आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ गर्न नपाइने
पाेखरा | साउन ७, २०८०
पोखरा महानगरपालिकाले आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरेको छ ।
पृथ्वी चोकदेखि सेती पुलसम्मका सडक छेउमा पार्किङ निषेध गरेको महानगरपालिकाले जनाएको छ।
जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार पार्किङ निषेध गरेको महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जानकारी दिनुभयो ।
बसपार्क भित्र भोलिदेखि दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे समेत गरी कम्तीमा एक सय ५० वटा गाडी पार्किङ गर्न सकिने गरी व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

