विन्दवासिनी दोहोरीले अन्तरदोहोरी साँझ प्रतियोगिता गर्ने
पाेखरा | असार ६, २०८०
पोखरा: पोखराको चिप्लेढुंगामा सञ्चालनमा आएको विन्दवासिनी दोहोरी साँझले अन्तर दोहोरी साँझ स्तरीय दोहोरी गीत प्रतियोगिता गर्ने भएको छ ।
दोहोरी साँझको शुभारम्भ विशेष साँगीतिक कार्यक्रम अन्तर्गत यही असार २२ देखि २६ गतेसम्म प्रतियोगिता गर्न लागेको साँझको सञ्चालक विरेन्द्र केसीले जानकारी दिए ।
प्रतियोगितामा पोखरामा सञ्चालित दोहोरी साँझहरुले भाग लिन पाउनेछन् । दोहोरी प्रतियोगितामा प्रथम हुने समूहले ३० हजार, द्धितीय समूहले २० हजार, तृतीय हुने समूहले १० हजार र सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोहोरी प्रतियोगितामा भाग लिने समूहले असार २० गतेसम्म टिम दर्ता गराइसक्नुपर्नेछ । दोहोरी सञ्चालक विरेन्द्र केसीका अनुसार प्रतियोगिता दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ भने ७ बजेदेखि १ बजेसम्म शुभारभ विशेष साँगीतिक कार्यक्रम रहनेछ ।
साँगीतिक कार्यक्रममा चर्चित कलाकारहरुको विशेष प्रस्तुति रहने केसीले बताए । शुभारम्भ कार्यक्रमको अवधिमा विशेष छुटको पनि व्यवस्था गरिएको उनले सुनाए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

