सुनसरीमा लुटेरा समूहको प्रतिकार गर्दा युवकको हत्या भएको प्रहरीको अनुमान

सुनसरी | साउन ६, २०८०

सुनसरीमा लुटेरा समूहको प्रतिकार गर्दा युवकको हत्या भएको प्रहरीको अनुमान

सुनसरीमा गोली हानेर एक जना युवकको हत्या लुटेर समूहले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। 

 

शुक्रबार साँझ साढे ५ बजे इटहरी उपमहानगरपालिका(२० सेउती पुल नजिकै एक युवकको गोली हानेर हत्या भएको थियो। विराटनगर महानगरपालिका(५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या भएको हो।

 

उनी र अर्का एक जना युवती साथी तमोर पुगेर मोटरसाइकलमा विराटनगर फर्किँदै थिए। इटहरी(धरान सडकखण्डको बीच जंगलमा पुगेपछि उनीहरू पानी खान रोकिएका थिए। त्यसैबीच तीन जना पुरूष जंगलबाट आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले जानकारी दिए।  

 

डिएसपी राईका अनुसार तीन जना पुरूषले खुकुरी र पेस्तोल बोकेका थिए।  उनीहरूले ती युवतीले लगाएको सुनका गहना लुट्ने प्रयास गरे। तर चौधरीले त्‍यसको प्रतिकार गरेका थिए। 

 

‘लुटेरा समूहले सुन लुट्न खोजेको देखिन्छ। युवकले प्रतिकार गरेपछि लुटेरा समूहले गोली हानेको देखिन्छ,’ डिएसपी राईले भने। चौधरीको दाहिने कुममा गोली लागेको थियो। युवती सकुशल छिन्। गोली हानेपछि लुटेरा समूह जंगल पसेर भागेको डिएसपी राईले बताए।

 

‘युवतीलाई केही भएको छैन। घटना भएपछि हारगुहार गरी एम्बुलेन्स बोलाएर युवकलाई अस्पतालमा पुर्‍याइएको थियो,’ उनले भने। चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ। 

पोखरा:   सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्दे...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले भोलि (शनिवार)  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...

थप पढ्नुहोस्