वेस्ट इन्डिजले नेपाललाई दियो ३ सय ४० रनको लक्ष्य
काठमाडाैं | असार ७, २०८०
काठमाडौं: आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको विशाल लक्ष्य दिएको छ ।
हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायो । वेस्ट इन्डिजका शाई होप र निकोलस पुरनले शतक बनाए । होप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

