जम्मु-कश्मिरमा बाढीमा बगेर दुई भारतीय सैनिकको मृत्यु
नयाँ दिल्ली | असार २४, २०८०
नयाँ दिल्ली: भारतको जम्मु–कश्मिरमा बाढीमा बगेर दुई सैनिकको मृत्यु भएको छ।
बिबिसी हिन्दीका अनुसार शनिबार जम्मु–कश्मिरको पुन्च क्षेत्रमा गस्तीमा गएका सैनिकहरू एउटा नदी तर्ने क्रममा बगेका थिए।
बाढीमा बगेका नायब सुबेदार कुलदीप सिंह र लान्स नायक तेलु रामको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ।
जम्मु(कश्मिरमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। त्यहाँका धेरै सडक अवरूद्ध भएका छन् भने स्थानीय नदीको बहाव निकै बढेको छ।
भारतको मौसम विभागले अझै केही दिन उत्तर पश्चिमी भारतमा भारी वर्षाको चेतावनी दिएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

