नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडाैं | साउन १, २०७९

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि


काठमाण्डौँ:   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि भएको कारोबारमा नेप्से परिसूचक १.९३ अङ्कले उकालो लागेर दुई हजार ११.३९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले उकालो लागेर ३८५.९३ मा पुगेको छ ।

 

 कूल २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर रु एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार बैंकिङ ८.५४, व्यापार ८.५३, उत्पादन ४३.५५, जीवन बीमा १५.२१ र लगानी ०.५९ अङ्कले उकालो लागेको छ । 

 

त्यस्तै होटल तथा पर्यटन ३१.८३, विकास बैंक १.४६, जलविद्युत् २६.३६, वित्त ११.५६, निर्जीवन बीमा ६.९६, अन्य १०.६३, लघुवित्त १७.१८ र सामूहिक लगानी कोष ०।०३ अङ्कले ओरालो लागेको छ । आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ७२ अर्ब १० करोड ३७ लाख ३९ हजार ५२८ बराबर रहेको छ । 

 

कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड चार लाख ६६ हजार १४३ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ७६ लाख ५८ हजार ४९२, अरुण काबेली पावर रु चार करोड ६५ लाख ४७ हजार ७३३, एनआइसी एशिया बैंक रु चार करोड ५६ लाख ३० हजार ८४४ र नेपाल दूरसञ्चार कम्पनी रु चार करोड ४६ लाख चार हजार बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् । 

 

नेप्सेका अनुसार राधी विद्युत् कम्पनी ५.४८, प्रभु बैंक ४.७३, नयाँ सारथी लघुवित्त ४.४३, कुमारी बैंक ४.१९, जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.९४ प्रतिशतले कमाए । त्यस्तै प्रभु सेलेक्ट फण्ड ९.७८, सामुदायिक लघुवित्त ७.५०, नबिल ब्यालेन्स फण्ड तेस्रो ५.२०, मिथिला लघुवित्त ४.५४ र छिमेक लघुवित्तका लगानीकर्ताले ४.४६ प्रतिशतले गुमाए ।

पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...

थप पढ्नुहोस्

मुस्ताङ:  मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...

थप पढ्नुहोस्

तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् ।  बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

थप पढ्नुहोस्