सहारा बाल आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन
पाेखरा | असार ५, २०८०
पोखरा: बसपार्क कास्कीमा रहेको श्री सहारा वाल आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
मिति २०८० असार ४ गते वडा नं ९ वडा का अध्यक्ष दिपेन्द्र मर्सानिको अध्यक्षतामा वसेको वैठकले समाजसेवी, शिक्षा तथा खेलप्रेमी, विकासप्रेमी सहारा क्लब पोखराका पूर्व अध्यक्ष श्री विक्रम थकालीलाइ सर्वसम्वत निर्वाचित गरेको छ ।
यस अघिनै मिति वि।व्य।स समितीमा अभिभावकहरुको तर्फबाट मिति २०८० जेठ १९ गते भएको भेलाले विकास बराल, जुना दर्जी र रामु बस्नेत त्यसैगरी वडावाट मोनित सदस्यहरु ठाकुर प्रसाद काप्री, समाजसेवी, बुद्दिजीवी एवम चन्दादाताहरुको तर्फवाट शुशिल लामिछाने त्यसैगरी शिक्षक प्रतिनिधि रुद्र बहादुर कार्की राजु र सदस्य सचिव मा विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारी चयन हुनुभएको छ।
विद्यालय निरिक्षक जीवन प्रसाद रेग्मि र वडा सदस्य नन्दराम गिरिको विशेष उपस्थिति रहेको कार्यक्रममा विद्यालयको चौतर्फी विकासका बारेमा छलफल भएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

