राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु दुई करोड बढी राजस्व सङ्कलन गरेको छ । सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८...

काठमाण्डौँ :    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो ।        त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ ।

काठमाण्डौँ :     धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४.९३ अङ्कले उकालो लागेर दुई हजार ३७.६४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६३ अङ्कले उकालो लागेर ३९१.७८ मा पुगेको छ ।   नेप्सेको बृद्धिसँगै कारोबार रकममा समेत सामान्य सुधार देखिएको छ । कूल २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर रु दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ मूल्यमा खरिद बिक्री भए ।   नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएको छ । बैंकिङ २९.६८, व्यापार १२६.७, होटल तथा पर्यटन १२७.७, विकास बैंक २०४.४४, जलविद्युत् १०२८, वित्त १००.२८, निर्जीवन बीमा ३७८.२, उत्पादन २५०.४२, अन्य ८६.०२, लघुवित्त २०४.४२, जीवन बीमा २९६.०५, सामूहिक लगानी कोष ०.३८ र लगानी २.२ अङ्कले उकालो लागेको छ ।   बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब पाँच अर्ब १५ करोड ९६ लाख १६ हजार ४६५ बराबर पुगेको छ ।    नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु नौ करोड ९५ लाख २० हजार ६३० बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु सात करोड ९७ लाख ६८ हजार १७१, एशियन लाइफ इन्स्योरेन्स रु पाँच करोड ९९ लाख ३० हजार ९९९, अरुण काबेली पावर रु पाँच करोड ८३ लाख ८९ हजार ६२२, र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रु पाँच करोड ६९ लाख ३९ हजार ७७८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।    पन्ध्र कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि   नेप्सेका अनुसार विभिन्न छ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने १५ कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भयो । नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत् कम्पनी, नयादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाइसीएल लघुवित्त, सूर्योदय बोमी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।    त्यस्तै ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.८९, बरुण हाइड्रोपावर २.६५, गुराँस लघुवित्त २.४४, बैंक अफ काठमाडौँको ऋणपत्र २ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ०.८९ प्रतिशतले गुमाए ।      

काठमाण्डौँ :     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ५०० कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको थियो ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० थियो ।     त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।

पोखरा: गण्डकी प्रदेश सरकारले लागु गरेको सवारी करसम्बन्धी योजनाको गण्डकी प्रदेश चेम्बर अफ कमर्सले विरोध गरेको छ ।    कमर्सका अध्यक्ष किसान सुनारले प्रदेश सरकारले बजेटमार्फत गरेको निर्णयले निजी सवारी धनीमात्र नभएर यातायात व्यवसायमा आबद्ध लगानीकर्तालाई समेत असर पारेको उल्लेख गरे ।    ‘सरकारले लागु गरेको कर तिर्ने विषयमा विरोध हैन’ अध्यक्ष सुनारले भने ‘सरकारले मनोमानी ढंगले कर तोकेर देखाएको निरंकुश प्रवृत्तिमाथि हाम्रो विरोध हो ।’ सरकारले वैज्ञानिकतवरले कर लागु नगरी मनोमानी गरेकोप्रति कमर्सको विरोध रहेको उनले जानकारी दिए ।    कर बढाउने सन्दर्भमा सरोकारवाला व्यावसायिक र राजनीतिक संगठनसँग बसेर विमर्श गर्नुपर्ने बताउँदै सुनारले प्रदेश सरकारले जनताको ढाड सेक्न र व्यवसायीलाई उठ्नै नदिने हेतुले सवारी कर तोकेको उल्लेख गरे ।    ‘वर्तमानमा सवारीसाधनको प्रयोगलाई सरकारले विलासिताको साधनमामात्रै बुझ्यो’ सुनार भन्छन् ‘चारपांग्रे साधन पनि अहिले अत्यावश्यक भइसक्यो, गाडी चढ्नेलाई र यातायात व्यवसायीलाई देख्नेबित्तकै कसरी पैसा असुल्ने भन्ने सरकारको सोंच परिवर्तन हुन जरुरी छ ।’ उनले एकैपटक १० हजार रुपैयाँ कर बढाउँने आधार के हो ? भनि प्रश्नसमेत गरेका छन् ।    प्रदेशले चारपाङग्रे सवारीसाधनमा १० हजार कर वृद्धि गरेको छ , १ हजार सिसीसम्म क्षमता भएका निजी सवारी साधन कार,जीप,भ्यान र माइक्रोबसले वार्षिक रुपमा २२ हजार बुझाउनु पर्नेछ ।    २५ सय देखि २९ सय सिसी क्षमताका सवारीले ४० हजार तिर्दै आएका सवारीले आगामी वर्षदेखि ५० हजार तिर्नुपर्नेछ, ३५ सय सिसीसम्मका सवारीले आउँदो वर्ष ६५ हजार रुपैयाँ राजस्व तिर्नुपर्नेछ । 

काठमाण्डौँ :      धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा एक दिन पनि कायम रहन सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८५ अङ्कले ओरालो लागेर एक हजार ९३३.१३ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०२ अङ्कले ओरालो लागेर ३७५.८२ मा ओर्लेको छ । कूल २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर रु दुई अर्ब चार करोड ४८ लाख ३१ हजार ९४८ बराबर मूल्यमा कारोबार भयो ।       सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ५६ अर्ब १५ करोड ६२ लाख ८० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । जीवन बीमा ११३.९६ र लगानी ०.६४ अङ्कले उकालो लागेको छ । बैंकिङ १२.३८, ब्यापार ३४.६१, होटल तथा पर्यटन ७०.७८, विकास बैंक ११७.५५, जलविद्युत् ६०.३३, वित्त ३०.८६, निर्जीवन बीमा ९७.८३, उत्पादन ४१.३२, अन्य ३७.९२, लघुवित्त ६७.२२ र सामूहिक लगानी कोष ०.१९ अङ्कले ओरालो लाग्यो ।       कारोबारका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६५ लाख ८८ हजार २७४ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु नौ करोड सात लाख ४४ हजार २६१, लाइफ इन्स्योरेन्स कर्पोरेशन रु आठ करोड दुई लाख ९६ हजार ३२५, नबिल बैंक रु सात करोड १४ लाख १२ हजार २४२ र एशियन लाइफ इन्स्योरेन्स रु पाँच करोड ८७ लाख १५ हजार ६५१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।       नेप्सेका अनुसार सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी हाइड्रोपावर ९.९६, लाइफ इन्स्योरेन्स कर्पोरेशन ९.१५, बुद्धभूमि नेपाल हाइड्रोपावर ६.०७ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ४.८६ प्रतिशतले कमाएका छन् ।       उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । प्राइम बैंकको ऋणपत्र ७.९७, तेह्रथुम पावर कम्पनी ७.२२, प्रुडेन्सियल इन्स्योरेन्स ६.२४ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ५.४४ प्रतिशतले गुमाएका छन् । 

काठमाडौं :    कृषीप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९ हजार रुपैयाँको तरकारीजन्य वस्तु आयात गरेको छ ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तरकारीजन्य वस्तु नेपाल भित्रिएको हो । सो अवधिमा नेपालले आलु मात्र ७ अर्ब ६३ करोड ५२ लाख ४ हजार रुपैयाँको आयात गरेको छ । उक्त मूल्यमा ३० करोड ५६ लाख ४७ हजार ३९६ केजी आलु नेपाल भित्रिएको छ ।   पछिल्लो ११ महिनामा ६१ करोड १५ लाख ९ हजार रुपैयाँको ४ करोड ५८ लाख १३ हजार ९३५ केजी गोलभेडा नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । सोही अवधिमा ५ अर्ब ६३ करोड ९० लाख २१ हजार रुपैयाँको १५ करोड ३८ लाख ५५ हजार ४१६ केजी प्याज नेपाल भित्रिएको छ ।   बितेको ११ महिनामा ९९ करोड ९३ लाख ९७ हजार रुपैयाँको ८६ लाख ८६ हजार ३६६ केजी लसुन नेपालले आयात गरेको छ ।   विभागका अनुसार उक्त अवधिमा २० करोड ७० लाख १५ हजार रुपैयाँको च्याउ, २८ करोड ५० लाख ८४ हजार रुपैयाँको फ्रोजन आलु, १७ करोड २९ लाख ७३ हजार रुपैयाँको अदुवा, ३ अर्ब ७३ करोड ४४ लाख ४४ हजार रुपैयाँको केराउ र ३ अर्ब ३० करोड ५७ लाख ६२ हजार रुपैयाँको चना नेपाल भित्रिएको छ । सोही समयमा नेपालले ४ अर्ब १५ करोड १५ लाख १२ हजार रुपैयाँको दाल आयात गरेको विभागले जनाएको छ ।

काठमाण्डौँ :     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९७ हजार ७०० पुगेको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो ।  त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।

काठमाण्डौँ :       धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै भएको लगानीकर्ताको टिप्पणी छ ।       नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९४.९२ अङ्कले उकालो लागेर एक हजार ९५६.९८ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १७.९३ मा पुगेको छ ।       कूल २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर रु दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।    बैंकिङ ३५.५, व्यापार १२१.०८, होटल तथा पर्यटन १४०.९३, विकास बैंक २५७.१४, जलविद्युत् १५६.९२, वित्त १०२.४३, निर्जीवन बीमा २६२.८८, उत्पादन २८४.५३, अन्य ९६.०३, लघुवित्त २३१.०३, जीवन बीमा ३६६.७८, सामूहकि लगानी कोष ०.५ र लगानी ५.१९ अङ्कले उकालो लाग्यो ।            शेयर कारोबार हुने साताको पहिलो दिन आज आइतबार रु २७ खर्ब ९० अर्ब १६ करोड ५५ लाख ५४ हजार ८८८ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु आठ करोड ६४ लाख ३८ हजार ९५३ बराबरको कारोबार भयो । हिमालयन बैंक रु आठ करोड ३७ लाख ९२ हजार ९३६, ङादी ग्रुप पावर रु आठ करोड ३३ लाख ५३ हजार, नबिल बैंक रु छ करोड ७६ लाख २७ हजार ८५८ र शिवम् सिमेन्ट रु पाँच करोड ४१ लाख ७० हजार ६६३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।    २१ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो       नेप्सेका अनुसार  आज कारोबार भएकामध्ये कूल २१ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, ३१ कम्पनीको शेयर मूल्य भने ९ प्रतिशत बढीले वृद्धि भएको छ । नेप्सेका अनुसार नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, गुह्यश्वरी मर्चेन्ट बैंक, प्रोगेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, एचआइडिसिएल, सिनर्जी पावर, घलेम्दी हाइड्रोपावरलगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।      यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र २.१६, एनसिसी बैंकको ऋणपत्र २, आइसिएफसी फाइनान्स २, गुडविल फाइनान्स १.८१ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले ०.२१ प्रतिशतले गुमाए ।   

   काठमाडौ :     पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ । ।   आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल,मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।   यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल,मट्टितेलको मूल्य १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।   आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।