सांसद बरालकाे माग- 'स्नातक तहको प्रश्नपत्र नेपाली बनाऔं'
पाेखरा | असार १९, २०८०

पोखरा: गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले स्नातक तहको प्रश्नपत्र नेपालीमा बनाउन माग गरेका छन् ।
प्रदेश सभाको मंगलबार बसेको बैठकको शून्यमा समयमा बोल्दै सांसद बरालले स्नातक तहको परिक्षामा प्रश्नपत्र अङ्गेजी र उत्तर नेपालीमा दिने व्यवस्था छ अब प्रश्नपत्र पनि नेपालीमा हुने व्यवस्था गर्न माग गरेका हुन् ।
‘स्नातक तहको परिक्षामा प्रश्नपत्र अङ्ग्रेजीमा, उत्तर नेपालीमा दिन पाइने व्यवस्था छ’, सांसद बरालले भने, ‘यो प्रश्नपत्र अङ्ग्रेजीमा हुने कुराले विद्यार्थीहरुले आफ्नो ज्ञान प्रस्फुटन गर्न अप्ठेरो भएकाले यो प्रश्नपत्र पनि नेपाली विषयमा बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु चाहान्छु ।’
यसअगाडि संघीय संसदमा पनि प्रश्नपत्र नेपालीमा बनाउन सांसदले माग गरेका थिए ।
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । &nbs...
पोखरा: नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभ...
पोखरा: नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ भदौ ८ देखि १० गतेसम्म हुने भएको छ । संस्थाको २९ औं...