कास्कीको निष्पक्ष माविलाई स्वीट्जरल्यान्डका दम्पत्तीको १५ लाख सहयोग
पाेखरा | साउन ६, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका –५ रिभान स्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि स्वीजरल्याण्डका नागरिकले १५ लाख आर्थिक सहयोग गरेका छन् ।
गत वर्ष अविरल वर्षाका कारण पहिरोले विद्यालय जोखिममा परेपछि स्वीजरल्याण्डका मार्टिन सिँगर र कुस्शी दम्पत्तीले उक्त रकम सहयोग गरेका हुन् ।
स्वीजरल्याण्डका व्यवसायी दम्पती गत वैशाखमा एरिकसँग विद्यालयमा जाँदा विद्यालयको खेल मैदानसम्म पहिराले लगेको प्रत्यक्ष देखेपछि उनीहरुमा सहयोगको भावना जागृत भएपछि सहयोग गर्ने प्रतिवद्धता अनुसार सहयोग गरेको विद्यालयका प्रधानाध्यापक दुर्गावहादुर रावतले जानकारी दिए ।
‘पहिरोले विद्यालय जोखिममा परेको देखेपछि उनीहरु विद्यार्थीका बारेमा चिन्तित भएका थिए, स्वीजरल्याण्ड फर्केर सहयोग गर्ने प्रतिवद्धता जनाएपनि हामीहरु विश्वस्त थिएनौं’, उनले भने, ‘ तर आज त्यो प्रतिवद्धता पूरा भएको छ, हामीले आशा गरेभन्दा पनि बढी रकम सहयोग पाउँदा खुशी भएका छौँ।”
पहिरो रोकथामका लागि गत वर्ष प्रदेश सरकार गाउँपालिकाबाट रु पाँच लाखका दरले बजेट विनियोजन भएर काम भए पनि अझै धेरै काम बाँकी छ । संरक्षणका कामका लागि रु ३५ लाख खर्च लाग्ने अनुमान गरिएपनि चालू वर्षमा भने प्रदेश र पालिकाबाट बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ ।
स्वीजरल्याण्डका दुई नागरिकबाट सहयोग रकम प्राप्त भएपछि अब काम अगाडि बढाउने प्रधानाध्यापक रावतले बताए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

