नेराबैं भन्छः –‘बैंक सुरक्षित छ, घरमा नगद नराखौं’

पाेखरा | साउन ३, २०८०

नेराबैं भन्छः –‘बैंक सुरक्षित छ, घरमा नगद नराखौं’

अमेरिकामा बैंक डुबेको र सार्क मुलुक श्रीलंकाको अर्थतन्त्र टाट पल्टेको खबरले नेपाली बैंकमा पनि असर देखिएको छ । 

 

विशेषतः पोखराका निक्षेपकर्ताहरुले बैंकमा रहेको बचत झिकेर घरमै राखेको आशंका गरिएको छ । ‘बैंक डुबे बचत डुब्ने’ गलत बुझाइकाकारण बचतकर्ताले बैंकबाट पैसा झिकेर घरमै राखेको जानकार बताउँछन् । 

 

त्यस्तै पछिल्लो समय राम्रै साख भएका सहकारी संस्थाहरुले पनि निक्षेपकर्ताको रकम भुक्तानी गर्न नसक्दाको प्रभाव बैंकहरुबाट झिकिएको छ । निक्षेपकर्ताले सहकारी र वाणिज्य बैंकको फरक छुट्याउन नसक्दा वा वित्तीय साक्षरताको कमीले जोखिम मोलेर घरमै पैसा राखेको आंकलन गरिएको हो ।

 

पोखराकै प्रतिष्ठित मानिएको एक फाइनान्सका कर्मचारीका अनुसार घरमै पैसा राख्नेहरु प्रायः लाहुरे पृष्ठभूमिका छन् । ‘मुख्यतः लाहुरे परिवार, अझ गुरुङ् समुदायले घरमै पैसा राखेको हाम्रो बुझाई छ’ उनले भने ।

 

पछिल्लो समय व्यापार व्यवसाय र घरजग्गामा उल्लेख्य लगानी नभएको पाइएकाले पनि उनको भनाइलाई पुष्टि गर्छ । त्यस्तै, कतिपयले बैंकबाट झिकेको रकम ज्वाइन्ट भेन्चर कम्पनी (संयुक्त लगानीको व्यवसाय)मा लगानी गरेका छन् । यस्ता व्यवसायको पछिल्लो परिणाम भने ऋणात्मक छ । 

 

पोखरामा बाह्य मुलुकबाट आउने रकम र त्यसले पार्ने प्रभावबारे नेपाल राष्ट्र बैंक, पोखराले वित्तीय साक्षरतामा जोड दिन आवश्यक रहेको जनाएको छ । पोखरा कार्यालयका अनुसार बैंकको बीमा हुने र निक्षेपकर्ताको रकम कुनै हालतमा नडुब्ने निश्चित हुन्छ । 

 

राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीले देशभरका बैंक तथा बित्तीय संस्थाको हरपल निगरानी भइरहेको बताउँदै केन्द्रीय कार्यालयले यसबारे विभिन्न माध्यमार्फत जानकारी गराइरहेको बताइन् । 

 

‘बैंकहरु सुरक्षित छन्, निक्षेपकर्ताहरुले बैंकिङ् प्रणालीमार्फत कारोबार गर्दा हुने असंख्य फाइदा छन्’ निर्देशक जोशी भन्छिन् ‘बचत घरमा हैन, बैंकमा गरौं ।’

 

राष्ट्र बैंकका अनुसार बैंकमा बचत गर्दा रकम सुरक्षित हुने, ब्याज पाइने र आवश्यक पर्दा झिक्न सकिनेछ । त्यस्तै, ऋण लिन वा देश विदेशमा पैसा पठाउन होस् वा झिक्न, बैंकिङ प्रणाली नै उचित हुने बैंकले जनाएको छ । 

 

‘आफ्नो पैसाको उपयोग र सदुपयोगमात्र हैन, निक्षेपकर्ताको बचतले देशको अर्थतन्त्रमा सकारात्मक सुधारसमेत सम्भव हुन्छ’ जोशीले भनिन् । उनका अनुसार राष्ट्र बैंकले यथाशक्य छिटो ‘पेपरलेस’ प्रणालीमा रुपान्तरित हुने वाणिज्यलगायत बैंकलाई निर्देशन दिइसकेको र यसबाट बचतकर्तालाई अझ बढी लाभ हुनेछ । 
 

काठमाडौं:     मुख्य प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफ...

थप पढ्नुहोस्

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्