'क्रस दी बोर्डर’ मा प्रदीप पौडेल

पाेखरा | असार २०, २०८०

'क्रस दी बोर्डर’ मा प्रदीप पौडेल

पोखरा:  होटल स्नोल्यान्डले आयोजना गर्दै आएको संवादमूलक कार्यक्रम ‘क्रस दी बोर्डर’ मा शुक्रबार प्रदीप पौडेल आउने भएका छन्। नेपाली काँग्रेसका चर्चित युवा नेता पौडेलले ‘क्रस दी बोर्डर’मा पोखरेलीसँग संवाद गर्ने भएका हुन्।


 
शुक्रबार दिउँसो १ बजे होटल स्नोल्यान्डमा कार्यक्रम हुने सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए। “शुक्रबार नेपाली काँग्रेसका चर्चित युवा नेता प्रदीप पौडेल आउँदै हुनुहुन्छ। सबैलाई कार्यक्रममा हार्दिक निमन्त्रणा छ,” उनले भने। अर्थ, उद्यम, समसामयिक विषयमा बौद्धिक मन्थन गर्ने हेतुले शुरू गरेको कार्यक्रममा विभिन्न विषयमा दिग्गज व्यक्ति ‘क्रस दी बोर्डर’मा यसअघि आएर संवाद गरिसकेका छन्।


 
नेता पौडेलले बौद्धिक पलायन, भ्रष्टाचार र विकासको पेरिफेरिमा आफ्नो भनाइ राख्ने छन्। 
 

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्