दाइजो मागेको आरोपमा विवाह मण्डपबाटै बेहुला पक्राउ
काठमाडाैं | असार १३, २०८०

काठमाण्डौ: काठमाण्डौको नक्सालमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् ।
बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको र धम्क्याएको आरोपमा सुनसरीको दुहबी नगरपालिका–६ घर भइ काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार पक्राउ परेका प्रहरीले जनाएको छ ।
हिजो नक्सालको एक पार्टी प्यालेसमा विवाह समारोह भैरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिएको पीडित परिवारको गुनासो छ ।
प्रहरी परिसर काठमाण्डौका एसपी सीताराम रिजालका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा बेहुला पक्षले दाइजोबापत २२ लाख रुपैयाँ लिइसकेको र थप ५० लाख रुपैयाँ मागेको खुलेको छ ।
दाइजो माग्ने बेहुलालाई विवाहसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रौनियारसँग अमेरिकाको ग्रिनकार्ड पनि छ ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...