क्षेत्रमा छ पुस्ताअघिदेखि नै मन्दिर रहेको बताउँदै उहाँले हालको मन्दिर निर्माण क्रममा प्राप्त भग्नावशेषसँगै काठका ठुटाले त्यसको स्पष्ट सङ्केत गर्ने उल्लेख गर्नुभयो। यस स्थलको संरक्षण र विकास गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन सकिने उहाँको भनाइ छ। कोत्रे तथा गगनगौंडाबाट आउने यहाँको बाटोलाई व्यवस्थित गर्दै ज्यामिरबोटे र सुन्दरी गाउँको बीचमा पर्ने गुवे खोलामाथि पक्की पुल आवश्यक रहेको पौडेलले बताउनुभयो। जग्गादाता डिल्लीराम अधिकारीका अनुसार परापूर्वकालमा यस ठाउँमा जमिन भासिएर भ्वाङ (भुवान) परेछ। त्यसलाई पुर्ने क्रममा अधिकारीका हजुरबुवाको आँखा फुटेछ।  ज्यातिषीसँग हेराउँदा त्यहाँ बाराहीको थान रहेको पाइएपछि पूजाआजा गरिँदै आइएको हो। त्यसै समयदेखि नै यहाँको जलाशयलाई आँखेताल भनिएको उहाँले बताउनुभयो। युवा जागरुकतामा यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन थालिएको प्रयासले यहाँको प्रवद्र्धन र विकासमा महत्वपूर्ण टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। मन्दिर तथा तालको संरक्षणकै उद्देश्यका साथ आँखे ताल एवं सिद्धिकाली मन्दिर निर्माण समितिले दुई वर्षयता सिद्धिकाली कप भलिबल प्रतियोगिता पनि गर्दै आएको छ। पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उक्त क्षेत्र विगतमा बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल नहुँदा लामो समयदेखि ओझेलमा परेको थियो। पछिल्ला समयमा दुवै खोलामाथि पक्की मोटरेवल पुल बनेपछि स्थानीय खुसी बनेका छन्। पुल बनेसँगै कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौंडाबाट आँखे तालसम्म आठरदश मिनेटकै अन्तरालमा सवारी साधनबाट पुग्न सकिन्छ।  खुदी खोलामाथिको पुल गण्डकी प्रदेश सरकारको तीन करोड ७५ लाख १२ हजार लागतमा सम्पन्न भएको हो भने गुवे खोलाको पुल तटबन्धसहित करिब पौने तीन करोडको लागतमा सम्पन्न हो।

काठमाडौँ:  नेवाः पत्रकारको राष्ट्रिय सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा पत्रकार नृपेन्द्रलाल श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएका छ । नेवाः पत्रकारको राष्ट्रिय सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार सम्पन्न चौथौँ अधिवेशन तथा दसौँ वार्षिक साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।  दबूको वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन, खुला उपाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा रचना श्रेष्ठ, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सन्दीपकुमार श्रेष्ठ चुनिनुभयो । यसैगरी महासचिवमा कृष्णकाजी (केके) मानन्धर, सचिवमा राजु नापित, कोषाध्यक्षमा बाबुकाजी साँछे श्रेष्ठ, खुला सहसचिवमा प्रजित शाक्य, महिला सहसचिवमा सुनिता महर्जन, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहसचिवमा विजयराम कर्माचार्य, सहकोषाध्यक्षमा तेजनारायण महर्जन निर्विरोध निर्वाचित हुनुभयो ।  यस्तै, सदस्यहरूमा रत्नकृष्ण श्रेष्ठ (उपत्यकाबाट), पूर्णभक्त दुवाल, दानदास श्रेष्ठ, अनिता डङ्गोल, अनुप प्रधान, मीरा बज्राचार्य र उत्तमकुमार श्रेष्ठ (गण्डकी प्रदेश) रहनु भएको छ । लेखा समिति संयोजकमा विगेन तुलाधर निर्विरोध निर्वाचित हुनुभयो ।  उद्घाटन समारोहमा उपप्रधान तथा भौतिक तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समावेशी पत्रकारिताको विकास र मातृभाषाको पत्रकारितालाई विकास गर्नुपर्ने विषयमा राज्यको ध्यान जाने बताउनुभएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले सोही अवसरमा पत्रकारिता पुरस्कार पाउने पत्रकारलाई नगदसहित सम्मान गर्नुभयो । महाधिवेशनका अवसरमा छ जना पत्रकार पुरस्कृत भएका छन् । अग्रज पत्रकार नरेशवीर शाक्यले ज्ञानदेवी–मणि स्मृति पत्रकारिता पुरस्कार, नेपाल समाचारपत्रकी सरस्वती कर्माचार्यले ज्ञानज्योति–लक्ष्मीप्रभा पुरस्कार प्राप्त गर्नुभयो । सोहीअनुसार नेपाः च्यानलमा आबद्ध अनुशा बज्राचार्यले भिक्षुकुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार, भक्तपुरका फोटो पत्रकार सुरेश ख्वाखः श्रेष्ठले बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार, हेटौँडाका पत्रकार सुरेश श्रेष्ठले श्रीराम स्मृति पत्रकारिता पुरस्कार र काभ्रेका पत्रकार सूर्यप्रसाद लाकोजुले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले दबूको स्मारिका ‘लुमन्ति पौँ’ पनि विमोचन गर्नुभयो । 

कपिलवस्तु:  जिल्लमामा अवैध रुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा ३३ मध्ये १५ वटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थमा थिए । मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरित कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि नविकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा छन् । त्यस्ता उद्योगलाई प्रहरीले स्थलगत अनुगमन र निरीक्षणपछि बन्द गराएको उनले जानकारी दिए । शिवराज नगरपालिकामा रहेको ११ वटा, विजयनगर गाउँपालिकामा रहेको दुई वटा र बुद्धभूमि नगरपालिका तथा कृष्णनगर नगरपालिकामा रहेको एक–एकवटा क्रसर उद्योग बन्द गराइएका हुन् ।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा जुटेका हुन् । विद्यार्थी सङ्गठन निर्वाचन केन्द्रीत छलफलमा जुटेका छन् । यही पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दै आफूहरु पूर्ण तयारी अवस्थामा रहेको बताए । ‘विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दछौं’, उनले भने, ‘अब हाम्रो सङ्गठन स्ववियु निर्वाचनको तयारीमा पूर्ण रुपमा लाग्छ।’ उहाँले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनले विद्यार्थीको हकअधिकार स्थापित गराउने बताए । उनले त्रिविले स्ववियु कार्यतालिका प्रकाशन गर्नुभन्दा अगाडि सबै विद्यार्थी सङ्गठनसँग छलफल गर्नुपर्ने बताए । अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचनको मिति तोक्नु स्वागतयोग्य कार्य रहेको बताइन् । उनले मिति तोकिएसँगै आफ्नो सङ्गठन स्ववियु निर्वाचनको तयारीमा जुटेको बताए । ‘विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनको मिति तोक्नु खुसीको कुरा हो’, उनले भने, ‘अब हामी स्ववियु निर्वाचनको वातावरण बनाउन लाग्छौँ ।’ उनले निर्वाचनले विद्यार्थी आन्दोलनलाई लोकतान्त्रिक बाटोमा डोर्‍याउनेसमेत बताए । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निर्णय हुनु स्वागतयोग्य रहेको बताए । उनले कक्षा भर्ना प्रक्रिया र नजिता प्रकाशन सबै कुरालाई व्यवस्थित गरेर निर्वाचन गर्नुपर्ने बताए । अनेरास्ववियुका महासचिव समिक बडालले त्रिविले स्ववियु निर्वाचनको मिति तोकेसँगै आफ्नो सङ्गठन तयारीमा जुटेको बताए । उनले केन्द्रीय पदाधिकारीको बैठक बसी स्ववियु निर्वाचनमा होमिने निर्णय गरेको बताए । ‘नेतृत्व निर्माण गर्ने रुपमा रहेको स्ववियु निर्वाचन गर्ने निर्णयले हामी उत्साही भएका छौँ’, उनले भने, ‘हामी अब हाम्रो आन्तरिक बैठक गरेर निर्वाचनमा होमिन्छौँ।’ यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि हुनसकेको छैन । त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुनसकेको छैन । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्। स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।