बाढी-पहिरोका कारण ३ वटा राजमार्ग बन्द, १५ वटा सडक एकतर्फी

काठमाडाैं | साउन २, २०८०

बाढी-पहिरोका कारण ३ वटा राजमार्ग बन्द, १५ वटा सडक एकतर्फी तस्बिर फाइल

काठमाडौं:    बाढी-पहिरोका कारण ३ वटा राजमार्ग बन्द छन् । १५ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका सडक विभागले जनाएको छ ।


सडक विभागका अनुसार मेची राजमार्गको केचना-चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ-ओलाङचुङ्गगोला सडक खण्ड  अवरूद्ध छ । यो राजमार्ग असारको पहिलो हप्तादेखि नै बन्द छ ।


त्यस्तै तमोर करिडोरअन्तर्गतको चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक र तानसेन-रिडी-कोरला सडक बन्द छ ।


विभागले अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको पनि जानकारी दिएको छ । काठमाण्डौसँग मुख्य नाका जोडिएको नागढुङ्गा–नौबिसे तथा मुग्लिन नारागणगढ सडकमा केही दिनयता सामान्य रुपमा गाडी चलिरहेका छन् ।


पहिरोको जोखिम रहेकाले मुग्लिन नारागणगढ सडकको यात्रा गर्नु अघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गर्दै आएको छ।

पोखरा ।    दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ ।    आयोजक नेपाल खेलकुद पत्रका...

थप पढ्नुहोस्

पोखरा:   लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् ।   ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् ।    पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

थप पढ्नुहोस्