चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर मनिष
धादिङ | असार २, २०७९
धादिङ : त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ–३ रिचोकटारका मनिष प्रजा अल्पसङ्ख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर बनेका बताइएको छ । सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार बल्खुस्थित एड्भान्स इञ्जीनियरिङ कलेजबाट उहाँले सिभिल इञ्जीनियर उत्तीर्ण गर्नुभएको हो । । संस्थानाले एक महिनापछि ‘मार्कसिट’ दिनेछ ।
पिता तिलक चेपाङ र आमा लक्ष्मी चेपाङको कोखबाट विसं २०५५ मङ्सिर ६ गते जन्मिएका मनिष सानैदेखि पढाइमा अब्बल हुनुहुन्थ्यो । उहाँले प्रवेशिका परीक्षामा ८७ प्रतिशत अङ्क ल्याउनुभएको थियो भने विज्ञान विषय लिई अध्ययन गरेका मनिषले कक्षा १२ को परीक्षामा ८४ प्रतिशत अङ्कप्राप्त गरेका जनाइएको छ ।
नेपाल चेपाङ सङ्घ शिक्षा विभागको संयोजनमा चेपाङ समुदायका ५० बालबालिकालाई संस्थागत विद्यालयहरूको सङ्गठन प्याब्सन र एनप्याब्सनमार्फत सञ्चालित विद्यालयहरूमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको संयोजक तिलक चेपाङले जानकारी दिनुभो ।
मलेखुस्थित पशुपति शिक्षा मन्दिरबाट विद्यालय जीवन सुरु गरेका मनिषले काठमाडौँको माउन्ट सिनाई स्कुलबाट ८७ प्रतिशत प्राप्ताङ्कसहित एसइइ उत्तीर्ण गर्नुभको हो । सरकारको सिफारिसमा छात्रवृत्तिसहित अध्ययान गर्नुभएका उहाँ नोबल एकेडेमीमा ८४ प्रतिशत ल्याएर उत्तीर्ण हुनुभयो । मनिष भविष्यमा सफल सिभिल इञ्जीनियर बनेर स्वदेशकै ग्रामीण सडक, पुल, जलविद्युत्, सुरुङ निर्माण क्षेत्रमा सेवा गर्न चाहनुहुन्छ। उहाँले लोकसेवा आयोग प्रतिस्पर्धा गरेर सरकारको पहिलो मुख्यसचिव बन्ने लक्ष्य लिएको बताउनुहुन्छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

