नेपालमा साउन लागेसँगै महिलाहरुको रोजाइमा पर्छ मेहन्दी । हात, खुट्टालगायतको भागमा लगाइने मेहन्दी देशकै विभिन्न भागमा पाइने फुल र बोट बिरुवाबाट बनाइँदै आएपनि पछिल्लो समय भारतबाट रेडिमेड झिकाउन थालिएको छ । वर्षमा प्रायः एकपटक लगाइने मेहन्दी भारतबाट झिकाउँदा अर्बभन्दा बढी मुद्रा बाहिरिने तथ्य सार्वजनिक भएको छ । भारतीय वाणिज्य विभागको तथ्यांकअनुसारल यस आर्थिक वर्ष ०२१/२२ मा भारतले १ अर्ब ३७ करोड रुपैयाँ बराबरको मेहन्दी निर्यात गरेको छ । यद्यपि, भारतले निर्यात गर्ने मेहन्दीको बजारमा नेपाल दोस्रो स्थानमा पर्दछ । तथ्यांकका अनुसार मेहन्दी निर्यातको पहिलो बजार अमेरिका रहेको छ । भारतको मेहन्दी निर्यातमा नेपालले ११ दशमलव ९१ प्रतिशत हिस्सा ओगटेको जनाइएको छ ।
काठमाण्डौँ: धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.२७ अङ्कले उकालो लागेर दुई हजार ४५.६९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३९१.५३ मा पुगेको छ । कूल २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर रु दुई अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ६.५६, व्यापार ३२.४७, होटल तथा पर्यटन २७।४१, विकास बैंक ४१.५८, जलविद्युत् १५.९५, वित्त ४४.२, निर्जीवन बीमा ७२.६, उत्पादन ६४.१९, अन्य ३.१८, लघुवित्त ८१.६२, जीवन बीमा ८०.२२, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.३५ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब २१ अर्ब ३५ करोड ३४ लाख ९५ हजार ४६२ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ९७ लाख ७१ हजार ३३७ बराबरको कारोबार भयो । एभरेष्ट बैंक रु १० करोड पाँच लाख २६ हजार ६२३, हिमालयन डिस्टिलरी रु आठ करोड ४८ लाख ३६ हजार ६३७, एनआइसी एशिया बैंक रु छ करोड ८८ लाख र अरुण काबेली पावर रु पाँच करोड ९४ लाख २२ हजार ८४४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पन सफल भए । नेप्सेका अनुसार, इमर्जिङ नेपाल ८.०१, गणपति लघुवित्त ६.९४, ग्रीन भेञ्चर्स ५.५४, आइसीएफसी फाइनान्स ५.२७ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाएका छन् । त्यस्तै, सिभिल बैंकको ऋणपत्र ७.७५, ग्लोबल आइएमई बैंकको ऋणपत्र ५.७०, सनराइज बैंकको ऋणपत्र ३.९१ , आरबीबी म्युचुअल फण्ड एक ३.२७ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ३.२६ प्रतिशतले गुमाए ।
पोखरा: आन्तरिक राजस्व विभागले १० करोड भन्दाबढि कारोबार गर्ने व्यवसायीहरुलाई (डिजिटल तथा अनलाईन बिलिङ) इ–बीजक जारी गर्न निर्देशन गरेको छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १ (क) को उपदफा (२) तथा आयकर ऐन, २०५८ को दफा ८१ को उपदफा (४) बमोजिम आर्थिक वर्षको साउन १ गतेदेखि लागु हुनेगरि १० करोड भन्दा बढि कारोबार गर्ने सबै व्यवसायीलाई इ–बीजक अनिवार्य जारी गर्न निर्देशन दिएको हो । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले सबै व्यवसायीहरुलाई इ–बीजकको लागि अनुमति लिनुपर्ने बताउदै डिजिटल बिलिङ जारी अनिवार्य रहेको बताए । उनका अनुसार जुनसुकै कम्पनीले १० करोड वा सो भन्दा बढिको खरिद वा विक्री गरेका व्यवसायी घरानाले इ–बीजक जारी गर्नुपर्नेछ । ‘होटल, रेष्टुरेण्ट, ईन्टरनेट सर्भिस प्रोभाइडरलाई ५ करोड र अरु १० करोड भन्दा बढि कारोबार हुने व्यवसायीलाई कम्प्युटर बिलिङ अनिवार्य गरेको हो, उनले भने, ‘गत वर्ष ३५ करोड थियो ।’ उनले कास्कीका सबै पेट्रोलपम्पहरुले कम्प्युटर बिलिङ थालिसकेको बताए । ‘कास्की जिल्लाका सबै पेट्रोल पम्पहरुमा कम्प्युटर बिलिङ भइसक्यो, उनले भने, ‘एउटा बाँकी थियो । त्यसले आज अनुमति लग्यो । १० करोड भन्दा बढि कारोबार गर्ने सबै परे त्यसमा यो उ भन्ने भएन ।’ शर्माले राजस्व चुहावट रोक्नका लागि सरकारले सबै व्यवसायीलाई कम्प्युटर बिलिङ अनिवार्य गर्न निर्देशन दिएको बताए । ‘पहिला ३५ करोड थियो । अहिले १० करोडमा आयो । अर्काे वर्ष १÷२ करोडमा आउँन सक्छ, उनले भने, ‘सरकारले सबै व्यवसायीलाई कम्प्युटर बिलिङमा अनिवार्य गर्न खोजेको हो । यसो गर्दा राजस्व चुहावट रोकिन सक्छ ।’ उनले सबै व्यवसायीहरुले निवट भविष्यमा अनिवार्य इ–बीजक जारी गर्नैपर्ने बताए । ‘जहाँ कम्प्युटर बिलिङ छ त्यहाँ राजस्व चुहावट कम हुन्छ । त्यसैले यो गर्नैपर्याे । १० करोड पुगेर पनि त्यो गरेन भने कारवाही स्वरुप ५ लाखसम्म जरिवाना हुन्छ ।’ प्रमुख कर अधिकृत शर्माले भने । संभावित जोखिम न्यूनिकरण गर्न सुनचाँदी व्यवसायीलाई नियमन गरिएको होः शर्मा संभावित जोखम न्यूनिकरण गर्ने उद्देश्यसहित सम्पत्ति शुद्धिकरण निवारण ऐनले सुनचाँदी व्यवसायीलाई पनि नियमन गरेको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले बताए । 'कुनै संकास्पद मान्छे आएर धेरै मात्रामा सुन किन्न खोज्यो भने पैसाको स्रोत के हो, र सो बारे रेकर्ड राखोस र राष्ट्रबैंकलाई जानकारी दियोस भनेर सम्पत्ति शुद्धिकरण निवारण ऐनमा समाहित गरेको हो ।’ शर्माले भने ।
काठमाण्डौैँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार पुगेको छ । पहेंलो धातु आइतबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ ।
काठमाण्डौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि भएको कारोबारमा नेप्से परिसूचक १.९३ अङ्कले उकालो लागेर दुई हजार ११.३९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले उकालो लागेर ३८५.९३ मा पुगेको छ । कूल २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर रु एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार बैंकिङ ८.५४, व्यापार ८.५३, उत्पादन ४३.५५, जीवन बीमा १५.२१ र लगानी ०.५९ अङ्कले उकालो लागेको छ । त्यस्तै होटल तथा पर्यटन ३१.८३, विकास बैंक १.४६, जलविद्युत् २६.३६, वित्त ११.५६, निर्जीवन बीमा ६.९६, अन्य १०.६३, लघुवित्त १७.१८ र सामूहिक लगानी कोष ०।०३ अङ्कले ओरालो लागेको छ । आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ७२ अर्ब १० करोड ३७ लाख ३९ हजार ५२८ बराबर रहेको छ । कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड चार लाख ६६ हजार १४३ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ७६ लाख ५८ हजार ४९२, अरुण काबेली पावर रु चार करोड ६५ लाख ४७ हजार ७३३, एनआइसी एशिया बैंक रु चार करोड ५६ लाख ३० हजार ८४४ र नेपाल दूरसञ्चार कम्पनी रु चार करोड ४६ लाख चार हजार बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् । नेप्सेका अनुसार राधी विद्युत् कम्पनी ५.४८, प्रभु बैंक ४.७३, नयाँ सारथी लघुवित्त ४.४३, कुमारी बैंक ४.१९, जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.९४ प्रतिशतले कमाए । त्यस्तै प्रभु सेलेक्ट फण्ड ९.७८, सामुदायिक लघुवित्त ७.५०, नबिल ब्यालेन्स फण्ड तेस्रो ५.२०, मिथिला लघुवित्त ४.५४ र छिमेक लघुवित्तका लगानीकर्ताले ४.४६ प्रतिशतले गुमाए ।
काठमाण्डौँ: धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर दुई हजार ९.४६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३८५.९१ मा पुगेको छ । नेप्सेका अनुसार २३१ कम्पनीका ४० लाख ५१ हजार ७७१ कित्ता शेयर रु एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ मूल्यमा कारोबार भयो । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने आठ उपसमूहको ओरालो लाग्यो । बैंकिङ १८.५४, विकास बैंक ५.२४, लघुवित्त ६८.६४, जीवन बीमा ३८.०७ र सामूहिक लगानी कोष ०.२२ अङ्कले उकालो लाग्यो । त्यस्तै व्यापार १२.१६, होटल तथा पर्यटन २०.७७, जलविद्युत् १७.४, वित्त ७.१५, निर्जीवन बीमा ३.३८, उत्पादन १४.८९, अन्य २५.०५ र लगानी ०.६२ अङ्कले ओरालो लागेको छ । चालु आवको अन्तिम शेयर कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ६९ अर्ब ३४ करोड ४१ लाख ६६ हजार ९६२ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १९ करोड ७२ लाख ५४ हजार ८६४ बराबरको कारोबार भयो । यस्तै एभरेष्ट बैंक रु छ करोड ९४ लाख ७१ हजार ५२८, किसान लघुवित्त रु पाँच करोड ५८ लाख २७ हजार, हिमालयन डिस्टिलरी रु चार करोड ४८ लाख १६ लाख ४०० र अरुण काबेली पावर रु चार करोड ३३ लाख २४ हजार ७५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार नेपाल इन्भेस्ट बैंकको ऋणपत्र र माछापुछ्रे बैंकको ऋणपत्रको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै सानिमा बैंकको ऋणपत्र ९.९८, नबिल ब्यालेन्स फन्ड तेस्रो ९.९१ र एनआइसी बैंकको ऋणपत्रका लगानीकर्ताले ९.८८ प्रतिशतले कमाएका छन् । त्यस्तै ग्रिन लाइफ हाइड्रोपावर ५.३१, माउन्टेन हाइड्रो नेपाल ४.७६, रिभर फल्स पावर ४.७२, बोटलर्स नेपाल तराई ३.९२ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ३.६४ प्रतिशतले गुमाए ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रदेशको दशौं अधिवेशनअन्तरगत बजेटमा उठेका सवालका जवाफ दिने क्रममा १० लाख घटीको योजना नल्याउन आग्रह गरेपनि त्यसो हुन नसकेको बताएका छन् । मैले माननीयज्यूहरुलाई १० लाख घटीको योजना नल्याउन भनेपनि लागु हुन सकेन’ अर्थमन्त्री बरालले भने ‘सोही कारण टुक्रे योजनामा पैसा छुट्याउन बाध्य भइयो ।’ १० लाखभन्दा कम योजनामा बजेट छुट्याउँदा टुक्रे योजनामा पैसा छरेको आरोपप्रति उनको सफाई छ । सम्बन्धित माननीयज्यूहरुले किन र कसरी टुक्रे योजना ल्याउनुभयो ? भन्दै बरालले यस्ता योजना प्रभावकारी नहुने उल्लेख गरे । ‘मैले साना योजनाहरु वार्षिक विकास पुस्तिकामा नसमेटौं भनेको हो तर सांसदहरु पुरानै ढर्रामा चल्न मन पराउनु भयो’ उनले भनेका छन् । टुक्रे योजनाले समग्र विकासमा योगदान दिने नभई सांसद विशेषलाई फाइदा पुग्ने उनको टिप्पणी छ ।
बागलङु ः सानै उमेरदेखि व्यावसायिक सोच बनाउनुभएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यावसायमै राम्रो सम्भावना देख्नुभएको उहाँ आर्थिक अभावका कारण सन् २०१३ मा कोरिया जानुभयो । इपिएस भाषा अध्ययन गरेर कोरिया जानुभएको जिसीले कोरियाबाट फर्केर व्यावसायिक कुखुरापालन गर्दै आउनुभएको छ । उहाँले छ वर्ष कोरिया बसाइँ टुङ्ग््याएर नेपाल आएपछि ब्रोइलर कुखुरापालन गर्दै आउनुभएको हो । जिसीले चार वर्षदेखि व्यावसायिकरुपले कुखुरापालन गर्दै राम्रो आम्दानीसमेत गर्दै आउनुभएको छ । “व्यावसायिक सोच पहिल्यैको हो, आफ्नो जग्गा पनि थियो तर नेपालमा लगानी जुटाउनै समस्या थियो, त्यसबेला कोरियाका लागि भाषा परीक्षा पास गरेर गइयो” उहाँले भन्नुभयो, “दुःख त कोरियामा धेरै नै हुन्छ तर कमाई पनि राम्रै हुन्छ, लगानी भएपछि आफ्नै बारीमा फर्म बनाएँ र ब्रोइलर जातका कुखुरापालन गरिरहेको छु ।” जिसीको जेनिसा पोल्टी फर्ममा अहिले ८०० कुखुरा हुर्किरहेका छन् । उहाँले कोरियाबाट आउदा कमाएको रकममध्ये रु १० लाखको लागतमा फर्म स्थापना गर्नुभएको हो । सुरुमा एक पटक कुखुरा हाल्दा रु एक लाखदेखि डेढलाखसम्म कमाइ हुने गरेकामा अहिले दानाको मूल्य आकाशिएका कारण समस्या भएको र पहिलाजस्तो नाफा नभए पनि सन्तोषै लागेको जिसीले बताउनुभयो । कुखुरा पालेपछि दाना खुवाएर गरेको दुःख उठेर घरखर्च चल्दै आएको उहाँले भन्नुभयो । “सुरुवातमा राम्रै कमाइ भएको हो, ४५ दिनमा कुखुरा तयार हुन्छन् एक÷डेढ लाख कमाइ हुन्थ्यो, अहिले दानाको भाउ बढेका कारण समस्या त छ तर भाडा तिर्न परेन कुखुरा पालनलाई धेरै दुःख छैन” जिसीले भन्नुभयो,“अहिले पनि सन्तोषजनक आम्दानी छ, विदेश गएर ल्याएको पैसा खर्च गर्न परेको छैन, कुखुरापालनको आम्दानीले खान लाउन पुगेकै छ ।” उहाँले आफ्नै आठ आना जग्गामा फर्म तयार गरेर कुखुरापालन गर्दै आउनुभएको छ । नेपालीले केही समय विदेशमा कमाएको रकमलाई नेपालमा सदुपयोग गर्न नसके पुनः विदेश जाने समस्या दोहोरिने नियति बन्छ भन्दै उहाँले विदेशको कमाइ यही सदुपयोग गर्न पनि सुझाव दिनुभयो । कुखुरा पालनमा रोगको प्रकोप नभए राम्रो आम्दानी पनि गर्न सकिन्छ । कोरियामा गरेको दुःख सम्झदा नेपालमा नै केही गर्ने सोच पलाएर आउने गरेको जिसीको भनाइ थियो । उहाँले आफ्नो फर्मलाई विस्तारै बढाउँदै लैजाने योजना बनाए पनि दानाको मूल्यअनुसार कुखुराको मासुको मूल्य बढ्न नसकेको बताउनुभयो । अहिले बजारमा कुखुराको मासुको मूल्य प्रति केजी रु ४६० रहेको छ ।
पोखरा: सामान्यतयः आर्थिक वर्षको बजेट आएपछि सवारी साधनको मूल्यसमेत बढ्ने गर्दछ । तर यसपटक भने केही फरक नतिजा आएको छ । पछिल्लो समय युवाहरुको रोजाइमा परेको रोयल इन्फिल्डको बुलेट मोटरसाइकलको मूल्य भने ह्वात्तै झरेको छ । यस सिरिजको क्लासिक मोटरसाइकलमा करिब ६० हजार रुपैयाँसम्म घटेको शोरुमहरुले जनाएका छन् । पोखराको नयाँबजारस्थित रोयल इन्फिल्ड शोरुमका शिव पौडेलका अनुसार ३ सय ५० सिसी बुलेटको कालो रंगमा करिब ६० हजार रुपैयाँ घटेको छ । यसअघि यसको मूल्य ६ लाख ९९ हजार रुपैयाँ रहेको थियो । ‘कालो रंगको बुलेट भन्दा अन्य रंगको बाइकको मूल्य भने १० हजार रुपैयाँले बढी रहेको छ’ पौडेलले भने ‘यसअघि ६ लाख ९९ हजारमा बिक्री भएको कालो रंगको भन्दा अन्य रंगको बुलेटको मूल्य ६ लाख ५० हजार रहेको छ ।’ नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले करिब एक महिना पहिले मूल्य सार्वजनिक गरेकोमा हाल यसमा परिमार्जन गरेको हो । रंग अनुसार मूल्य वितरक कम्पनीले बुलेटको रंग अनुसार मुल्य तोकेको छ । खैरो, हरियो, रातो र खरानी रंगको बुलेको मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकेको छ । उल्का रातो, म्याट हरियो, पहेलो र रातो रंगको बुलेटको मूल्य ८ लाख ३० हजार रुपैयाँ कायम छ । यस्तै निलो, कालो र रातो बुलेटको मुल्य ८ लाख ५० हजार छ भने, उल्का सुपरनोभा ब्राउन, निलो र रातो बुलेटको मूल्य ८ लाख ७० हजार रुपैयाँ रहेको अल्फा अटोमोटिभ्सले जनाएको छ । युवाहरुको पहिलो रोजाइमा पर्ने यस रोयल इन्फिल्डको बुलेट मोटरसाइकलको आधिकारिक विक्रेता नयाँ बजारस्थित रोयल इन्फिल्ड शोरुमका अनुसार पोखराबाट वार्षिक ७ देखि ८ सय सङ्ख्यामा विक्री हुने गरेको छ ।