त्रिविका उपप्राध्यापक चलाउनेकाे समर्थनमा प्रदर्शन गर्नेहरू पक्राउ

काठमाडाैं | असार ५, २०८०

त्रिविका उपप्राध्यापक चलाउनेकाे समर्थनमा प्रदर्शन गर्नेहरू पक्राउ

काठमाण्डौ: त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग गर्दै काठमाण्डौ जिल्ला अदालत अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

 

आज मङ्गलवार बृहत् नागरिक आन्दोलनले उपप्राध्यापक चलाउनेलाई न्याय माग्दै प्रदर्शन गरेको हो ।

 

मन्त्रिपरिषद्को बैठकले गएको जेठ ३० गते नेविसङ्घका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत सात जनाविरुद्धको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो । मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा हिजो सोमवारदेखि अनशन पनि सुरु गर्नुभएको छ ।

 

चलाउनेमाथि गएको २०७७ असोज २० गते आक्रमण भएको थियो । चलाउनेले सुरु गर्नुभएको आन्दोलनमा ऐक्यबद्धता  जनाउँदै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्