सुनको भाउ ३ लाखमा झर्यो
काठमाडाैं | माघ १८, २०८२
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।
यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार यसदिन १८ हजार ८०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य ३ लाख कायम भएको छ।
यसअघि माघ १५ गते सुनको मूल्य ३ लाख ३९ हजार ३०० पुगेको ऐतिहासिक रेकर्ड कायम गरेको थियो।
यस्तै चाँदी भाउमा पनि उच्च गिरावट आएको छ। महासंघका अनुसार यसदिन १ हजार ६५ रुपैयाँले घटेर एक तोला चाँदीको भाउ ५ हजार ५०० पुगेको छ। शुक्रबार चाँदी एकतोलाको ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

