बागलुङमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु

बाग्लुङ | असार ६, २०८०

बागलुङमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु

ढोरपाटन:  बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

 

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका –५ ठुलढुङ्गामा दुर्घटना भएको हो । 

 

दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो छ  । दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो र जिप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो । 

 

मृतक दुवै पुरुष रहेको केसीले बताउनुभयो । जिपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ । रासस

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्