लायन्स क्लब अफ ग्यालेक्सीको साप्ताहिक कार्यक्रम
पाेखरा | असार २४, २०८०
पोखरा: लायन्स क्लब अफ पोखरा ग्यालेक्सीले विभिन्न सेवामूलक कार्यसहित साप्ताहिक कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबका नँया अध्यक्ष अम्बरबहादुर थापाको कार्यकाल र नँया लायन वर्षको शुभारम्भको अवसर पारेर क्लबले यही जुलाई १ देखि ७ तारिखसम्म सातवटा सेवामूलक कार्यक्रम गरेको हो ।
जसअन्तर्गत जुलाई १ तारिखका दिन वृक्षरोपण, २ मा पोखरा आरोग्य आश्रममा खाघ सामाग्री वितरण, ३ मा मृगौला पीडितलाई आर्थिक सहयोग, ४ मा मधुमेह सम्बन्धी सचेतना, ७ मा विद्यार्थीहरुका लागी ट्राफिक सचेतना, ६ मा भद्रकाली मन्दिर परिसरमा सरसफाई र ७ तारिखमा लायन सदस्यहरुका लागी क्षमता वृद्धिसम्बन्धी तालिम सञ्चालन गरिएको सहसचिव जिवलाल न्यौपानेले जानकारी दिनुभयो ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

