सुन प्रकरणमा मेरो नाम जोडिनु बदनियतपूर्ण छ: दीपक मल्होत्रा

भन्छन्- मेरो कुनै तस्करसँग चिनजान पनि छैन

काठमाडाैं | साउन ४, २०८०

सुन प्रकरणमा मेरो नाम जोडिनु बदनियतपूर्ण छ: दीपक मल्होत्रा

काठमाडौं:  व्यवसायी दीपम मल्होत्राले त्रिभुवन विमानस्थलमा समातिएको सुनमा आफ्नो कुनै सारोकार नभएको भन्दै नियोजित रुपमा मेरो र व्यवसायिक प्रतिष्ठामा आंच पुर्याउने दुरासय भएको बताएका छन्।

 

त्रिभुवन विमानस्थल भन्सारबाट छिराएर बुधबार बरामद भएको एक क्विन्टल सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि बिहीबार पत्रकार सम्मेलन गरी उनले आफ्नो भनाइ राखेका हुन्।

 

उनले विमानस्थल भन्सार जाँचपास भएर बाहिरिएको सुनमा आफ्नो कुनै संलन्नता नरहेको बताएका छन्। मिडियामा फोटोसहित उक्त सुनमा आफ्नो हात रहेको भन्दै समाचार आएकोमा त्यसमा कुनै सत्यता नभएको बताए। कानुनी प्रक्रियामा जाने जानकारी उनले दिए।

 

‘म र मेरो परिवार सहितको व्यापार व्यवसाय नेपालको कानुन बमोजिम काम भैरहेको छ,’ उनले पत्रकार सम्मेलन गर्दै भने,‘आफ्नो सम्पूर्ण व्यापार व्यवसायको आम्दानीको विवरण सरकारी निकायमा बुझाएको छु।’

 

उनले दोस्रो व्यक्तिलाई प्रयोग गरी व्यापार व्यवसाय नगरेको बताए। सञ्चार माध्यममा उल्लेख गरिएका कुनैपनि व्यक्तिसँग सम्बन्ध र चिनजान समेत नभएको मल्होत्राले दाबी गरेका छन्।

 

व्यवसायिक जीवनलाई क्षति पुग्नेगरी आफूविरुद्ध समाचार आएकोमा उनले आपत्ति जनाए।

 

उनले सुन ल्याउने गिरोहलाई उम्काउनका लागि आफ्नो नाम जोडिएको आशंका व्यक्त गरिएका छन् । तर, सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको मल्होत्राले बताए ।

 

उनले भने, ‘मेरो सबै व्यवसायिक कारोबारहरू कानूनी निकायमा दर्ता छन् र वैध छन् । म र मेरो परिवारले प्रत्यक्ष वा परोक्षरूपमा गैरकानूनी कारोबा गरेको छैन । सुन आयात गर्न मसम्बद्ध कुनै माध्यमबाट भुक्तानी भएको छैन ।’

 

समाचारमा नाम उल्लेख गरिएका व्यक्तिसँग व्यक्तिगत आफ्नो चिनजानसमेत नरहेको भन्दै आफैं कल्पना गरेर नाम मुछिएको उनको भनाइ छ । आफ्नो तस्बिरसमेत प्रकाशित गरेर सार्वजनिक जीवनमा प्रहार गरिएको उनले बताए ।

‘अनुमान र आशंकाका आधारमा समाचार लेख्दा कसैले मसित जानकारी लिन चाहेन,’ उनले भने ।

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्