टुक्रे योजनामा बजेट दिन बाध्य भएः अर्थमन्त्री बराल

पाेखरा | असार ३०, २०७९

टुक्रे योजनामा बजेट दिन बाध्य भएः अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रदेशको दशौं अधिवेशनअन्तरगत बजेटमा उठेका सवालका जवाफ दिने क्रममा १० लाख घटीको योजना नल्याउन आग्रह गरेपनि त्यसो हुन नसकेको बताएका छन् ।  

 

मैले माननीयज्यूहरुलाई १० लाख घटीको योजना नल्याउन भनेपनि लागु हुन सकेन’ अर्थमन्त्री बरालले भने ‘सोही कारण टुक्रे योजनामा पैसा छुट्याउन बाध्य भइयो ।’ १० लाखभन्दा कम योजनामा बजेट छुट्याउँदा टुक्रे योजनामा पैसा छरेको आरोपप्रति उनको सफाई छ ।

 

सम्बन्धित माननीयज्यूहरुले किन र कसरी टुक्रे योजना ल्याउनुभयो ? भन्दै बरालले यस्ता योजना प्रभावकारी नहुने उल्लेख गरे । ‘मैले साना योजनाहरु वार्षिक विकास पुस्तिकामा नसमेटौं भनेको हो तर सांसदहरु पुरानै ढर्रामा चल्न मन पराउनु भयो’ उनले भनेका छन् । 
 

 

टुक्रे योजनाले समग्र विकासमा योगदान दिने नभई सांसद विशेषलाई फाइदा पुग्ने उनको टिप्पणी छ । 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्