गण्डकी क्रसर व्यवसायी भन्छन्, ‘अवैध रुपमा सञ्चालन भएका उद्योगले अठ्यारोमा पारे’
पाेखरा | असार १६, २०८०

पोखरा: गण्डकी क्रस उद्योग व्यवसायी संघले आज (असार १६गते ) देखि गिटी बालुवा उत्पादन कार्य बन्द गरेको घोषणा गरेको छ ।
क्रसर व्यवसायी संघले असार १५ गते भित्र कानूनबमोजित दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरुको नविकरण गर्न सरकारसँग माग गरेपनि माग पूरा नभएपछि आज देखि गण्डकी प्रदेशमा पनि केन्द्रको निर्णय अनुसार गण्डकी क्रसर व्यवसायी संघले गिटी बालुवाको उत्पादन बन्द गर्ने निर्णय गरेको हो ।
गण्डकी क्रसर उद्योग व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीले सरकारसँग राखेको माग पूरा नभएपछि आजदेखि क्रसर उद्योग व्यववासीले बालुवा उत्पादन बन्द गर्ने निर्णय गरेको बताए ।
‘२०७० सालभन्दा अगाडि तत्कालिन कानून सम्मत औधोगिक व्यवसाय ऐन अन्र्तगत दर्ता गरेर सञ्चालन भएका उद्योगहरु अहिले विभिन्न कारण देखाएर कम्पन्नीको नविकरण गर्न सरकार उदासिन भयो, त्यसैले हाम्रो माग पूरा गर्न सरकार गम्भिर नभएपनि उत्पादन बन्द गर्ने निर्णय अनुसार बन्द ग¥यौं ।’ अध्यक्ष त्रिपाठीले भने ।
विभिन्न स्थानमा अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योग व्यवसाय हावी हुँदा कानून बमोजिम दर्ता भएर आएका व्यवसायीलाई त्यसको असर परेको उनको भनाई छ ।
‘०७०साल अगाडि हामी कानून बमोजिम गण्डकीमा ४९ वटा क्रसर उद्योग दर्ता भएका छौं, तर अहिले अवैध रुपमा क्रसर उद्योग सञ्चालन भएका छन् उनीहरु नै हावी हुँदा त्यसको असर हामीलाई परेको छ ।’ उनले भने ।
गण्डकी क्रसर उद्योग व्यवसायी संघले प्रदेशमा संघ अन्तर्गत ४९ वटा उद्योगमा करिव ३ अर्वको लगानी र १० हजार बढीले रोजगार पाएको जनाएको छ ।
गण्डकी क्रसर उद्योग व्यवासायी संघका सचिव छत्रधर आत्रेयले राज्यले क्रसर उद्योग सम्बन्धि उचित खालको मापदण्ड ल्याउन नसक्दा विवाद बढिरहेको बताए ।
‘राज्यले भौगोलिक अवस्था हेरेर क्रसर उद्योगको मापदण्ड कायम गर्नुपर्छ तर सरकारले सबै ठाउँमा एकैकिसिमको मापदण्ड लागू गर्दा यो समस्या अझै बढिरहेको छ’, उनले भने, ‘उत्खनन र प्रशोधन फरक हुन् मापदण्डमा सरकार गम्भिर हुनुपर्छ ।’
दर्ता भई सञ्चालनमा रहेका, तर मापदण्डलगातयका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानुनअनुसार लाग्ने कर, दस्तुर, शुल्कलगायत राजस्व लिई २०८० असार मसान्तसम्म यथावत रूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएकोमा महासंघले असन्तुष्टि जनाएको छ ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...